निर्णय नं. २३१७ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३१७ - कर्तव्य ज्यान । भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/२० २२११ निर्णय नं. २३१७ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको फौ.पु.नं. ५९१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:दिलमाया कार्कीको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी: ग.अं.कास्की जिल्ला, कुराती नाचनेचौर गा.पं.वा.नं.१ बस्ने देवीलाल अधिकारी । फैसला भएको मिति : २०४२।३।२०।५ मा ज्यान लिनु पर्ने सम्मको इवी रहे भएको समेत नदेखिँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२०) पुनरावेदक वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री बुद्धि प्रसाद रेग्मी विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.त्रिलोक प्रताप राणाः पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकारको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. ०३५।५।२० गते राति देवीलाल, हरि प्रसाद र मनोहर समेत ३ जना भई मेरो पिता झपटबहादुरलाई माछा पार्ने खुङ्ग थापेको ठाउँमा कुटपीट गरी बेहोस पारेछन् तोयनाथको खबर अनुसार गोठमा गई हेर्दा तालु र शरीरमा ठाउँ ठाउँमा चोर आँखा पनि फुटेको, बेहोस अवस्थामा देखि मद्दत लिई उपचारार्थ ग.अं.अस्पताल पोखरामा ल्याई उपचार हुँदाहुँदै ०३७।५।२२ गते मृत्यु भएकोले कर्तव्यवाला देवीलाल समेत जना ३ लाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको डिलमाया कार्कीको जाहेरी । ३. गरुङ्गो हतियार वा लाठा ढुङ्गाले टाउकोमा प्रहार भएबाट मृत्यु भएको देखिन्छ भन्ने ०३७।५।२२ को लाश पोष्टमार्टम रिपोर्ट । ४. मैले हानेको ढुंगाको चोटबाट प्र.झपटबहादुर मरेका रहेछन् भन्ने मलाई लाग्छ अरु कसैको दोष छैन भन्ने समेत व्यहोराको प्र.देवीलालले ०३७।५।२६ मा प्रहरीमा गरेको बयान । ५. पिता देवीलालले हानेकै चोटबाट झपटबहादुरको मृत्यु भएको रहेछ भन्ने समेत व्यहोराको ०३७।५।२६ मा हरि प्रसादले प्रहरीमा गरेको बयान । ६. ०३७।५।२० गते राति झपटबहादु र पिता झगडा गरी रहेको देखेकै थिएँ । पछि झपटबहादुर मरे भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको मनोहरि अधिकारीले प्रहरीमा गरेको बयान। ७. झपटबहादुर, देवीलालकै चोटबाट मृत्युभएको हुनुपर्छ भन्नेसमेत व्यहोराको तोयनाथले प्रहरीमा गरेको बयान । ८. झपटबहादुरको मृत्यु देवीलालका कुटपीटबाट भएको भन्ने विश्वास लाग्छ भन्ने समेत व्यहोराको देवीदत्तले प्रहरीमा गरेको बयान । ९. बुझिएसम्मका सबूद प्रमाणबाट झपटबहादुर कार्की प्र.देवीलाल अधिकारी, हरि प्रसाद, मनोहरप्रसाद समेत ३ जनाको कुटपीटको चोट पिडाबाट मृत्यु भएको देखिन बुझिन आयो । निजहरू ३ जना प्रतिवादीहरूले ज्यानसम्बन्धीको १३ नं. देहाय ३ अन्तर्गत कसूर गरेकाले सजायँ हुन अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन दावी । १०. ढुंगाले १, २ चोट हाने लौरीले समेत हानेको हुँ म मार्छु नै भन्ने उद्देश्य हैन । ततिम्बा बयान जबरजस्ती करकापबाट गराएको हुन भन्ने समेत व्यहोराको प्र.देवीलालले जि.अ.मा गरेको बयान । ११. झपटबहादुर मेरा बाबु कै चोटबाट मरेको हो वा अरु कुनै दुःख पिडाबाट मृत्यु भएको हो मलाई थाहा छैन । ततिम्बा बयान करकाप कुटपीटबाट गराएको हो भन्ने समेत व्यहोराको प्र.प्रसादले जि.अ.मा गरेको बयान । १२. मैले कुटपीट गरेको होइन झपटबहादुरक