निर्णय नं. ५०८३ - लिखत बदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०८३ - लिखत बदर । भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/११/२५ २५७८ निर्णय नं. ५०८३ ने.का.प. २०५२ अङ्क ४ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा २०४९ सालको दे.पु.ई.नं. ६३ आदेश मिति : २०५१।११।२५।५ मुद्दा : लिखत बदर । पुनरावेदक/वादी:जिल्ला मोरङ्ग दादर वैरिया गा.पं. वडानं. १ बस्ने धर्मकान्त पन्त। ऐ.ऐ. बस्ने उदेशकान्त पन्त । ऐ.ऐ. बस्ने विनयकान्त पन्त । ऐ.ऐ. बस्ने विष्णुकान्त पन्त । चार जना सचिव आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने भूवनकान्तको श्रीमती वर्ष ३५ को श्याम देवी पन्त । विरुद्ध प्रतिवादी:ऐ. ऐ. बस्ने जीव कुमारी पन्त समेत । आफ्नो हकै नपुग्ने जग्गा जिव कुमारी पन्तले धनराज विष्टलाई राजिनामा गरी दिएको देखिन आएको हुँदा जिव कुमारीले धनराज विष्टलाई गरी दिएको मिति २०३९।३।७ को लिखत र सो लिखतको आधारमा गराएको दर्ता समेत बदर हुने ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाट:विद्वान अधिवक्ता श्री वेद प्रसाद शिवाकोटी, विद्वान अधिवक्ता श्री रामजी विष्ट विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX आदेश न्या. हरि प्रसाद शर्माः दोहर्‍याउने निस्सा प्रदान भै यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी जीव कुमारीको नाउँमा दर्ता रहेको मोरङ्ग दादर बैरिया गा.पं. वा. नं. १(ख) को कि.नं. ४२ को जग्गा विगाहा २–१७–१८ मध्ये १ (एक) विगाहा बिक्री गर्नुभयो भन्ने कुरो सुनेकाले नक्कल सारी हेर्दा विपक्षी घतराज विष्टले आफ्नो नाउँमा पास गराई लिएकोले विपक्षीहरु उपर फिराद गर्न आएको छु, सबूद प्रमाण बुझी उक्त लिखत र दर्ता बदर गरी पाउँ भन्ने समेत वादी । ३. वादीको हक लाग्ने जग्गा बिक्री गरेको होइन, वादीहरुसँग मुद्दा परिरहेको भए पनि कि.नं. ४१ को दावीको जग्गा मेरो भाग अंशको जग्गाहो । अरु कसैको हक अंश लाग्ने जग्गा होइन सुद्ध मेरो मात्र हक लाग्ने जग्गा विक्री वितरण गरेको हो । वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिउत्तर पत्र । ४. बुझिए सम्मको सबूद प्रमाणको परिबन्धबाट प्र. धनराजले प्र. जीत कुमारीबाट गराई लिएको मिति २०३९।३।७ को लिखत र सो लिखतको आधारमा भएको प्र. धनराजको नाउँको दर्ता समेत बदर गरी पाउँ भन्ने समेतको वादी दावी पुग्न सक्दैन भन्ने श्री मोरङ्ग जिल्ला अदालतको मिति २०४०।९।२४ गतेको फैसला । ५. मोरङ्ग जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत श्यामादेवी पन्तको पु.क्षे.अ.मा परेको पुनरावेदन । ६. यसमा वादी दावीको २०३९।३।७ को लिखत र सो आधारमा गराएको दर्ता समेत वादी दावी पुग्न नसक्ने ठहर्‍याइएको शुरुको फैसला उल्टी हुन्छ । वादी दावी बमोजिम लिखत र दर्ता समेत बदर हुने ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला । ७. पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४३।६।१६ को आदेश । ८. यसमा २०३८।९।२६ को सट्टापट्टाको लिखत वादी विपक्षीको दावी बमोजिम बदर नभई सदरै ठहरी आजै फैसला भएकोले पुनरावेदनले सट्टापट्टाको लिखतबाट आफ्नो हक कायम भएको जग्गा विक्री गरेको देखिंदा वादी दावी पुग्न नसक्नेमा वादी दावी बमोजिमको लिखत र दर्ता बदर हुने ठहर्‍याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुन्छ भन्ने व्यहोराको य