निर्णय नं. २३१८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३१८ - अंश भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/२१ २३८५ निर्णय नं. २३१८ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ५७७ मुद्दा : अंश । पुनरावेदक/वादी:जि.मकवानपुर टिष्टुङ गा.पं.वडा नं. ९ प्रजागाउँ हमर्दिखोला बस्ने ठूलो गोले तामाङ । विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. वडा नं. ५ बस्ने पुड्के गोले तामाङ । फैसला भएको मिति:२०४२।३।२१।६ मा जग्गा स्वआर्जनको भन्ने प्रमाणको अभावमा पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । (प्रकरण नं.१६) फैसला न्या.त्रिलोक प्रताप राणाः प्रस्तुत मुद्दा मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको मिति ०४०।६।९।१ को निर्णय उपर पुनरावेदक वादीको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा अनुमति प्रदान भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : विपक्षीको बाबु र मेरो बाबु सगोल साथमै रहेको अवस्था परलोक भएपछि सगोलको अंश खाने अंशियार विपक्षी र म सिवाय कोही नभएको विवाह खर्च पर सार्नु पर्ने कोही छैन । घरको हर्ताकर्ता पुड्के आफ्नै नाउँमा दर्ता गराई मेरो अंश खाने नियत गरिलिएकोले मलाई घरबाट निकाला गरिदिएको मिति ०३४।१०।१२ गतेको अघिल्लो दिनसम्मको विपक्षीको नाउँमा रहेको सम्पत्तिको तायदाती लिई एक खण्ड अंश दिलाई पाउँ भन्ने फिराद । ३. हामी १९८६ साल माघ ५ गते, बिना लिखत बण्डा गरी सो अनुसार आ–आफ्नो तिरो छुट्याई अलग बसी आएका छौं । अंश गर्न बाँकी भइसकेको दावी हुनुपर्ने तसर्थ बण्डाको ३० नं. ले फिरादीलाई अंश दिनुपर्ने नहुँदा झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिउत्तर । ४. वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको छ भुरुङ्गे गोलेको अंश भाग बारे वादी प्रतिवादीका बीच अंश मुद्दा परेको हो भन्ने बुझिएका कुम्लो गोलेको बयान । ५. वादी प्रतिवादीहरूका बीच लिखत नगरी अंशबण्डा भएको हो मिति यकीन गर्न सक्दैनौं भन्ने समेत व्यहोराको र प्रतिवादीका साक्षीले वादी प्रतिवादीहरूका बाबुका बीच १९८६।१०।५ गते बिना लिखत घरसारमा अंशबण्डा भएको हो भन्ने प्रतिवादी साक्षी मगर सिं गोले समेत जना ६ को बकपत्र । ६. बुझिएका कुम्ले गोलेले वादी प्रतिवादीहरूका बीच अंशबण्डा भइसकेको छ । मैले पनि अंश पाइसकेको छु भन्ने बयान गरेको वादी प्र.हरूबाट भएको छलफलबाटसमेत वादी प्र.हरू एकासगोलको देखिन नआएबाट अंशपाउँ भन्ने वादीदावी झुठ्ठाठहर्छ भन्नेसमेत व्यहोराको मकवानपुर जि.अदालतको ०३९।८।२८ को फैसला । ७. सो फैसलामा चित्त बुझेन भन्ने वादी ठूलो गोलेको पुनरावेदन । ८. यस अदालतको मिति ०४०।१०।२७।३ को सिंगल बेञ्चबाट अ.बं. २०२ नं. विपक्षी झिकाउने आदेश । ९. पुनरावेदकको नाउँको समेत जग्गाधनी दर्ता प्रमाणपूर्जा नक्कल पेश गरेकोले प्रतिवादीको नाउँमा छुट्टै दर्ता रहे भएको देखिन आयो । बुझिएका अंशियार वादी प्रतिवादीका कान्छा बाबु कुम्ले गोलेका बयानबाट पनि अंशबण्डा अघि भइसकेको देखिन्छ । प्रतिवादीले पेश गरेको लिखतबाट पनि खरिद बिक्री व्यवहार समेत भइसकेको देखिनाले अंशबण्डाको ३० नं. अनुसार बण्डा पत्र नभए पनि बण्डापत्र भएको सदर मान्नुपर्ने हुँदा अंश पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन वादी दावी झुठ्ठा ठहराई गरेको इन्साफ मनासिव छ भन्ने समेत ०४०।६।९।१ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला । १०. पेश भएको निवेदक वादीको नाउँको ज.ध.प्रमाणपूर्जाको जग्गा हो त्यो जग्गाको वादीको अंश दावी भित्रको पैत्रिक