निर्णय नं. २३१९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३१९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/१९ २५८७ निर्णय नं. २३१९ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. १५६७ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :का.जि.नैकाप पुरानो भन्ञ्जाङ,आदर्श गा.पं.वार्ड नं. ८ माल्टार बस्ने भरत प्रसाद गौतम। विरूद्ध विपक्षी :विष्णु प्रसाद खनाल, अध्यक्ष, गुठी संस्थान,केन्द्रिय कार्यालय,रामशाह पथ,काठमाडौं । बद्री प्रसाद उपाध्याय,अधिकृत द्वितीय श्रेणी ऐ.ऐ । गुठी संस्थान,केन्द्रिय कार्यालय,रामशाहपथ,काठमाडौं । आदेश भएको मिति:२०४२।३।१९।४ मा निवेदकले कुनै कानुनको त्रुटि भएको भनी देखाउन सकेको नहुँदा यस्तो अवस्थामा निवेदन जिकिर अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.१०) निवेदक तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री श्यामध्वज कार्की उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. भैरहवा गुठी तहसिल तथा खर्च कार्यालयका कार्यालय प्रमुख भई काम गरेको अवस्थाको आ.ले.प. शाखाबाट श्रेस्ता जाँच गर्दा रु. २६,९५८।१९ तहबिल मस्यौट हिनामिना गरेको भन्ने आरोप लगाई ३ दिनभित्र स्पष्टीकरण दिनु भनी गुठी संस्था के.का.को मिति ०३८।७।४ को गोप्यपत्र प्राप्त भई ०३८।११।६ मा बयान गरी सकेको र मु.नारायण बहादुरले मेरो जिम्मामा भएको नगदी जिन्सी स्याहा श्रेस्ता सबै बुझी लिए भन्ने उल्लेख भएको मेरो रमानापत्र त्यस कार्यालयमा प्राप्त भएको हुनाले सोही प्रमाण समेतको आधारमा उल्लेख भएको आरोप मलाई लाग्नु पर्ने होइन आरोपबाट फुर्सद पाउँ भनी स्पष्टीकरण दिएकोलाई विचारै नगरी ०३८।८।१६ मा मलाई निलम्बन गरियो र ०३७।०३८ को आ.ले.प. हुँदा तपाई समेतको मिलोमतोबाट जम्मा रु. २६,९५८।१९ तहबिल हिनामिना गरी दाखिल समेत नगरेकाले कारवाही हुँदा गुठी संस्थान सम्बन्धी नियमावली, ०३४ को परिच्छेद १०.५ को दफा ७ अनुसार तहबिल मस्यौट गरेको देखिएको भन्ने आरोप लगाई ऐ. विनियम १०.१ को उपदफा (६) अनुसार गुठी संस्थानको सेवामा भविष्यमा अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त किन नगर्नु भनी ३ दिनभित्र स्पष्टीकरण माग गरिएकोमा म निवेदक कार्यालयमा बहाली हुनुभन्दा अघि नै साविक हाकिम धर्मसुन्दरले ०३६।०३७ को तहबिल मौज्दात रकम रु. ११,१०३।५२ को हकमा निज धर्मसुन्दरले मलाई बुझाएको नभई मु.नारायण बहादुर घिमिरेलाई बुझाई निमित्त दिई रमाना लिई गएको, त्यस कार्यालयमा ०३७।१।७ मा हाजिर भएपछि पनि मु.नारायण बहादुरले नबुझाई ०३७।११।१७ मा म.ले.प.बाट पक्राउ सोधनी हुँदा साविक हाकिमकै पालाको हुँदा आर्थिक विवरण साविक हाकिमकै पालाको भनी लेखी पठाएको कुरा दर्शाई सोही रकम ०३७।०३८ मा जम्मा भई रकम बाँकी छ भनी मु.नारायण बहादुर र मु.अष्टमान चौधरीले लिखित जवाफ दिएको हुनाले पनि मैले हिनामिना गरेको भन्ने प्रश्न उठ्न नसक्ने र मेरो पालाको ०३७।०३८ को सदर स्याहाको रु. ४,९७३।७४ धरौटी रु. ८८४।२१ फुटकर रु. ७२।६६ र ०३८।०३९ को १ साल रसिद काटी स्याहामा आम्दानी नबाँधिएको भनिएको रु. ९,९२७।०४ को हकमा पनि सम्पूर्ण नगदी जिन्सीको कार्य मु.नारायण बहादुर र मु.अष्टमान चौधरीले गरिआएको र