निर्णय नं. ८६५२ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६५२ - उत्प्रेषण परमादेश भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/१२/२६ २५०४ ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायधीश श्री भरतराज उप्रेती २०६४ सालको –WO–०१७१ आदेश मितिः २०६७।१२।१६।४ विषयः—उत्प्रेषण, परमादेश । रिट निवेदकः जिल्ला बारा, पकडिया गा.वि.स. वडा नं. १ बस्ने लालप्रसाद राय यादव समेत विरुद्ध विपक्षीः जिल्ला बारा, पकडिया गा.वि.स. वडा नं. १ बस्ने रामचन्द्र राय यादव समेत § अदालतबाट अन्तिम रहेको फैसलाअनुसार कार्यान्वयन भै टुंगिई मिसिल तामेली रहेको विषयमा विमति नरहेको अवस्थामा अदालतमा विचाराधीन नरहेको विषयका सम्बन्धमा दिएको निवेदनका आधारबाट एक पक्षको हक समाप्त भै अर्काको सिर्जना हुन नसक्ने । § पक्षहरूको आपसी सहमतिमा अदालतभन्दा बाहिर व्यवहार मिलाउन सक्दछन् । तर, अदालतमा प्रवेश गर्दा कानूनको निर्दिष्ट प्रक्रियाको पालना गर्नुपर्ने र अदालतले पनि सम्बन्धित कानून र नियमको परिधिभित्र रही निर्णय आदेश गर्नुपर्ने । § मुलुकी ऐन दण्ड सजायको महल जिल्ला अदालत नियमावलीले निर्धारण गरेमुताविकको दरखास्त नगरी आपसी सहमतिको आधार उल्लेख गरी टुंगिइसकेको विषयमा दिएको निवेदनमा कारवाही नै नगर्नुपर्नेमा निवेदन र बण्डा मुचुल्कालाई मध्यनजर राखी गर्नु भनी भएको आदेश आँफैमा कानूनअनुरूपको नहुने । (प्रकरण नं.२) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता किशोरकुमार अधिकारी विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी, विद्वान अधिवक्ता श्री बालमुकुन्द श्रेष्ठ अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं. १७ नं. आदेश न्या.दामोदरप्रसाद शर्माः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, धारा १०७(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त टिपोट र आदेश यस प्रकार रहेको छः— मूल पुरुष ईनर रायको दुई छोरामा जेठो सीताराम राय यादव, कान्छो पिताम्वर राय यादव । सीताराम रायको तीन छोरामा किसुनदेव राय, विश्वनाथ राय, धर्मदेव राय भएको । किसुनदेव रायको तीन छोरामा लालप्रसाद राय, जयनारायण राय, दुर्गेश्वर राय हुन् । विश्वनाथ रायको एक छोरामा विधानन्द राय हुन । धर्मदेव रायको कुनै सन्तान छैन । पिताम्बर रायको दुई छोरामा रामचन्द्र राय र लक्ष्मण राय हुन । इनर राय, सीताराम राय, पिताम्बर राय, किसुनदेव राय, विश्वनाथ राय, धर्मदेव राय तथा निजका पत्नी समेत स्वर्गे भइसकेका छन् । लक्ष्मण राय यादव वादी, प्रतिवादीमा लालप्रसाद राय, जयनारायण राय, विधानन्दप्रसाद यादव, दुर्गेश्वर राय, समेत भई बारा जिल्ला अदालतमा २०५८ सालको दे.नं. १५१९ को अंश दर्ता मुद्दा चली मिति २०५९।२।९ मा अंश दर्ता हुने गरी फैसला भएको उक्त फैसलाउपर लालप्रसाद यादव समेतको पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन परि मिति २०५९।८।१९ मा शुरु फैसला सदर हुने ठहर्छ भनी फैसला भएको थियो । अंश मुद्दाको फैसलाअनुसार अंश छुट्याउन लक्ष्मण यादवको मिति २०५९।१२।६ मा दिएको निवेदनबाट कारवाही भई मिति २०६०।४।५ मा बण्डा मुचुल्का भएकोमा सो अनुसार सीताराम राउत अहिर भन्ने सीताराम राय यादवको नाम दर्ताको १ कि.नं. ११४ को ज.वि.०—१३—१५ मध्ये वादी लक्ष्मण रायको भागमा पश्चिमतर्फबाट ज.वि.०—३—८—१२ रामचन्द्र राय यादवले लक्ष्मणको भागदेखि पूर्वतर्फबाट सोही बमोजिम ज.वि. ०—३—८—१२ पाउने गरी बण्डा भएकोमा लगाउको दे.नं. १४४/४८९ को विगो मुद्दाबाट बारा जिल्ला अदालतबाट रोक्का रहेकोले दा.खा. भएको थिए