निर्णय नं. २३२० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३२० - जग्गा खिचोला भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/१८ २६२३ निर्णय नं. २३२० ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको दे.पु.नं. ६०२ मुद्दा : जग्गा खिचोला । पुनरावेदक/वादी:का.जि.का.न.पं.वा.नं. २९ लैनचौर बस्ने श्याम बहादुर लामा । विरूद्ध विपक्षी/प्रतिवादी:का.न.पं.का साविक प्र.पं.बासुदेव ढुङ्गाना । का.जि.ठमेल बस्ने साविक वा.नं.२१ कायम हुन आएको २९ को सदस्य उर्मिला श्रेष्ठ । फैसला भएको मिति:२०४२।३।१८।१ मा मुद्दा चल्दा चल्दैको अवस्थामा चार किल्लै नखुलाई विवादित जग्गालाई वादीले आफ्नो नाममा दर्ता गराएको हुँदा उक्त दर्ता दूषित दर्ता देखिएकोले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको देखिँदैन । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल विपक्षी प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपरमा पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ : २. भूमि सुधार कार्यालय काठमाडौंको लगत नं. ४७२ मा दर्ता भई मेरो तिरो भोगको पूर्वमूल सडक पश्चिम लैनचौर जाने गोरेटो बाटो उत्तर गल्ली र पर्खाल दक्षिण बाटो र चौर यति ४ किल्ला भित्रको का.जि.लैनचौर र लाजिम्पाटको जम्मा रोपनी ।।द्र को उक्त जग्गामा निजी सम्पत्तिबाट बनाएको २१ फुट ३ इञ्च लम्बा ११ फुट ९ इञ्च पक्की गारो टिनको छाना भएको टहरा १ र उल्लिखित टहराबाट पूर्वपट्टिको लम्बा फिट २१ फुट ४ इञ्च र १३ फुट ४ इञ्च चौडा भएको पक्की गारो १ तले टायलको छाना भएको घर समेतमा मिति ०२५।३।९ गतेको मेरो हक भोगको हो भनी मेरो जग्गा खिचोला गर्न आएकोले कानुन अनुसार सजायँ गरिपाउँ भन्ने समेत ०२५।४।१६ को फिराद । ३. विपक्ष वादीले दावी गरेको ४ किल्ला भित्रको जग्गा टहरा र घर समेत वादीको हकको नभई नगर पञ्चायत ऐनको दफा ३७ अनुसार का.न.पं.को सम्पत्ति भएकोले सो ठाउँबाट छाडी देउ भनी विपक्षीलाई सूचना दिँदा पनि नछोडेकोले निजलाई का.न.पं.बाट हटाउन खोज्दा यिनै वादीले का.न.पं.विरुद्ध मैले भोग गरी रहेको छाप्रोबाट जबरजस्ती भाँडा वर्तन समेत Çयाँकी हटाउने निश्चित गरेकोले सो नगर्नु भन्ने निषेधाज्ञा जारी गरिपाउँ भन्ने उजूर गर्नु भएकोमा निषेधाज्ञा जारी नहुने ठहरी सर्वोच्च अदालतबाट ०२४ सालमा फैसला भइसकेको छ । उक्त जग्गा भू.प्र.का. मा दर्ता गर्नु भएको छ भन्ने उल्लेख गरे तापनि बा.अं.अ.को निषेधाज्ञा मुद्दाको पुनरावेदन मिति २०२३।४।२४।२ मा दे.पु.नं. १०९१ मा दर्ता गर्नु भएकोमा मुद्दा पर्दा पर्दैको अवस्थामा भएको दर्ता सदर नहुने कानुनी व्यवस्था भएकोले यस मुद्दा खारेज गरी न.पं.को हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०२६।१०।१६ को संयुक्त प्रतिउत्तरपत्र । ४. वादी दावी खारेज हुने ठहर्छ भन्ने मिति २०२९।५।२०।२ को शुरू का.जि.अ.को फैसला । ५. उपरोक्त का.जि.अ.को फैसलामा चित्त बुझेन भनी वादीको बा.अं.अ.मा पुनरावेदन पर्दा खारेज गरेको मिलेन पुनः कारवाही निर्णय गर्नु भन्ने बा.अं.अ.को फैसला । ६. प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने समेत का.जि.अ.को फैसला । ७. का.जि.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यह