निर्णय नं. २३२१ - बहुबिबाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३२१ - बहुबिबाह भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०२/३२ ७२८७ निर्णय नं. २३२१ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४९७ मुद्दा : बहुबिबाह । पुनरावेदक/वादी:शुवर्णशोभाको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:का.जि.का.न.पं. १० झोछें वानिया चोक बस्ने अशोक कृष्ण बानिया । फैसला भएको मिति:२०४२।२।३२।६ मा बा.अं.अ.को निर्णय उपर पुनरावेदन गर्ने अनुमति प्राप्त नहुँदैको अवस्थामा विवाह गरेको देखिँदा वादीले दोश्रोविवाह गरेको कानुन विरुद्ध भयो भन्न मिल्दैन । (प्रकरण नं.१९) पुनरावेदक वादी तर्फबाटः विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्र राज पन्त विपक्षी प्रतिवादी तर्फबाटःविद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञत्न तुलाधर उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतबाट ०४०।८।७।४ मा बहुविवाह गरेको नठहराई भएको इन्साफमा चित्त नबुझी वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन परी अनुमति प्रदान भई यस बेञ्च समक्ष निर्णयार्थ पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : अशोककृष्ण बानियाले मलाई ०२५ सालमा जातको रीतपूर्वक विवाह गरी लगी निजको विर्यबाट छोरी कमल शोभाको जायजन्म भएपछि मलाई हरएक तवरबाट दुःख दिई सम्बन्ध बिच्छेद गर्‍यो अर्को स्वास्नी ल्याउँछु भनी सताए तापनि सही बसी आएको थिएँ । यही ०३५।३।९ गते शोभादेवी स्थापितसँग विवाह गरी मुलुकी ऐन विहावारीको कानुनको उल्लंघन गरी बहुविवाह गरेमा ऐ. को १० नं. बमोजिम कारवाही गरिपाउँ भन्ने सुवर्णशोभाको जाहेरी । ३. बहुविवाह गरेको सम्बन्धमा अशोककृष्णलाई खोज तलास गरी प्रतिवेदन साथ दाखिल गर्न ल्याएको छु भन्ने समेत व्यहोराको धनबहादुरको प्रतिवेदन । ४. मेरो अगाडिको श्रीमती सुवर्णशोभा छँदाछँदै अर्को विवाह गरेको होइन । अञ्चल अदालतको अन्तिम निर्णय र गृह मन्त्रालय पंजिकाधिकारीको कार्यालयबाट सम्बन्ध बिच्छेद दर्ताको प्रमाणपत्र ०३५।४।९।२ को पत्रानुसार सम्बन्ध बिच्छेद भएको हुँदा मैले अर्को विवाह गरेको हुँ भन्ने समेत व्यहोराको अशोककृष्ण बानियाको कागज । ५. मैले अगाडिको श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको प्रमाण हुँदा अशोककृष्णसँग विवाह गरेको हुँ भन्ने समेत व्यहोराको शोभादेवीको कागज । ६. जाहेरवाला सूवर्णशोभा आज भन्दा ५–६ वर्ष अघिसम्म पनि माइती बसिरहेकोले ०३५।३।९ मा अशोककृष्णले शोभादेवीसँग विवाह गरेको हो भन्ने समेत व्यहोराको जवान ९ को सरजमीन मुचुल्का । ७. अशोककृष्ण र शोभादेवीले मुलुकी ऐन विहावारीको ९ नं. को कानुनको कसूर गरेको देखिन आएको हुँदा निजहरू उपर ऐको १० नं. बमोजिम सजायँ गरी कारवाही गरिपाउँ भन्ने स.सर्वोच्च अदालतको प्रतिवेदन । ८. म शोभादेवी र अशोककृष्णको बीचमा ०३५।३।९ गते विधिपूर्वक विवाह भई ०३५।४।९ गते पंजिकाधिकारीको कार्यालयमा दर्ता भएको छ । जाहेरवाला सूवर्णशोभा र अशोककृष्णको बीचमा बा.अं.अ. बाट सम्बन्धबिच्छेद भइसकेको हुनाले मैले वहाँसँग विवाह गरेको हुँ भन्ने शोभादेवीको अदालतमा बयान । ९. मैले जेठी श्रीमती कायम छँदै दोश्रो विवाह गरेको होइन निज सूवर्णशोभासँग ०३४।८।२ गते बा.अं.अ.बाट सम्बन्ध बिच्छेद गरी अन्तिम फैसला भएपछि ०३५।४।९ मा पंजिकाधिकारीको कार्यालयबाट रजिष्ट्रेशन समेत गरी शोभादेवीसँग अर्को विवाह गरेको हुँ भन