निर्णय नं. ५०८५ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०८५ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाउं । भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/१०/०४ २०७० निर्णय नं. ५०८५ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०५० सालको रिट नं. २९३३ आदेश मिति:२०५१।१०।४।४ विषय : उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाउं । निवेदक :जि. मकवानपुर हेटौंडा न.पा. वडानं. ५ बस्ने शुभजंगध्वज कार्की । विरुद्ध विपक्षी :श्री ५ को सरकार, जिल्ला वन कार्यालय पर्सा । श्री ५ को सरकार, मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय, हेटौंडा । निवेदकलाई नि.से.नि. को नियम १०.६(१) को अभियोगमा मुल अड्डा प्रमुख (जिल्ला वन अधिकृत) ले दुई ग्रेड रोक्का राख्ने सजाय गरेकोमा सजाय सदर गरी नियमको उल्लेखसम्मलाई पुनरावेदन तहबाट सच्याइएको देखिंदा निवेदक उपर लगाइएको अभियोग वा सजाय नै फरक परेको भन्न मिल्ने नदेखिने । (प्र.नं. ९) माथिल्लो तहको सजाय प्रस्ताव गरी तल्लो तहको सजाय गर्न निवेदक विश्वभरनाथ पाण्डे विरुद्ध राप्ती अञ्चलधीशको कार्यालय समेत भएको उत्प्रेषणको मुद्दामा प्रतिपादित नजिर (ने.का.प. २०४९ अंक ७ पृष्ठ ६१६) समेतबाट मिल्ने नै देखिएको समेतबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नपर्ने । (प्र.नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट :विद्वान उप सरकारी अधिवक्ता श्री दिनेश अधिकारी अवलम्बित नजीरःX आदेश का.मु.प्र.न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. म निवेदक २०१७।४।५ मा अस्थायी रेन्जरमा सेवा प्रवेश गरी २०२१।२।५ मा स्थायी नियुक्त प्राप्त गरी विभिन्न वन कार्यालय अन्तर्गत सेवा गर्दै आएकोमा मिति २०४४।२।२० देखि जिल्ला वन कार्यालय पर्सा अन्तर्गत मधुवन नथवल इलाका वन कार्यालयको ईलाका वन सहायक पदमा कार्यरत रहेका थिए । यसै क्रममा २०४५।१२।६ मा म सेवारत रहेको वन कार्यालयको कार्यक्षेत्र भित्र पर्ने वन जंगलबाट अनियमित तरिकाले भरखरै काटिएको साँखु लकडी तपाई डेरा गरी बसेको बाटो भै जाने लिगबाट १५ मिनेटको बाटोमा पर्ने विरुवा गुठी गा.पं. वडानं. ४ घटेली गाउँमा यस कार्यालयका जि.व.अ. ले बरामद गर्नु भएको साँखु लकडी १७ तपाईको मिलोमतोबाट चोरी भएको देखिएको भनी २०४५।१२।६ को आदेश बमोजिम नि.से.नि. २०२१ को परिच्छेद १०(७) को (क) बमोजिम आजैका मितिदेखि सस्पेण्डमा राखियो । सो पश्चात २०४६।१।८ मा र २०४६।६।१३ मा नि.से.नि. को नियम १०.६ (१) बमोजिम अयोग्यताको आधारमा १०.१(५) बमोजिम नोकरीबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरियो । मैले स्पष्टीकरण दिई निलम्बन समेत फुकुवा हुनुपर्छ भन्ने निवेदन गर्दै आएको थिए । नोकरीबाट किन नहटाउने भनी स्पष्टकरण माग गरी कारवाही चलाई आएकोमा जिल्ला वन अधिकृतले २०४६।१२।१२ मा नि.से.नि. को नियम १०.१(४) बमोजिम २ ग्रेड रोक्का राखी २०४५।१२।६ को निर्णय फुकुवा गर्ने निर्णय भयो । सो उपर मैले म.क्षे.वन निर्देशनालयमा पुनरावेदन गरेको थिए । सो विचाराधीन रहेको अवस्था २०४९।११।६ देखि लागू हुने गरी राजिनामा गरी स्वीकृत पनि भएको छ । यसै बीच २०४६।१२।१२ को निर्णय सदर गर्दै २०५०।५।२७ मा पुनरावेदन निर्णय भएको रहेछ । पुनरावेदन निर्णय गर्दा २०४६।१२।१२ को निर्णयमा नियम १०.१(२) प्रयोग गर्नुपर्ने