निर्णय नं. २३२२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३२२ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/१२ २९७३ निर्णय नं. २३२२ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् ०३९ सालको फौ.पु.नं. ३२१ सम्वत् २०४० सालको फौ.सा.नं. ८२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:भू.पु.सहायक मन्त्री लवरुराना थारुको जाहेरीले वादी श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:कञ्चनपुर वन डिभिजन कार्यालय अन्तर्गत किचाई रेञ्जर कार्यालयका फरेष्टर मानेश्वर मण्डल । फैसला भएको मिति:२०४२।३।१२।४ मा अभियुक्तहरूले आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु हुनजान्छ भने त्यो व्यक्तिको मृत्यु कालबाट भएको अथवा कुनै अन्य घटना घटी भएको हो भन्ने कुराको शड्ढा रहित तथ्ययुक्त प्रष्ट प्रमाणले समर्थन गराउने जवाफदेही अभियुक्तहरूकै हुनजान्छ, यसमा कुनै शड्ढा र विवाद हुँदैन । यस्तोमा साधारण लरोतरो धुरमुरे प्रमाण प्रस्तुत गरेर अभियुक्तहरूले सफाई पाउने अवस्था पर्दैन। (प्रकरण नं.१०४) पुनरावेदक/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री बलराम काफ्ले उल्लेखित मुद्दाःX फैसला न्या.गजेन्द्रकेशरी बास्तोलाः सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा वादी श्री ५ को सरकारको पुनरावेदन तथा साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : वन अतिक्रमण गर्ने अगुवा देखलमुनी गा.पं.मुली बस्ने नन्दलाल राणालाई ०३७।२।१६ गतेका दिन १० बजेतिर हात्तीमा राखी ल्याउँदा निज भाग्न उम्कन खोजी हात्तीबाट हामफाल्दा सोही ठाउँमानै मृत्यु भएकोले उक्त सम्बन्धमा आवश्यक कारवाही होस् भन्ने व्यहोराको मिति ०३७।२।१६ को कञ्चनपुर वन डिभिजन कार्यालयको पत्र । २. कञ्चनपुर अस्पतालको मुर्दा राख्ने घरभित्र लुहाको खटियामा राखिएको नन्दलाल राना थारुको लाश हेर्दा हातको नाडीमा खोस्रिएको नाकबाट रगत मिश्रित पानी निस्किएको मुख बन्द भएको मृतकले लगाएको लुगा खोली हेर्दा कम्बरको दाहिने पट्टि पानी निस्किएको अं. १ इञ्च लम्बा १ इञ्च चौडा फोका उठेको लिंग खुम्चिएको काखीमा रगत जमी निलो भएको कम्बर देखि केही माथि अन्दाजी ४ इञ्च लामो आधा इञ्च चौडा निल डाम भएको लाश जाँच प्रकृति ठीक छ भनी महेन्द्रनगर बजारमा फोटोग्राफीको काम गर्ने वर्ष २१ को इन्द्रप्रसाद भट्ट समेतले ०३७।२।१७।६ मा गरिदिएको लाश प्रकृति मुचुल्का । ३. शरीरमा भएको निलडाम तथा गर्दनको हाड भाँचिएको कारणबाट मृत्यु भएको भन्ने मिति ०३७।२।१७ को पोष्टमार्टम रिपोर्ट । ४. मेरो भतिजा नन्दलाल मिति ०३७।२।१६ गतेका दिन अन्दाजी ७।८ बजेको समयमा खाना खाई रहेको बखत अन्दाजी १२।१३ जना खाकीको बर्दिधारी ५।६ जनाको हातमा राइफल समेत अरु बन्चरो लाठी हातमा लिएका मानिसहरूको हुल आई तिनै व्यक्ति मध्ये १ जना नाम नजानेकोले तपाईलाई डि.एफ.ओ. र रेन्जर तथा फरेष्टरले बोलाएको छ भन्दा म किन जाने मेरो त्यहाँ के काम छ म जादिन भनी भतिजा नन्दलालले इन्कार गर्दा सबैले मिली राइफलका कुञ्जा लाठी हात मुक्का प्रहार गरी तान्दै लछार्दै लगेका र पछि वनारा नदी हुँदै लग्दा सम्म “आमा मरे मरे” भनी मृतक नन्दलालले चिच्याई रहेको सुनिएको पछि कहाँ के भयो मलाई थाहा हुन सकेन । वन विभागका फरेष्टर गार्ड र फरेष्टर समेतले कर्तव्य गरी मारी नन्दलाललाई मारेको ठाउँबाट तुरुन्तै लाश जाँच प्रकृति नगराई श्री कञ्चनपुर वन डिभिजन का