निर्णय नं. २३२३ - सवारी दुर्घटना ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३२३ - सवारी दुर्घटना ज्यान भाग: २७ साल: २०४२ महिना: असार अंक: ३ फैसला मिति :२०४२/०३/२४ ३०४८ निर्णय नं. २३२३ ने.का.प. २०४२ अंङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् ०४१ सालको फौ.पु.नं. ५६२ मुद्दा : सवारी दुर्घटना ज्यान । पुनरावेदक/वादी:प्र.ह.कोपिल मणिको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:जिल्ला रुपेन्देही बुटवल.न.पं.वार्ड नं. ९ बस्ने लु.अं.२५३ को बस चालक जनक कुमार श्रेष्ठ । फैसला भएको मिति:२०४२।३।२४।२ मा दुर्घटना हुन सक्ने स्थितिको ज्ञान हुँदाहुँदै स्पष्टतः लापरवाही एवं हेलचक्र्याई गरी बस हाँकेको देखिन आएकोले निज अपराधिक दायित्वबाट पन्छिन नपाउने । (प्रकरण नं.१७) पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल विपक्षी प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव: पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. २०३६।१०।२ गते बिहान ८.५५ बजे सुनौलीबाट पोखरा जान लागेको लु.अं. २५३ को बन्धना बस स्याङजा मालुङगा टुनिकोट गा.पं.वार्ड नं. ६ परेवा कुनामा बस दुर्घटना भयो भन्ने सुनी जाँदा अन्य मानिस पनि थिए, घाइते मानिसहरू निकाल्दै थिए । एकजना बेहोस व्यक्ति बसबाट झिकी औषधीपचार गर्न ल्याउँदा निजको साथमा रहेको रूपैयाँ मध्ये रु. ११,१९३।२० पाल्पा जि.पं.स. मथुराप्रसाद श्रेष्ठ जिम्मामा लगाएर रु. १०००। यसै प्रतिवेदन साथ दाखिल गरेको छु । कानुन बमोजिम होस् भन्ने समेत राम्दी प्रहरी चौकीका प्र.ह. कोपिलमणि शर्माको प्रतिवेदन। ३. २०३६।१०।२ गते बिहान ६ बजे खाली ट्रक लिई स्याङजाबाट भैरहवा गइरहेको अवस्था परेवा कुनामा आई पुग्दा हर्न बजेको सुनी साइडमा ट्रक रोकेर बसें, लु.अं. २५३ को बस मेरो ट्रकमा ठोकिई बस व्याक हुँदै जाँदा प्याराफुटमा ठक्कर खाई बस भीरतिर खस्यो, चालक हाम फाल्यो भन्ने समेत ना.अ १३९८ को ट्रक चालक इन्द्रबहादुर गुरुङको बयान । ४. परेवा कुनामा बस आई पुग्दा हर्न दिँदै गाडी बढाउँदै जाँदा घुम्तीको नजीकमा ना.अं. १३९८ नं. को ट्रक खडा रहेछ, मैले गाडी मोड्दा मोड्दै ट्रकमा ठोकिन गयो, ब्रेक लागेन, १०० गज पछि हटेर प्याराफूटमा ठक्कर खाई बस बाटोबाट तल खस्न लागेर म बस छाडी ओर्लें र राम्दी जान लाग्दा प्रहरीले पक्राउ गरेका हुन् भन्ने समेत चालक जनककुमार श्रेष्ठको बयान कागज । ५. बस चालकको लापरवाहीबाट नै बस दुर्घटना भएको हो भन्ने समेत धनबहादुर समेतको कागज । ६. बस चालकले लापरवाही गरी बस दुर्घटना भएको हो भन्ने समेत सरजमीन मुचुल्का । ७. बस चालकले सवारी ऐन, २०२० को बर्खिलाप गरी बस चलाएको हुँदा जनकबहादुर श्रेष्ठ उपर ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँको माग दावी भएको प्रहरी प्रतिवेदन । ८. ब्रेक हाने, ब्रेक लागेन, त्यसैले ज्यान बचाउन भागेको हुँ रादिवारी आउँदासम्म ब्रेक ठीक थियो । बस ट्रक जुधेपछि ब्रेक फेल भएको हो भन्ने समेत जनककुमार श्रेष्ठको अदालतमा भएको ततिम्बा बयान समेत रहेछ । ९. चालक जनककुमारको हेलचक्र्याईबाट भवितव्य भई बस दुर्घटना भई यात्रुहरूको मृत्यु भएको ठहर्छ भन्ने समेत स्याङजा जि.अ.को फैसला । १०. जि.अ.को फैसला उल्टाई सफाई पाउँ भन्ने समेत जनककुमार श्रेष्ठको पुनरावेदन । ११. भवितव्यको संज्ञा दिएको मिलेन, प्रतिवादीलाई प्रहरी प्रतिवेदन दावी अनुसा