निर्णय नं. ५०८६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०८६ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०१/१९ २४१४ निर्णय नं. ५०८६ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह २०५० सालको रिट नं. ३११२ आदेश मिति २०५२।१।१९।३ विषय : उत्प्रेषण । निवेदिका:जि.काठमाडौं का.न.पा. वडानं. २२ कुलेश्वर बस्ने वर्ष ७६ को मोद कुमारी उपाध्याय । विरुद्ध विपक्षी :मालपोत कार्यालय कलंकी काठमाडौं । मालपोत विभाग, बबरमहल । मन्त्रिपरिषद् सचिवालय । काठमाडौं नगरपालिका १५ नं. वडा समिति । नापीको समयमा दर्ता गर्न छुट भएकोमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालयमा निवेदकले आफ्नु हकभोग भएको सबुद प्रमाण सहित निवेदन दिएको देखिन्छ । त्यस्तो निवेदन परेपछि मालपोत ऐन, २०३४ को दफा ७ बमोजिम सबदु प्रमाणको आधारमा दर्ता गर्न मिल्ने नमिल्ने सोही बमोजिम निर्णय गर्नुपर्नेमा श्री ५ को सरकारको निर्णयको हवाला दिई फिल्डबुकमा पर्ति जनिएको जग्गा व्यक्तिको नाममा दर्ता गर्न नमिल्ने भनी गरेको मालपोत कार्यालयको मिति २०५०।८।३ को निर्णय उत्प्रेषणको आदेश द्वारा बदर गरिदिएको छ । अब जो जे बुझ्नु पर्दछ बुझी सबुद प्रमाणको आधारमा कानून बमोजिम निर्णय गर्न भनी मालपोत कार्यालय, कलंकीको नाममा परमादेशको आदेश समेत जारी हुने। (प्र.नं. ९) निवेदिका तर्फबाट:विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल । विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी । अवलम्बित नजीरःX आदेश न्या. सुरेन्द्र प्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७, को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– २. का.इ. लगनटोल बस्ने पूर्णकुमारी राणाजीनी र ऐ बस्ने गुण विक्रम राणा समेत दुई आमा छोराले साविक पोता लगतका लगत नं. ४४८ मा दर्ता भएको जग्गा मध्ये विष्णु वेगरको कित्ताबाट ४.।।.। र ऐ. सिलपुचा पाँखो २। जग्गा घरायसी राजिनामा गरी दिएको सो लिखत पारित नगरी दिएबाट काठमाडौं देवानी अदालतमा उजुर दिई त्यहाँबाट लिखत पारित हुने ठहरी मा.पो.का. काठमाडौंबाट र नं. ३४१३ मिति २०१५।१२।२० लिखत पास भएको थियो । सो जग्गा साविक मौजा स्वयम्भू ४४८ बाट दा.खा. हुँदै हाल मौजा स्वयम्भू २२६१ कायम भएको । सर्भे नापीका बखत आफै उपस्थित भई नक्सा गरी दर्ता प्रमाणित गर्न असमर्थ भएकी र उक्त कित्तामध्ये सिलपुचा पाँखो जग्गा सर्भे नापीमा का.जि. स्वयम्भू वार्ड नं. ४ कि.नं. ४४४ र कि.नं. ४४५ दुई कित्ता कायम भई नाप नक्सा भएको थियो । कि.नं. ४५ को २–८–० मेरो जग्गा दर्ता गर्न छुट भैरहेको सो जग्गामा घर टहरा बनाई भोग गरी बसेको छुसो जग्गा दर्ता गरी पाउँ भनी सबुद प्रमाण सहित मा.पो.का. कलंकीमा ०४९।७।२४ मा निवेदन दर्ता गराएकोमा सो निवेदन समेतको फाइल हरायो भनी कारवाही अघी नबढाएको पुन मिति २०५०।२।१३ मा निवेदन दिएकोमा तारेखमा बसेकी थिई । सो जग्गा दावी गर्ने अन्य व्यक्तिका निवेदन समेत एउटै फाइलमा समावेश गरि ६ महिना पछि कि.नं. ४४५ को ०–८–० जग्गा जिरहमा पति जनिएको जग्गा धनी र जोताहा महल पूरै खाली कसको नाम उल्लेख नभएको जग्गा श्री ५ को सरकारको २०५०।२।२५ को निर्णय बमोजिम कुनै पनि व्यक्ति वा संस्थाको नाममा दर्ता गर्न नमिल्ने भन्ने समेत व्यहोराको निर्णय मिति २०५०।८।३ मा मालपोत कार्यालय कलंकीबाट भयो । मालपोत कार्यालयको सो निर्णय त्रुटीपूर्ण छ । मालपोत कार्यालयमा छुट जग्गा दर्ता गरी पाउँ भनी निवेदन दिएपछि सबुद प्रमाण