निर्णय नं. २३२४ - बहाल भराई घर चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३२४ - बहाल भराई घर चलन चलाई पाउँ भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/२८ २२१७ निर्णय नं. २३२४ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् ०४० सालको दे.फु.नं. ५७ मुद्दा : बहाल भराई घर चलन चलाई पाउँ । निवेदक/वादी:ल.पु.जि.ग्वारा टोल बस्ने कृष्ण बहादुर मानन्धर । विरूद्ध विपक्षी/प्रतिवादी:ल.पु.जि.न.पं.वडा नं. ७ त्याग टोल बस्ने आशालाल पोडेको मु.स.गर्ने ऐ. ऐ. बस्ने श्यामचा पोडे । फैसला भएको मिति: २०४२।३।२८।६ मा जग्गाको हक स्वामित्वको प्रमाणिक अभिलेख जग्गा दर्ता श्रेस्तालाई नै मान्नुपर्ने । (प्रकरण नं.११) निवेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी प्रतिवादी तर्फबाटः X उल्लेखित मुद्दाःX फैसला प्र.न्या.नयन बहादुर खत्री: निवेदक कृष्ण बहादुर मानन्धरले डिभिजन बेञ्चबाट मिति ०३८।९।७ मा भएको निर्णय दोहोर्‍याई पाउँ भनी श्री ५ महाराजाधिराजका जुनाफमा चढाउनु भएको बिन्तिपत्रमा फुल बेञ्चबाट दोहोर्‍याई हेरिदिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आए अनुसार फुल बेञ्चको लगतमा दर्ता भई आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । विपक्षसँग मेरो बाबु तुल्सी मानन्धरले पूर्व बाटो पश्चिम बाटो उत्तर सार्कीको घर दक्षिण बाटो ४ किल्लाभित्रको ल.पु.त्यागल रेता टोलको दक्षिण मोहडा पूर्व पश्चिम लङ २ नाले ३ तले २ कवले पक्की झिंगटी छाना भएको घर र सो घरले चर्चेको लगापात समेत रु. १००१। मा ०१२।५।३१।३ मा रजिष्ट्रेशन पास गरी फार्छे गरिलिएको थियो । पिताजी स्वर्गीय भई मेरो हक भएको सो घरको बाल रु. १००। तिर्ने गरी ०१२।५।२१ मा कबुलियत पनि गरी बहालमा बस्न दिएको र सालसालमा बहाल दिएको थियो । सो बहाल बाबा छउन्जेल बाबाले र बाबा मरेपछि मैले बुझी लिई रसिद गरिदिने गरेको थियौं । सो बमोजिम ०२६ सालसम्मको दिएको र ०२७ सालदेखि बहाल नदिएकोले २०२७, २०२८, २०२९ सालको बहाल रु. ३००। भराई घर छाडी देउ भन्दा घर नछाडेकोले ३५ दिन म्याद दिई घर छाडी दिनु भन्ने समेत व्यहोरा लेखी निजलाई हुलाकद्वारा ०३०।६।२० मा जनाउ नोटिस पठाई सो नोटिसको १ प्रति जानकारीको लागि यस अदालतमा समेत पठाएकोमा ०३०।७।१ मा सूचना पाइकन पनि घर खाली नगरिएकोले फिराद गर्न आएको छु । बहाल रु. ३००। भराई मोल रु. १००१। जाने घर खाली गराई सो घर अड्डैबाट चलन चलाई पाउँ । २. विपक्षको लेखाई बमोजिम मैले २०१२ सालमा बिक्री गरी कबुलियत गरी सो घरमा गई बसी बहाल दिने बुझाउने गरिआएको भर्पाई दिए पाएको छैन । हाडो भाँडा, सुनको मुन्द्री समेत बिक्री गरी रु. १००१। जम्मा भएपछि साहूलाई बोलाई राजीनामा बमोजिमको रूपैयाँ बुझी लिए भनी २०१९ साल मार्ग १ गते राजीनामाको पछाडिपट्टि लेखाई सहिछाप गरिदिनु भएपछि रूपैयाँ लिनु भयो । अड्डामा गई लगत कट्टा गर्नुपर्छ भन्नु भएकोले म विरामी छु भन्दा सो राजीनामा विपक्षकै पिताजीले लैजानु भएको ३।४ महिनासम्म पनि राजीनामा ल्याई दिनु नभएकोले मानिस पठाउँदा राजीनामा हरायो अन्य मैले राजीनामा नै गरी पास गरिदिनेछु भनी जवाफ दिनु भएको र २०२१ सालमा नापी हुँदा विपक्ष आई अरु मैले राजीनामा गरी रहन परेन भन्नु भएको र सो घरबारी जग्गाको जग्गाधनी प्रमाणपूर्जा र जोताहा अस्थायी निस्सा समेत मैले पाएको र मेरै नाउँमा दर्ता गराई तिरो तिरी आएको छु । रूपैयाँ नबुझेको भए आफ्नो नाउँमा दर्ता गराउन सक्