निर्णय नं. ५०८७ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०८७ - परमादेश भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/०९/०६ २४०९ निर्णय नं. ५०८७ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०४९ सालको रिट नं. २५४३ आदेश मिति : २०५१।९।६।४ विषय : परमादेश । निवेदिका:महिला तथा विकास केन्द्र (प्रा.लि.) कमलादीको लेखा अधिकृत पदबाट अवकास गरिएकी श्रीमती विशाल कर्माचार्य । विरुद्ध विपक्षी :महिला तथा विकास केन्द्र, कमलादी, काठमाडौं । ऐ. को संचालक समिति । ऐ को कार्यकारी निर्देशक पदमासना शाक्य । निवेदिका स्थायी रुपमा प्रशासकिय अधिकृत वा लेखा अधिकृतमा नियुक्त गरेको फाइलबाट देखिन्न । सहायक प्रशासकिय अधिकृतबाट लेखा अधिकृतमा ब्ककष्नल गरेको सम्म संचालक समितिको २०४६।५।२३ को पत्र देखिंदा त्यस्तो Assignment लाई स्थायी नियुत्ती गरेको भन्ने स्थिति देखिन्न । स्थायी नियुक्ति भए तर्फ निवेदिकाले कुनै नियुक्ति पत्र समेत पेश गर्न नसकेको र आफू स्वयंले मिति २५।७।०४८ मा आफू भर्वल एग्रीमेन्ट अनुसार केन्द्र ज्वाइन गर्ने कुरा लेखिएकोबाट निवेदक स्थायी नियुक्ति भएको भन्ने कतैबाट प्रमाणित हुन नआएको र यी सबै तथ्यलाई लुकाई रिट निवेदन दिन आएको सफा हात नदेखिनुको अतिरिक्त अवकासको निर्णयले निवेदिकाको कानूनद्वारा प्रदत्त हक हितमा असर पुगेको भन्ने स्थिति समेत नदेखिंदा रिट जारी गर्ने अवस्था नदेखिंने । (प्र.नं. १३) निवेदिका तर्फबाट:विद्वान अधिवक्ता श्री विनोद रोका । विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री भरतराज उप्रेती । अवलम्बित नजीरःX आदेश न्या. त्रिलोक प्रताप राणाः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. विपक्षी केन्द्र कम्पनी ऐन, २०२१ बमोजिम संस्थापित प्राइभेट कम्पनी हो । कम्पनी ऐन, २०२१ को दफा ६९(१) र (२) ले प्रदान गरेको अधिकार एवं केन्द्रको प्रबन्ध पत्र र नियमावली अनुसार कर्मचारीको सेवा शर्त सम्बन्धी विनियम तर्जुमा गरिएको छ । विनियमको १.१ मा स्थायी अस्थायी र करार सेवामा आवश्यक जनशक्ति नियुक्ति गर्न सक्ने ऐ को १.२ अनुसार अस्थायी र करार सेवामा कार्यकारी निर्देशकले ६ महिनाको लागि नियुक्त गरी म्याद समेत थप गर्न सक्ने र कुनै दफामा स्थायी नियुक्ति भने निर्देशकको सिफारिसमा संचालन समितिले गर्न सक्ने व्यवस्था रहेको छ । निवेदिकालाई पनि शुरुमा अस्थायी सहायक र प्रशासकिय अधिकृत पदमा नियुक्ति प्रदान गरिएको थियो । मैले गरेको कामको प्रगतीप्रति सन्तुष्ट भै मिति २०४४।५।१५ गते नियमित सहायक प्रशासकीय अधिकृत पदमा नियुक्ति गरियो र केन्द्रको विनियम अनुसार संचय कोष समेत थप गरिदैं आएको थियो । पुन मिति २०४६।५।२३ को संचालक समितिको निर्णयानुसार प्रशासन सेवाबाट लेखा अधिकृत पदमा पद स्थापित गरियो। केन्द्रले निवेदिकालाई महिला र विकास विषयक ३ हप्ते तालिममा भारतको अहमदाबादमा पठाएको हुँदा सो तालिम समेत प्राप्त गरी केन्द्रलाई आफ्नो सेवा प्रदान गर्दै आएकी थिए । केन्द्रले आफ्नो कामको प्रकृति अनुसार सृजना गरेको पदहरुमा योग्य व्यक्ति नपाउन्जेलसम्म केन्द्रकै अनुभवी र दक्ष कर्मचारीलाई काममा लगाउने नीति अनुरुप केन्द्रमा सृजना भएको कार्यमुलक कार्यक्रम अधिकृत पदमा अर्को व्यवस्था नभएसम्म केन्द्रको संचालक समितिको मिति २०४८।११।१८ को निर्णयानुसार काममा लगाइएको थियो र अवकास पूर्व सोही पदमा रही काम गरिरहेकी थिए । निवेदिकाले लेखा र प्रशासनत