निर्णय नं. २३२५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३२५ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/०७ १९२४ निर्णय नं. २३२५ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४१ सालको फौ.फु.नं. १६, १७, १८, १९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी: रोल्पा जिल्ला अरुबा गा.पं. वडा नं. ७ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा दाङमा थुनामा रहेको वीर बहादुर पुन मगर । ऐ.ऐ वार्ड नं. ८ मितावाङ घृ भै हाल ऐ.ऐ मा थुनामा रहेको लाल बहादुर घर्ति मगर । ऐ.ऐ वार्ड नं. ७ घर भै हाल ऐ.ऐ मा थुनामा रहेको हरि प्रसाद पुन मगर । ऐ.ऐ घर भै हाल जिल्ला कार्यालय केन्द्रिय कारागार शाखा काठमाडौंमा थुनामा रहेको कमान सिंह पुन मगर । विरूद्ध विपक्षी/वादी:बाँसे घर्ती मगरको जाहेरीले श्री ५ को सरकार र पुनरावेदक/वादी:बाँसे घर्ती मगरको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी: जिल्ला रोल्पा आरुवा गा.पं.वार्ड नं. ७ बस्ने हरि प्रसाद पुनः मगर समेत । फैसला भएको मिति:२०४२।३।७।६ मा जाहेरवाला तथा मृतकका स्वास्नीहरू समेतले भन्न नसकेको कुरा भनेको देखिँदा निजको भनाईमा भर गर्न मिल्ने देखिएन । (प्रकरण नं.२५) पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्र राज पन्त उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) अनुसार यस फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. हरि प्रसादले घर जग्गाको माल बुझ्नलाई डाकी पठाएको खबर लिई सार्के घर्ती घरमा आएको हुँदा मेरो छोरा सुकराम र माहिलो छोरा सर्पे घर्ती यही ०३२।२।२८ गते घरबाट गइसकेको घरमा बास बसेको थाहा भएको र ०३२।२।२९ गतेका दिन सार्केको घर देखि अन्दाजी १००० गज टाढा पर्ने रिसमजाको सल्लेरी वनमा दुई भाइको लाश परेको देखिन आएबाट निज हरि प्रसादले नै मेरा छोराहरू डाँक्न पठाई कमानसिं समेत ८ जना भई खुन गरे गराएकोले कानुनी कारवाही गरिपाउँ भन्ने समेत बाँसे घर्ती मगरको जि.प्र.थाना रोल्पाबाट प्रमाणित भएको जाहेरीको प्रतिलिपि । ३. ०३२ साल ज्येष्ठ २८ गते पुल बनाउने काममा गएको थिएँ । २९ गते मंसूर घर्तीबाट मानिस मरेको खबर पाई मेरो बाबु सार्के घर्ती मगर समेत भई हेर्न गयौं । सर्पे र सुकरामलाई कमानसिंह समेत ८ जनाले मारे मराएको होइन । निजहरूलाई कसैले मारे होलान् भन्न सक्दैन । रक्सी खाएको हुँदा लोटी मरे होलान् जस्तो लाग्छ भन्ने समेत प्र.लाल बहादुर घर्ती मगरको प्रहरीमा बयान । ४. गुमान वलीले वन काटे भनी दिएको उजूरी उपर ज्येष्ठ २८ गते ४ बजे सरजमीन शुरू गरी साँझ १०।११ बजे सरजमीन सिध्याई म जि.स.स.कमान सिंह उक्त काम तामेलीमा बसेको हुँ । म र सार्के घर्ती समेत भई सर्पे र सुकरामलाई मारे मराएको होइन भन्ने समेत प्र.कमानसिं पुनले प्रहरीमा गरेको बयान । ५. ०३२ साल ज्येष्ठ २५ गतेका दिन देखि २९ गतेसम्म डोर समेत सँगै छांै सर्पे र सुकराम आफैं लोटी मरेछन् भन्ने शंका लाग्छ भन्ने समेत प्रतिवादी हरि प्रसाद पुन मगरले प्रहरीमा गरेको बयान । ६. ०३२।२।२८ का दिन हरि प्रसादले भने बमोजिम सर्पे र सुकरामलाई बोलाएर ल्याएको र मेरो घरमा यी दुई बास बसेका हुन् । सोही दिन राति ८।९