निर्णय नं. ४७६० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७६० - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०२/१८ २३४२ निर्णय नं. ४७६० ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ ०४८ सालको रिट नं. १८९१ आदेश मिति: २०५०।२।१८।२ निवेदक : जि. पर्सा विरगंज न.पा. वडा नं. १६ स्थित कुमार साइकिल टे«डर्स भन्ने प्राइभेट फर्मको प्रो. ऐ बस्ने निरन्जन कुमार सराफ । विरुद्ध विपक्षी : राजश्व अनुसन्धान महाशाखा, काठमाडौं । : त्रिभुवन विमानस्थल भंसार कार्यालय, काठमाडौं । : भंसार विभाग, काठमाडौ । : अर्थ मन्त्रालय, काठमाडौं । विषय : उत्प्रेषण । (१) रिट निवेदकले के.वि. साइकिल स्टोर्स पाटनको लागि साइकिलको विभिन्न पार्टपूर्जाहरु बुक गरी पठाएकोमा पक्राउ परी भंसार कार्यालयमा कारवाहीको अवस्थामा रहेको कुरामा कुनै विवाद छैन । भंसार कार्यालयबाट जारी भएको सूचनाको म्याद भित्र निवेदक सबुद प्रमाण सहित हाजिर भएको देखिदैंन । निवेदकले बुक गरीपठाएको साइकिलको पार्टपूर्जाहरु भन्सार तिरेको सामान हो होइन भने प्रमाणको मूल्याकंन गरि रिट क्षेत्रबाट हेर्न मिल्ने देखिदैंन । साथै भंसार कार्यालयबाट कुनै निर्णय भएको पनि मिसिलबाट देखिदैंन । रिट निवेदक भंसार कार्यालयबाट निर्णय गराउने तर्फ लाग्नुपर्नेमा सो नभएबाट भंसार कार्यालयलाई इन्कार गरेको देखिएबाट प्रस्तुत रिट निवेदन अपरिपक्व (Premature) भएको देखिन आयो । अतः माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज हुने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमल नारायण दास विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट आदेश न्या. मोहन प्रसाद शर्मा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्तको व्यहोरा तथा आदेश यस प्रकार छः– २. यस फर्मले भारतबाट विभिन्न किसिमको साइकिलहरु आयात गरी नेपालको विभिन्न शहरमा रहेको साइकिल स्टोरहरुलाई आपूर्ति गर्ने गरेको छ । आर्थिक ऐन, २०४८ र यसले समाहित गरेको अन्य आर्थिक ऐनहरु अन्तर्गतको भंसार दरबन्दीमा साइकिल, यसको टायर, टयूव तालाको छुट्टाछुट्टै दरबन्दी रहेको, तर फ्रेम, हेण्डिल, रिम, स्पोक, बे्रक आदि पार्टपूर्जाहरुको छुट्टाछुट्टै भंसार दरबन्दी नभै साइकिल पार्टस भन्ने शिर्षक अन्तर्गत नै भंसार महसूल लिने गरेको हुनाले जुन मालको दरबन्दीमा संकेत छुट्टाछुट्टै छ । त्यसको नाउँ छुट्टाछुट्टै लेखी र जसको छुट्टै दरबन्दी छैन त्यसको मोललाई साइकिल पार्टस अन्तर्गत लेखी भंसार महसूल लिने गरेको छ । फर्मले २०४८।४।१७ मा आयात प्रज्ञापन पत्र नं. ७२८ भरी भारतबाट आयात गरेको साइकिल टायर ३६० थान, टयूव ४००थान, ताला २०० पिस, तथा अन्य पार्टस ५४० गोटाको भंसार महसूल तिरेको र ०४८।७।२५ मा आ.प्र.प.नं. ५३९६ मा टायर १२८, रिम ६४ टयूव १२८ फ्रेम ६४ गोटाको भंसार महसूल बुझाएको थियो । सो मध्ये अन्य पार्टसको ६ झोला २०४८।८।१० का दिन के.वि. साईकिलले अर्डर दिए अनुसार निजको नाममा विल बनाई भंसार महसूल आयात इजाजत पत्र, विरगंज न.पा. मा चुंगिकर बुझाएको रसिद समेत २–२ थान फोटोकपि साथ राखी सि एन नं. ४९०।५ मा बुक गरी पठाएकोमा २०४८।८।१२ का दिन प्र.नं. १ को टोलीले सो माल पक्राउ गरी प्र.नं. २ लाई बुझायो । बुक गरेको माल के वि. साइकिल स्टोर्सले नपाएको खबर गरेपछि ट्रान्सपोर्टरलाई बुझ्दा प्र.नं. १ को टोलीले पक्राउ गरेको हुनाले भंसार महसुल तिरे