निर्णय नं. २३२६ - लिखत पारित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३२६ - लिखत पारित भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/२५ २०२५ निर्णय नं. २३२६ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् ०४० सालको दे.फु.नं. ६१ मुद्दा : लिखत पारित । निवेदक/वादी:रुद्र कुमारीको मुद्दा सरकार गर्ने जि.काठमाडौं,सुन्दरीजल नयाँ पाटी गा.पं.वडा नं. १ बराहटार बस्ने बद्री प्रसाद सिंखडा। विरूद्ध विपक्षी/प्रतिवादी:ऐ. सुन्दरीजल पंचायत वडा नं. ८ बस्ने नियम प्रसाद सिंखडा । फैसला भएको मिति:२०४२।३।२५।३ मा घरसारको राजीनामा लिखत पारित गरिदिनु पर्ने । (प्रकरण नं.१६) निवेदक वादी तर्फवाट :विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहःसर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा न्यायिक समिति मार्फत बिन्ति पत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०३०।२।२५ मा विपक्षी प्रतिवादीले मबाट रु. २३,००१। लिनु भई निजैका नाउँको साविक ऐ. नं. २९६६ सर्भे नापी हुँदा सुन्दरीजल नयाँपाटी गा.पं.वडा नं. १(क) को कित्ता नं. २४ रोपनी ६–०–० को कित्ता १ ऐ. रै.नं. २२२५ को कि.नं. २५ को पाखो रोपनी २ को कित्ता १ समेत कित्ता २ समेत खेत पाखो रोपनी ८ रजिष्ट्रेशन पास गरिदिने छु भनी राजीनामा लेखी दिनु भएको पास गरिनदिएकोले पास गराई पाउँ भन्ने समेत व्यहोराको रुद्रकुमारीको फिराद । ३. वादी रुद्रकुमारीको छोरा बद्रीप्रसादका नाउँको जग्गा र मेरो नाउँको सट्टापट्टा गर्ने कुरा भई ०३०।२।२५ मा रु. २३,००१। को वादीको छोरा बद्रीप्रसाद ऋणी र म धनी भएको राजीनामा १ र म ऋणी र वादी धनी भई खडा भएको राजीनामा १ समेत वडा सदस्य सालीग्राम दाहालको जिम्मा भएकोमा लिखत पास गरिदिने म्याद नाघ्ने भएकोले अर्को लिखत खडा गर्न जिम्मा लिने सालिग्रामको घरमा लिखत लेख्ने कृष्ण प्रसाद समेतलाई लिई गएकोमा सालिग्रामले कागज झिकी दिएको र वादीका छोरा बद्रीप्रसादले ०३०।९।२८ मा लुटपीट गरी लगेकोले लुटपीटमा मेरो नालेश परी सकेको छ नगद लिनु दिनु भई राजीनामा भएको होइन सो लिखत पारित गरिदिनु नपर्ने भन्ने समेत प्रतिवादी । ४. जग्गा सट्टा पट्टा गर्ने कुरा भएको सो राजीनामा लुटी लगेकोबाट नालेश गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको वा.शेषनाथले गरेको बयान । ५. रूपैयाँ लिनु दिनु भएको होइन एकले अर्कालाई राजीनामा गरिदिएको हो लुटपीटमा नालेश परेकै छ भन्ने समेत गणेशप्रसाद, हरिकेशव, सालीग्राम समेतको बयान । ६. रूपैयाँ लिनु दिनु भइसक्यो राजीनामा लेखी देउ भनेकाले लेखिदिएको हुँ भन्ने समेत व्यहोराको लेखक कृष्ण प्रसादको बयान । ७. लेखक साक्षी समेतका भनाईबाट लिनु दिनु भएको होइन भनेको हुँदा पारित गरिपाउँ भन्ने वादी दावा नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला । ८. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीले मध्यमान्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदन । ९. रूपैयाँ लिईदिई राजीनामा लिखत भएकोभन्ने लिखतबाटै प्रष्टभएको लिखतकोविपरीत बकेकोलाई प्रमाण लिई लिखत पास नगर्ने भनी फैसला गरेको मिलेको देखिएन। छलफलनिमित्त