निर्णय नं. ५०८९ - खिचोला मेटाई घर उठाई चलन समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०८९ - खिचोला मेटाई घर उठाई चलन समेत भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०३/२० २३८३ निर्णय नं. ५०८९ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा २०५० सालको दे.पु.नं. १८६८ आदेश मिति:२०५२।३।२०।३ मुद्दा : खिचोला मेटाई घर उठाई चलन समेत । पुनरावेदक/प्रतिवादी: उदयपुर जिल्ला बसाहा गा.वि.स वडा नं. ८ बस्ने भरत कुमार राई । ऐ.ऐ. बस्ने डिक बहादुर मगर । ऐ.ऐ. बस्ने पद्यमाया राई । विरुद्ध प्रत्यर्थी/वादी:ऐ. ऐ. बस्ने खड्ग बहादुर मगर । विवादति कि.नं. १९३, १९४ का जग्गाहरु एउटै प्लटको जग्गा हो सो जग्गामा खिचोला गरेको भन्ने मिति पनि एउटै कायम गरी फिराद गरेको र जग्गा धनी पनि एउटै व्यक्ति भएको अवस्थामा अ.वं. ७२ नं. को त्रुटी भएको देखिन नआउने । (प्र.नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री विजयकान्त मैनाली प्रत्यर्थी वादी तर्फबाट:विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का अवलम्बित नजीरःX आदेश न्या. ओमभक्त श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत राजविराजको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. बसोबासबाट मेरो प्राप्त गरेको जि.उ.गा.पं. सुन्दरपुर वडानं. ६ झ कि.नं. १९४ ज.वि. ०–१९–१९ ऐ कि.नं. १९३ झ ज.वि. १–०–० जग्गा मेरो हक अधिकार एवं भोगको जग्गा हो उक्त जग्गा यही ०४५।११।२८ गते विपक्षीहरु भै र नचिन्हेका के कहाँ बस्ने लाग्ने मान्छे ७ जना खेताला समेत ९ जना र नौ हल गोरु लिई आई उक्त मेरो जग्गामा प्रवेश गरी गराई हलो गोरु नारी विहान अं. ७ देखि विपक्षी मध्ये भरत मान राइले उक्त कि.नं. १९३ नं. को ज.वि. १–०–० मध्ये पश्चिम तर्फबाट ज.वि. ०–१०–० जग्गा जोति मकै वाली लगाई खिचोला गरेका र सोही जग्गामा विपक्षी भरत मानले २०४५ साल चैत्र १ गते देखि खम्बा गाडी घर बनाउने शुरु गर्नु भै खरको छाना लगाई २ तल्ला घर भुइतल्लामा माटोको गाडी माथिल्ला तल्लामा कास घरको वैरा लगाई र विपक्षी डिक बहादुरले उक्त कि.नं. ०–९–१० र कि.नं. १९४ को ज.वि. ०–१९–१९ जग्गा जोति मकै वाली छरी सोही ०४५।१२।१ गते देखि खावा गाडी उक्त कि.नं. १९४ को जग्गामा खावा गाडी खरको छाना भएको २ तल्ला घर टाटी वेरा लगाई दुवै जनाले मिति २०४६।१२।११ गते सम्ममा घर तयार गरि सक्नु भएकोले अन्यायमा परि फिराद गर्न आएको छु । विपक्षीहरुलाई अदालतबाट झिकी जोडी मेरो सबुद प्रमाण समेत बुझी खिचोला मेटाई चलन चलाई घर उठाई विपक्षीहरुलाई कानून बमोजिम सजाय समेत गरि पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. विपक्षीले दावी लिएको जग्गा ०३३ सालमा क्षेत्रीय बसोबास कार्यालय विराटनगरद्वारा नाप नक्सा भएको जग्गा हो ता पनि सो नापीमा एकाको भोगको जग्गा अर्काका नाउँमा समेत नापी भै पूर्जा वितरण भएको भनि वसाहा गा.पं. वारेया भरिका अधिकांस बसोबास गर्ने व्यक्तिहरुको सो नाप नक्सालाई स्वीकार नगरी पटक पटक सम्बन्धित निकायमा कारवाही चलाई उदयपुर जिल्ला वन क्षेत्र सुदृढीकरण सम्बन्धी उच्च स्तरिय आयोगको मिति २०४६।१।६ गतेको निर्णयले सो वसाहा गा.पं. अन्तर्गतमा भएको २०३३ सालको नापीलाई वदर गरि सगरमाथा अंचल क्षेत्रीय कार्यालय उदयपुरबाट पुनः नाप नक्सा समेत भै सकेको छ । मिति २०४५।२।५ गते कानून तथा न्याय मन्त्रालयको नेपाल राजपत्र खण्ड ३८ अतिरिक्तांक ६ (क) सूचना नं. ८ को अनुरुप गठन भएको उदयपुर जिल्ला वन क्षेत्र सुदृढीकरण उच्च