निर्णय नं. २३२७ - लिखत बदर हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३२७ - लिखत बदर हक कायम । भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/२८ २०८६ निर्णय नं. २३२७ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४१ सालको दे.फु.नं. ८१ मुद्दा : लिखत बदर हक कायम । पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं.वडा नं. ३१ बस्ने सावित्री देवी उपाध्याय । विरूद्ध विपक्षी/वादी:का.जि.इन्द्रचोक तरन चोक बस्ने कृष्ण बहादुर अमात्य । फैसला भएको मिति:२०४२।३।२८।६ मा मोहियानी हक खरिद बिक्री गर्न वा दान दातव्यको रूपमा वा अरु किसिमले हक छोडाई लिन पाइने छैन भन्ने भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(क) मा व्यवस्था भई उक्त दफाको प्रतिबन्धात्मक वाक्यांशमा परापूर्व देखि बनाएको पक्की घर रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने व्यवस्था भएको देखिन्छ । (प्रकरण नं.१९) निवेदिका तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली उल्लेखित मुद्दा:X फैसला न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चसमक्ष पेश हुँदा मा.न्या.हरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. पिता चन्द्र बहादुरको नाममा दर्ता भएको का.जि.कमलपोखरी धोबीधाराको चोग्लेबु खेत रोपनी २।। मा बनाएको लम्बाई फुट २५।९ इन्च, चौडाई फुट ९।६ इन्चको घर बनाएको घरमा बसी कमाई कुत लिने गरी विपक्षी चक्रबहादुरलाई र पछि हरिरामलाई सालको धान मुरी ५।५ मा कमाउन दिएकोमा धनी हरिराम ऋणी चक्रबहादुर भई २००१।१२।२२ मा रजिष्ट्रेशन पास भएको राजीनामा र धनी सावित्रीदेवी ऋणी हरिराम भई रु. ७,९९५। को ०२१।१०।२६।२ मा राजीनामा पास भएको रहेछ । उक्त घर मेरो हकको हो, लिनु दिनु गरेको जति राजीनामा बदर गरिपाउँ भन्ने समेत कृष्ण बहादुरको फिरादपत्र । ३. वादीले ऐनको आधार र आफ्नो हक भएको कुरा खोल्न सकेको छैन । मेरो दाता हरिरामले चक्रबहादुरसँग लिएको थाहा पाएपछि त्यसलाई बदर गराउन सक्नु पर्दथ्यो । घरबारी जग्गा मोहीले बिक्री गर्दा घर समेत बिक्री गर्न पाउने हुँदा मैले खरिद गरेको हुँ । वादीको हक नहुँदा अ.बं. ८२ नं. र १८० नं. ले फिराद खारेज हुनु पर्दछ । लिखत बदर भए गरेका मितिले २ वर्षभित्र फिराद गर्नु पर्नेमा २००१ सालको लिखतलाई २०२७ सालमा उजूर गरेको र चक्रबहादुरले आफैं बनाई भोगी आएको घर हरिरामलाई र हरिरामले मलाई बिक्री गरेको हुँदा हक सदर गरिपाउँ भन्ने समेत सावित्री देवीको प्रतिउत्तर । ४. प्र.चक्रबहादुर र हरिरामले ०२७।९।२ मा तामेलभएको इतलायनामाको म्याद गुजारी प्रतिवाद नगरी बसेको । ५. लेनदेन व्यवहारको ४० नं. बमोजिम २ वर्ष भित्र फिराद गर्नु पर्नेमा सो नगरी २००१।१२।२२ र ०२१।१०।२६ को लिखत बदर गर्न सो म्याद नघाई फिराद गरेको देखिँदा खारेज हुने ठहर्छ भन्ने समेत का.जि.अ.को ०२८।३।६ को फैसला । ६. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी कृष्ण बहादुरको पुनरावेदन परेकोमा खारेज गरेको शुरू इन्साफ मनासिव छ भन्ने समेत बा.अं.अ.को ०२९।२।२२ को फैसला । ७. बक्स भई आएको हु.प्र.बमोजिम इन्साफ जाँच हुँदा खारेज गरेको मिलेन । अञ्चल अदालतबाट कानुन बमोजिम कारवाही गरी फैसला गर्नु भनी मिसिल पठाई दिने भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला । ८. मध्यम