निर्णय नं. २३२८ - उत्प्रेषणको रिट वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३२८ - उत्प्रेषणको रिट वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/२८ २१५५ निर्णय नं. २३२८ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४१ सालको रि.फु.नं. ४२ विषय : उत्प्रेषणको रिट वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । रिट निवेदक:पर्सा जिल्ला वीरगन्ज न.पं.वडा नं. ८ बस्ने हरि प्रसाद माडवारी । विरूद्ध विपक्षी :मालपोत कार्यालय पर्सा वीरगन्ज । नापी मेन्टेनेन्स शाखा पर्सा । पर्सा जिल्ला न.पं. वार्ड नं. ११ बस्ने प्रमोद कुमार अग्रवाल । आदेश भएको मिति:२०४२।३।२८।६ मा मालपोत ऐन, २०३४ ले यसरी हक बेहकको प्रश्न भएको विषयमा निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.१३) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः यस अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : २. विपक्षी प्रमोदकुमारलाई मेरो नामको वि.न.पं.वार्ड नं. २ सितलपुर छपकपदैयाको कि.नं. १८९ को ज.वि. २–१३–० मध्ये उत्तरतर्फबाट उत्तर दक्षिण २२८ फुट र पूर्व पश्चिम ३४३ फुट ८ इन्च जग्गा र पूर्व तर्फ उत्तर दक्षिण २२८ फुट र त्यसमा बनेको गोदाम समेत जग्गा विगहा १–५–० मिति ०३४।३।३१ गते हाल देखिको बकसपत्र गरिदिएको थिएँ । सो बमोजिम ०३५।८।२७ गते कित्ताकाट भई प्रमोदकुमारको नाउँमा कि.नं. ४१९ र मेरो कि.नं. ४२० दर्ता कायम हुन आयो। सो कि.नं. ४२० बाट कित्ताकाट हुँदा पद्मादेवीको कि.नं. ४७१ र मेरो कि.नं. ४७२ कायम भएको थियो । ०३८।४।१ गते कि.नं. ४७२ मध्ये उत्तरबाट कित्ताकाट भएको कि.नं. ५१८ मा पर्खाल लगाउँछु भनी प्रमोदकुमारले भन्दा कसरी यस्तो भयो भनी बुझ्दा मालपोत कार्यालयबाट ०३८।३।४ मा एउटा निर्णय पर्चा भएको रहेछ । त्यसमा विपक्षी प्रमोदकुमारको कि.नं. ४१९ मा जग्गा नपुग भएको भन्दै मेरो कि.नं. ४७२ बाट कित्ताकाट गरी ज.वि. ०–५–११ प्रमोदकुमारको नाममा कि.नं. ५१८ र बाँकी मेरो जग्गा कि.नं. ५१९ कायम गरिएका रहेछ । सो निर्णय उपर मेरो सर्वोच्च अदालतमा रिट निवेदन परी डिभिजन बेञ्चमा राय बाझी भई फुल बेञ्चबाट सो निर्णय बदर हुने ठहरी फैसला भयो र सो फैसला प्राप्त भएपछि कि.नं. ४७२ मेरा नाममा र कि.नं. ४१९ प्रमोदकुमारका नाममा कायम गरी कि.नं. ५१८ र कि.नं. ५१९ बदर भयो । फेरि मालपोत कार्यालयले मिति २०४०।३।२४ मा अर्को पर्चा गरी ०३८।३।४ को निर्णय कायम राख्ने गरी निर्णय भयो । ३. मालपोत कार्यालयको उक्त निर्णय त्रुटिपूर्ण छ । तेरो मेरो परिसकेपछि मालपोत कार्यालयलाई निर्णय गर्न अधिकार छैन । अर्कोतिर दान बकसको ५ नं. म्यादभित्र उजूर परेको छैन । मालपोत ऐन, ०३४ को दफा ७(३) र दफा ८ ले झगडा नपरेको जग्गाको सम्बन्धमा मालपोत कार्यालयले निर्णय गर्न सक्छ । उक्त निर्णय अ.बं. ३५ नं. समेतले बदरभागी छ । तसर्थ मालपोत कार्यालयको मिति २०४०।३।२४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्न