निर्णय नं. ५०९० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०९० - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/११/०१ ३५६९ निर्णय नं. ५०९० ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्व्त २०५० सालको रिट नं. २८२१ आदेश मिति:२०५१।११।१।२ विषय : उत्प्रेषण । निवेदक :केशर पोडेको छोरा जि. मकवानपुर चितलाङ गा.वि.स. वडा नं. ४ बस्ने वर्ष ५९ को दैवरत्न पोडे । जिल्ला मकवानपुर चितलाङ वडा नं. ४ बस्ने वर्ष २७ कौ रामचा पोडे । विरुद्ध प्रत्यर्थी :श्री मकवानपुर जिल्ला अदालत मुकाम जि. मकवानपुर हैटौंडा । श्री पुनरावेदन अदालत हेटौंडा मुकाम ऐ.ऐ. । श्री मकवानपुर जिल्ला अदालतको तामेल्दार विनोद ढकाल । केशर सिंहको छोरा जि.म. चितलाङ गा.वि.स. वडानं. ४ बस्ने अष्टमान पोडे जि.मकवानपुर चितलाङ गा.वि.स. वडा नं. ४ बस्ने सुकमान पोडे । ऐ. ऐ. बस्ने कालबहादुर पोडे । ऐ ऐ बस्ने ऐ ऐ वडा नं. ४ को वडा सदस्य पद्य बहादुर गमाल । किर्ते मुद्दा र लिखत नामसारी दर्ता बदर समेत दुई मुद्दाको म्याद एकै दिन एकै मितिमा तामेल भई किर्ते मुद्दामा सो म्यादको आधारमा निदेवकको प्रतिउत्तर परी कारवाही भैरहेको कुरामा विवाद छैन । एकै मितिमा दुवै मुद्दामा म्याद तामेल भएकोमा एउटा मुद्दामा प्रतिउत्तर फिराइ अर्को मुद्दाको म्यादको सम्बन्धमा जानकारी पाइन भन्ने रिट निवेदकको भनाई तर्कपूर्ण नदेखिने। (प्र.नं. १२) निवेदकको नाउँको तामेली म्याद रितपूर्वकको देखिंदा कानून बमोजिम गर्नु भन्ने शुरु जि.अ. को आदेश उपर अ.वं. १७ नं. को निवेदन दिई पु.वे.अ.बाट समेत मुद्दाको रोहबाट उक्त जिल्ला अदालतको आदेश सदर गरेपछि प्रस्तुत रिट निवेदन परेको देखिएको हुँदा रिट निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. १२) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री अर्जुन प्रसाद लम्साल प्रत्यर्थी तर्फबाट:विद्वान उपसरकारी अधिवक्ता श्री दिनेशहरी अधिकारी,विद्वान अधिवक्ता पवन कुमार ओझा अवलम्बित नजीरःX आदेश न्या. मोहन प्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. प्रत्यर्थी अष्टमान पोडेबाट निजको नाम दर्ताको सो रे.नं. ११८ र ५२६ को माटो मुरी १५ भै हाल निजकै नाममा नाप नक्सा भई सर्भे कि.नं. ३३५ मा क्षेत्रफल ज.रो. २–८–३–० कायम भएको जग्गा मिति २०३३।१०।९ मा रु. ९९ को घरसारको राजिनामाबाट हक छाडी मलाई दिनु भए अनुरुप जिम्माबालबाट नामासारी गराई मेरो एकलौटी हकभोग चलन भई आएकोमा विपक्षीले मेरो सम्पत्ति खाने कुभावना लिई म उपर मकवानपुर जिल्ला अदालतमा फौ.नं. १५४ मा किर्ते मुद्दामा र दे.नं. ३३७ मा लेखत दर्ता बदर जग्गा खिचोला मुद्दा दायर गरी मेरो नाउँमा ०४९।११।२८ मा बेरितबाट समाव्हान एवं इतलायनामा तामेल गराउनु भएछ । म आफ्नो परिवार सहित काठमाडौं बस्ने भएकोले म्याद तामेली भएको अवस्थामा म उपस्थित थिइन । फौ.नं. ०५४ को किर्ते मुद्दामा प्र. सुकमान पोडे समेत अब ४ जना प्रतिवादी भएको कारण हल्ला भै म्याद तामेल बारे थाहा पाएको हुँदा सो किर्तेतर्फ प्रतिवाद गरे । दे.नं. ३३० को मुद्दामा म्याद तामेलीबारे कुनै जानकारी नभएको र म्याद तथा फिरादको नक्कल प्राप्त नभएबाट मैले प्रतिवादीको मौका पाइन । किर्तेमुद्दा पेशी चढेको बखत दे.नं. ३३० को मुद्दा पनि साथै पेशी चढेको हुँदा मुद्दा दायर भएको रहेछ भन्ने जानकारी पाए । उक्त दे.नं. ३३० को तामेली वेरितपूर्ण देखि सो म्याद बदर गरी प