निर्णय नं. ५०९१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०९१ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/०७/२२ २६४५ निर्णय नं. ५०९१ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०५० सालको रिट नं. २८४८ आदेश मिति २०५१।७।२२।३ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पा. वडानं. ७ चावहिल बस्ने कृष्ण प्रसाद अधिकारी । विरुद्ध विपक्षी :श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय निजामती किताबखाना । श्री ५ को सरकार, वन तथा भू संरक्षण मन्त्रालय । श्री वन विभाग । श्री ५ को सरकार, अर्थ मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय कोशी तोषाखाना। निजामती कितावखानामा बाट निवेदकको निवेदन पर्दा मिति २०४९।१२।२ मा निवेदन अनुसार नै पछि हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको मिति १९९८।१०।१ लाई कायम गरी संशोधन भएको देखिन्छ । तर पनि निजामती कर्मचारीले नोकरीमा प्रवेश गर्दा भरेको सिटरोल फाराम निजामती किताबखाना रहने प्रमुख अभिलेख हो र त्यसमा शुरुमा लेखाएको जन्म मिति लगायतको व्यहोरा, साधारण तः फरक पर्ने अवस्था हुँदैन । नोकरीमा प्रवेश गर्दा जन्म मिति लेखाएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र पेश नगरेकोमा त सोही सिटरोल फाराममा लेखिएको व्यहोरा तथा जन्म म ति नै एक मात्र आधार हुने कुरामा कुनै सन्देह नरहने। (प्र.नं. ८) नोकरीमा प्रवेश गर्दा हासिल गरेको त्यस्तो कुनै शैक्षिक योग्यताको प्रमाणपत्र तत्काल पेश नभएको अवस्थामा पछि प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति नवृत्तभरण समेतको प्रयोजनको लागि आधार हुन सक्ने अवस्था देखिन नआउने । (प्र.नं. ८) निजामती किताबखानाबाट मिति २०४९।१२।२ मा निवेदककै निवेदन अनुसार जन्म मिति १९९८।१०।१ संशोधन गरिएको र सो संशोधन हुनु भन्दा अघि लागू भै रहेको मिति २०३८।२।१४ तथा मिति २०३८।४।२६ को प्रशासन व्यवस्था विभागको परिपत्र अनुरुप नहुँदा निजामती किताबखानाबाट निवेदकले नोकरीमा प्रवेश गर्दा आफ्नो सिटरोलमा लेखाएको जन्ममितिलाई नै कायम गरेको भएबाट निवेदकले निजामती सेवा ऐन, २०४९ बमोजिमको सुविधाबाट वंचित हुने भन्ने अवस्थै नदेखिने । (प्र.नं. ८) निवेदकले नोकरीमा प्रवेश गर्दा भरेको सिटरोलमा लेखाएको जन्ममितिलाई नै निजामती किताबखानाबाट मान्यता दिई आएकोमा कुनै विवाद छैन र निवेदकले नै दिएको निवेदन अनुसार पछि संशोधन गरिएको भए तापनि सो संशोधन हुनु भन्दा अघि देखि ऐन नियम सरह नै लागू भई रहेको निर्णय परिपत्रबाट सो संशोधित जन्ममिति स्वतः कायम रहन सक्ने अवस्था नै नहुँदा आफ्नो अघिल्लो निर्णयलाई आफैले अमान्य गरेको भन्न मिल्ने स्थिति देखिन नआएकोले निवेदकको माग अनुसार रिट जारी गर्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल । विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठ । अवलम्बित नजीरःX आदेश न्या. अरविन्दनाथ आचार्यः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. म रिट निवेदक कृष्ण प्रसाद अधिकारी मिति २०२०।५।२५ मा निजामती सेवामा प्रवेश गरी रेन्जर पदबाट मिति २०५०।२।२५ मा तीस वर्षको सेवा अवधि पूरा भै निजामती सेवा ऐन, २०४९ को दफा ३३ (१) बमोजिम अवकाश प्राप्त कर्मचारी हुँ । मेरो जन्म मिति १९९८।१०।१ हुनुपर्नेमा १९९२।२।१ कायम गरिएकोले उक्त जन्म मिति १९९८।१०।१ कायम गरी पाउँ भनी श्री