निर्णय नं. ५०९२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०९२ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०१/११ २२६८ निर्णय नं. ५०९२ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य २०५१ सालको रिट नं. ३५२९ आदेश मिति:२०५२।१।११।२ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पा. वडा नं. २५ बस्ने वर्ष ७३ की चन्द्रमाया श्रेष्ठ । विरुद्ध विपक्षी :काठमाडौं नगरपालिका कार्यालय । का.न.पा. प्रमुख प्रेमलाल सिंह । का.न.पा. वडानं. २५ बस्ने पदमरत्न शाक्य । ऐ ऐ बस्ने धर्मरत्न शाक्य । ऐ ऐ बस्ने धनरत्न शाक्य । सर्वे नापी हुनु पूर्व भएको जग्गाको क्षेत्रफलमा परिवर्तन भई दर्ता भएको भए निवेदकले सोलाई बदर गराउनुपर्ने । (प्र.नं. ८) कि.नं. २०८ को जग्गाको दर्ता कायम रहेसम्म सो भन्दा पूर्वको अवस्थालाई लिई निवेदकको जग्गा कायम गर्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाट :- विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानाङ्ग । विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री बोर्ण वहादुर कार्की । अवलम्बित नजीरःX आदेश न्या. केशव प्रसाद उपाध्याय: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः– २. पदमरत्न शाक्य समेत ३ ले नयाँ सडकको कि.नं. २०८ को क्षेत्रफल ०–०–३–२ जग्गामा दक्षिण मोहडा गरी साइड प्लानमा देखाइएको ठाउँमा ५ तले ६ कोठा मुण्डा गरी प्रेशित नक्सा बमोजिम घर बनाउन पाउँ भनी का.न.पा. मा दिएको निवेदन उपर म पश्चिमतर्फको संधियारले मेरो जग्गा मिची घर निर्माण गर्न पाउने होइन भनी सबुद प्रमाण साथ नक्सा पास नहोस् भनी उजुरी दिएका थियौं । का.न.पा.ले मिति २०५०।१२।१६ मा मलाई रोहवरमा नै नराखी नक्सा पास गर्ने फैसला भएको रहेछ । मेरो कि.नं. २०७ को पूर्वतर्फ रहेको २’५” खाली जग्गामा बनाएको इनार समेत मिची विपक्षीले नक्सा दरखास्त दिएको हुँदा मेरो जग्गामा पर्ने गरी अधिकार विहिन व्यक्तिले घर निर्माण गर्नको लागि कदापि नक्सा पास गर्न सक्ने होइन । तेरो मेरो विवादमा अदालतबाट ठहरे बमोजिम हुने गरी बाँकी निर्विवाद जग्गामा मात्र घर बनाउन पाउने न.पा. ऐन, २०४८ को दफा ५७(३) को व्यवस्था विपरित का.न.पा. को मिति २०५०।१२।२६ को फैसलाबाट नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ एवं धारा १७(१) द्वारा प्रदत्त मौलिक हकमा कुण्ठा एवं आघात पर्न गएकोले उत्प्रेषण लगायत अन्य जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी कुण्ठित हक प्रचलन गरी पाउँ । साथै प्रस्तुत निवेदनको अन्तिम किनारा नभएसम्म विवादित स्थानमा कुनै निर्माण कार्य नगर्नु नगराउनु भनी प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत रिट निवेदन रहेछ । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटोका म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरुलाई सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको मिति २०५१।२।१५ को आदेश । ४. हामी समेतको कि.नं. २०८ र विपक्षी निवेदकको कि.नं. २०७ को जग्गा २०३४ सालमा नाप नक्सा भएको र ज.ध.प्र.पूर्जा लिएका छौं । सो नक्सा अनुसार कायम भएको विपक्षीको कि.नं. २०७ भित्र हाल निजले दावी गरेको जग्गा पर्दैन । सो जग्गा म समेतको कि.नं. २०८ दिन भित्र पर्दछ । यदि विपक्षीको जग्गा हाम्रो जग्गामा घुसेको भए ऐनका म्या