निर्णय नं. ४७६१ - जग्गा हक सफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७६१ - जग्गा हक सफा भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०३/२२ २५९३ निर्णय नं. ४७६१ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत २०४९ सालको दे.पु.नं. ५०० फैसला मिति: २०५०।३।२२।३ पुनरावेदक/प्रतिवादी: जिल्ला खोटाङ राजापानी गा.पं. हाल परिवर्तित गा.वि.स. वडा नं. ३ बस्ने मिश्रमाया कार्की । विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने ललित बहादुर कार्की । मुद्दा : जग्गा हक सफा । (१) लेनदेन व्यवहारको ११ नं. को व्यवस्था हेर्दा कसैले आफ्नो हक पुग्ने अचल सम्पत्ति विक्री गरेकोमा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जुरी दिने बाहेक सो विक्री भएको सम्पत्ति सन्धीसर्पन परेको निजको ऐन बमोजिमको कुनै हकवालाले निखनी लिन चाहेमा सो किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिनासम्ममा थाहा पाएको पैंतीस दिन भित्र निखनी लिन पाउँछ भन्ने समेत व्यवस्था भएको पाइन्छ । यसबाट किने बेचेको लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना भित्र निखनी लिन चाहनेले थाहा पाएको हुनुपर्ने स्पष्ट देखिन्छ । थाहा पाउने कार्य रजिष्ट्रेशन पास भएको लिखतको नक्कल सारी लिएकोबाट मात्र हुने नभई थाहा पाएको कार्य अन्य जरिया, कारणबाट पनि हुन सक्ने उक्त कानूनी व्यवस्थाबाट देखिन्छ । अन्य जरिया कारणबाट थाहा हुन नसकेकोमा रजिष्टे«शन भएको लिखतका नक्कल सारी लिएकोबाट थाहा पाउने कारण मध्ये एक हुन सक्तछ । उक्त कानूनी प्रावधानले थाहा पाउन नक्कल सारी थाहा पाउने भनी थाहा पाउने अन्य जरिया कारणलाई सीमित गर्न नमिल्ने । (प्र.नं. १२) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री रामजी विष्ट फैसला न्या. केशव प्रसाद उपाध्याय १. पुनरावेदन अदालत राजविराजको मुकाम ओखलढुंगा बेन्चको मिति २०४६।७।५ को फैसला उपर पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरा ३ पुस्ता भित्रका भाई नाता पर्ने पे्रम बहादुर कार्की हुन् निजको दर्ताको राजापानी गा.पं. वडानं. ७ मा पर्ने कि.नं. ८१४ को जग्गा विपक्षी मिश्रमायाले मिति ०४६।१।५ गते यसै मालपोत कार्यालयबाट पारित गरी लिएछन उक्त जग्गाको पूर्वपट्टि मेरो कि.नं. ८१३ र पश्चिम पट्टी कि.नं. ८१६ उत्तर तर्फ कि.नं. ८१२ को जग्गा मेरो दर्ताका हुन उक्त जग्गामा वस्तु लान पानी खुवाउन चराउन लाने समेत समेत सोही कि.नं. ८१४ बाटै लान ल्याउन पर्ने मलाई नभै नहुने हुँदा विक्री गर्न भएन सन्धी सर्पन पर्ने हकवाला पनि हुँ मलाई नै देउँ भन्दा हुन्छ भनेका थिए जग्गा मलाई सन्धीसर्पन पर्ने थाहा हुँदा हुँदै पे्रम बहादुर दिने र मिश्रमाया लिने भै रु. २०,००० मा यसै मालपोत कार्यालयबाट २०४६।१।५ गते पारित गरी लिनुदिनु गरेछन सो कुरा मलाई थाहा थिएन । ०४६।६।२८ गते उक्त खेतको डिलमा विपक्षीका परिवार घाँस काट्ने गरेका देखि मेरा भाई प्रेम बहादुरको जग्गामा किन घाँस काटेको भनी सोधनी गर्दा उक्त जग्गा प्रेम बहादुरबाट राजिनामा गरी लिएको छु भनी भनेकाले उक्त कि.नं. ८१४ को जग्गा म सन्धीसर्पत पर्ने हकवाला हुँ । थैली देखाई हक सफा गर्न दिनुहोस् भन्दा थैली बुझी हक सफा गरी दिन मन्जुर छैन जो गर्नुपर्छ गर भनी जवाफ दिएकाले ०४६।७।६ गते यसै कार्यालयबाट नक्कल सारी लिई थाहा पाएको मिति ०४६।६।२८ गतेबाट ६ महिना भित्र थैली रु. २०,००० र पारित दस्तुर रु. १४०० समेत रु. २१,४०० धरौट राख्नलाई लगाएको छु हक निखनाई पाउँ भन्ने मिति ०४६।७।१० को उजुरी रहेछ । ३. वादी दावीको राजाप