निर्णय नं. २३३० - खिचोला हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३३० - खिचोला हक कायम भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०२/३२ २१४० निर्णय नं. २३३० ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.फु.नं. ६६ मुद्दा : खिचोला हक कायम । निवेदक/प्रतिवादी:जि.काठमाडौं,का.न.पं.वडा नं. ३० ज्याठा टोल बस्ने भैरवदास प्रधान । विरूद्ध विपक्षी/वादी:ऐ.ऐ. वडा नं. १७ ठहिटी बस्ने रत्नमाया शाक्य । ऐ.ऐ बस्ने द्वारिका दास श्रेष्ठ । फैसला भएको मिति:२०४२।२।३२।६ मा वादी रोहवरमा रही भएको सरजमीन व्यहोराबाट मात्र वादीलाई प्रतिवादीले खिचोला गरेको थाहा भएको मान्नु पर्ने । (प्रकरण नं.१४) निवेदक प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षी वादी तर्फवाट:विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी उल्लेखित मुद्दाःX फैसला न्या.त्रिलोक प्रताप राणाः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट ०३९।५।२० मा किनारा भएको बिन्तिपत्रमा लेखिएको खिचोला हक कायम मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट मुद्दा दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. का.जि.महाराजगञ्ज बस्ने भगवानदाश १, विष्णुदाश १, कृष्णदाश श्रेष्ठ १ समेतबाट रु. २०,०००। मा.का.न.पं. वार्ड नं. १८ अन्तर्गत तलाक्षी ज्याठा खा बहाल पूर्व लक्ष्मीनाराण र सूर्यबहादुरको घर पश्चिम तुयु कुस्लेको हाल भत्ती पाताल र लक्ष्मीभक्तको हाल रत्न बहादुरको घर जग्गा उत्तर खा बहाल र विपक्षी भैरव दाशको घर दक्षिण साझा चोक यति ४ किल्ला भित्रको सोवासी ब्लक नं. ११।४५१ को उत्तर मोहडा पूर्व पश्चिम लम्बाई फिट १० को २ नाले २।। कवले ४ तले जस्ताको छाना भएको घर भत्की हाल २ तलेसम्म बाँकी भई चर्की भत्किएको घर सो घरसँगै पश्चिम पट्टिको दाताहरूको बाबु बाजे दुर्गादाशले तत्कालिन काठमाडौं रजिष्ट्रेशन मार्फत १९८४।६।९ मा जगतकुमारीसँग फार्छे रजिष्ट्रेशन पास गराई लिई राख्नु भएको वहाँ परलोक भई दाताहरूको हक भएको उत्तर दक्षिण हात १।। पूर्व पश्चिम हात १५ को पाताल घर समेत पूर्व पश्चिम फिट २५–३ उत्तर दक्षिण फिट २९ को पाताल र सो पातालसँगै दक्षिणतर्फको निज स्वर्गीय दुर्गादाशले काठमाडौं रजिष्ट्रेशन अड्डा मार्फत १९८४।१।६।५ मा लतसिं महर्जनसँग पास गराई लिई हक भएको २ नाले २।। कवले ४ तले हाल भत्किई पाताल भएको उत्तर दक्षिण लम्बाई फिट १४, ७ पूर्व पश्चिम चौडा फिट ९–४ को पाताल समेतको घर र सो घर पातालबाट चर्चेको लगापात समेत २०२९।११।२३।३ मा भूमिप्रशासन कार्यालय मार्फत काठमाडौंमा फार्छे राजीनामा रजिष्ट्रशन पास गराई लिई हाम्रो हक भएको, सो घर भत्किई पाताल भई रहेको जग्गामा घर बनाउन नक्सा दर्खास्त पेश गर्दा विपक्षी भैरवदाशले कुनियत चिताई बन्ने घरको पश्चिम पट्टि आजसम्म तरकारी रोपी भोगचलन गरिआएको उक्त दक्षिण लम्बाई फिट २६–६ पूर्व पश्चिम चौडाई फिट १३ आफ्नो जग्गा हो भन्ने झुठ्ठा व्यहोराको उजूरी दिनु भएको र २०३०।११।१ गतेका दिन आई जग्गा मेरो हो भनी हक खिचोला गर्नु भएको ०३२।५।१८।४ मा न.पं. नक्सा मुद्दा फाँटले फैसला सुनाई सो जग्गाम