निर्णय नं. ५०९४ - डांका, ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०९४ - डांका, ज्यान मार्ने उद्योग भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५१/१२/२९ २५३१ निर्णय नं. ५०९४ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्व्त २०५१ सालको फौ.पु.नं. ९०१ फैसला मिति:२०५१।१२।२९।४ मुद्दा : डांका, ज्यान मार्ने उद्योग । पुनरावेदक/प्रतिवादी:जिल्ला वैतडी वासुलिङ्ग गा.पं. वडा नं. ९ हाल कारागार बैतडीमा थुनामा रहेको नारद सिंह ऐरी । विरुद्ध प्रत्यर्थी/वादी:रण बहादुरको चन्दको जाहेरीले श्री ५ को सरकार । शुद्ध ज्यान मार्ने उद्योग मात्र नभई डाँका समेतको बारदात भएको, सोही वारदातको सिलसिलामा ज्यान मार्ने उद्योगको घटना घटेको भन्ने पाइन्छ । डांका भएको नदेखिएपछि ज्यान मार्ने उद्योग ठहर्नका लागि प्रतिवादीले हानेको गोली लाग्ने भनिएको नैन बहादुर चन्दसँग रिसइवी नभएको अवस्थामा रण बहादुरसँग रिसइवी भएको भनी रिसइवी नभएका मानिसलाई रिस इवी साधनार्थ ज्यान मार्नका लागि गोली प्रहार गरेको भन्ने कुरा ज्यान मार्ने उद्योगको लाक्षणिक चरित्रसँग मेल खाने देखिन नआउने । (प्र.नं. ३१) मारौं भन्ने मनसाय लिई यस मानिसलाई नै हान्छु भनी गोली चलाएको अवस्थामा ज्यान मार्ने उद्योग नै हुन्छ । (प्र.नं. ३१) रण बहादुर सम्झेर गोली हान्दा नैन बहादुर चन्दलाई लागेको भन्ने भनाई ज्यान मार्ने उद्योगको अपराधको विशिष्टताले गर्दा स्वीकार्य हुन सक्ने नदेखिने । (प्र.नं. ३१) ज्यान मुद्दामा उजुर परी सकेपछि प्रतिवादीले ६ दिन पछि रिसइवी परे भनेको बाहेकको मानिसलाई रातको बखत सुतेको अवस्थामा कुमको भागमा मात्र छरसिम्म लाग्ने गरी मार्ने सम्मको कार्य गरेको भन्ने कुराको ठोस, प्रत्यक्ष एवं निश्चयात्मक प्रमाणका अभावमा मुख्य ज्यान मुद्दामा सफाई पाई सकेको अवस्थामा कसूरदार ठहराउन नमिल्ने । (प्र.नं. ३१) पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा । प्रत्यर्थी वादी तर्फबाट:विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजी प्रसाद त्रिपाठी । अवलम्बित नजीरःX फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः तत्कालिन सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा परेको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा तत्कालिन न्याय प्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५) अन्तर्गत पुनरावेदन गर्न अनुमति प्रदान भएको प्रस्तुत मुद्दा यसै अदालतको अधिकार क्षेत्र भित्रको हुँदा उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. समेतलाई २०४३।१२।२४ गते गस्ती गर्न खटाई पठाएकोमा सोही राती वासुलिङ्ग गा.पं. वडानं. ७ बस्ने नैन बहादुर चन्दको घरमा अपरिचित्त मानिसहरुले गोली हानी नैन बहादुर चन्दलाई घाइते पारी नगद धनमाल लगेको बुझिएको भन्ने समेत व्यहोराको प्र.ज. रामसिंह साउदको मिति २०४३।१२।२५ को प्रतिवेदन । ०४३।१२।२४ गते राती अपरिचित मानिसहरु आई दाजु नैन बहादुर चन्दलाई ज्यान मार्ने उद्योगले फायर गरी धनमाल डाँका गरी लगेको खबर पाई घरमा जाँदा घाइते दाजु नैन बहादुरलाई सोध्दा डुगरी नारद सिंह ऐरी र हरजित सिंह ऐरीलाई बोलीबाट चिने अरु चिन्न सकिन मेरो घरबाट समेत गरी विगो रु. १३३,९६०। को धनमाल लगेकोर घाइतेलाई उपचार गराउन पिथोरागढ लगेको हुँ भन्ने समेत व्यहोराको मिति २०४३।१२।२७ को रण बहादुर चन्दको जाहेरी । ३. नैन बहादुरको घर जाने मुल ढोकाको पश्चिम पट्टी ५ वटा छर्रा लागेको दक्षिण ढोका खोलिएको घर उत्तर पट्टिको झ्यालमा पुग्ने गरी २