निर्णय नं. २३३१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३३१ - ज्यान भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/०७ २३४७ निर्णय नं. २३३१ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४१ सालको फौ.पु.नं. ५८३ मुद्दा : ज्यान । पुनरावेदक/वादी:बागमल सिंहको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:बझाङ स्यूदराबाँझ गा.पं. अन्तर्गत सुदाहा बस्ने राम बहादुर मल्ल । ऐ.ऐ बागला बस्ने गाबडे भनेको गोर बहादुर मल्ल । फैसला भएको मिति :२०४२।३।७।६ मा कर्तव्य गरी मारेको हो भन्न सकिने ठोस र स्वतन्त्र सबुद प्रमाणको अभावमा केवल शंकाको भरमा मात्र दोषी ठहर्‍याई सजायँ गर्न मिलेन । (प्रकरण नं.२९) फैसला प्र.न्या.नयन बहादुर खत्रीः सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. ०३५ साल भाद्र १० गते राति बाँझ गा.पं.सुदाडा बस्ने वर्ष ३२ को बिर्मादेवी मल्लको घरमा आग लागी हुनाको साथै निजको घर खलामा मालु भेला गा.पं. सिरेंटा बस्ने वर्ष २८ को कृति सिंहलाई नमालुम कसले हो खुकुरीले काटी मारेको लाश देखियो । घर धनी विर्मादेवी मल्ल घरमा नहुँदा निजको खोजतलास र मृतक कृति सिंहको लाश जाँच गरिपाउँ भन्ने समेत व्यहोराको प्र.पं.मोहनबहादुर मल्लको ०३५।७।११ को जाहेरी दर्खास्त । ३. मृतक कृति सिंहको टाउकामा गलामा अनुहारमा गर्दनमा समेत धारिलो हतियारले काटे जस्तो घाउहरू छन् भनी ०३५।७।१८ मा भएको लाश प्रकृति मुचुल्का । ४. ०३५ साल भाद्र महिनामा सुनको तिलहरी समेतको धनमाल चोरी गरिलिएको रिसइवीले मृतक विर्मादेवीले कर्तव्य गरी मारी सम्पत्ति खाने मेरो सन्तान कोही छैनन् त्यसैले यो घरमा आगो लगाई आफू अन्यत्र आत्महत्या गरी मर्नु निको भन्ने ठानी घरमा आगो लगाई आफू आत्महत्या गरी कलंगा नदीमा मरेकोमा पूर्ण विश्वास छ आवश्यक कार्यवाही गरिपाउँ भन्ने व्यहोराको डम्बर मल्लले डोर समक्ष दिएको दर्खास्त । ५. मृतक विर्मादेवीको बीच निधारमा सानु कोरिएको छ शरीरमा अरु निलडाम केही छैन अरु घाखतको सम्बन्धमा लाश ओल्टाई पल्टाई गर्न नहुने हुँदा भन्न सक्दैनौं भन्ने व्यहोराको ०३५।७।२ र मृतक विर्मादेवीको बीच निधारमा सानु कोरिएको छ मृतक लाश घोप्टो पारी पिठ्यूमा थिची हेर्दा मुखबाट पानी निस्किएको र भगमा बालुवा र सेतो छ भन्ने समेतको व्यहोराको ०३५ कार्तिक १८ को लाश जाँच मुचुल्का । ६. लाशकोप्रकृति हेर्दा कृति सिंहलाई मृतक विर्मादेवीले कर्तव्य गरी मारी निज आफैंले घरमा आगो लगाई कलंगा नदीमा गई हाम फाली आत्महत्या गरी मरेको ठहर्‍याएको छु पहिले हडबडले गर्दा जाहेरीमा उल्लेख गर्न सकेन् भन्ने समेत व्यहोराको प्र.पं.मोहनबहादुर मल्लको ०३५।७।१८ यो सनाखत कागज । ७. मेरो छोरा कृति सिंह र विर्मादेवीलाई कर्तव्य गरी मार्नु पर्नेसम्मको इवी अदावत भएको मानिस कोही थिएन त्यस्तो भएकोले मेरो छोरा कृति सिंहलाई मृतक विर्मादेवीले कर्तव्य गरी मारी घरमा आगो लगाई आफू कलंगा नदीमा गई हाम फाली आत्महत्या गरी मरेको हुनपर्दछ भन्ने समेत व्यहोराको मृतक कृति सिंहका बाबु बागमल सिंको ०३५।७।२१ को बयान कागज । ८. मृतक कृति सिंहलाई विर्मादेवी मल्लले कर्तव्य गरी मारी निजले आफ्नो घरमा आगो लगाई आफू नजिक कलंगा नदीमा गई आत्महत्या गरी मरेको पूर्ण विश्वास लाग्छ र निजहरूलाई अरु कसैले कर्तव्य गरी मारे होला भन्न सक्दैनौं भन्ने व्यहोरा