निर्णय नं. २३३२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३३२ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/३१ १९३४ निर्णय नं. २३३२ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.सा.नं. १६८ मुद्दा : कर्तव्य ज्यान । वादी:कर्ण बहादुर श्रेष्ठको प्रतिवेदनले श्री ५ को सरकार । विरूद्ध प्रतिवादी:जि.सुनसरी मध्य हर्साही हाल चिमडी गा.पं.वार्ड नं. १ बस्ने चुलाईपाला गडेरी । फैसला भएको मिति :२०४२।३।३१।२ मा कर्तव्य गर्दाको परिस्थितिलाई विचार गर्दा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को सजायँ हुन जाने । (प्रकरण नं.१४) फैसला प्र.न्या.नयन बहादुर खत्रीः पूर्वान्चल क्षेत्रीय अदालत धनकुटाले मिति ०४१।१२।२१।४ मा गरेको फैसला मुलुकी ऐन अ.बं. १८६ नं. तथा न्याय प्रशासन सुधार ऐनको दफा १४(१) अनुसार साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. चीमडी गा.पं.वा.नं. १ बस्ने चुलाई पाल गडेरीको श्रीमती मरिरहेको छ भनी गोठालाहरूबाट खबर प्राप्त भएकोले तत्कालै गई हेर्दा निजकै सारी फाल्टु सेतो कपडाको टुक्राले घाँटीमा बाँधिएको जस्तो भई कर्तव्यमा शंका लागी निजको लोग्नेलाई खोज तलास गर्दा भागी सकेकोले निजले कर्तव्य गरी मारेको शंका लागी लाश सुरक्षित राखी प्रतिवेदन गरेको छु भन्ने कर्ण बहादुर श्रेष्ठको ०३९।१।१४ को प्रतिवेदन । ३. लाश पूर्व टाउको पश्चिम खुट्टा भई घोप्टो परी मुख जमीनतर्फ भई निधारले टेकेको मलद्वारबाट केही ननिस्केको योनीबाट रगत निस्की जमीनमा झरेको अरु पदार्थ नदेखिएको लगाएको सारीको फेरले पछाडि घुचुकबाट छिराई घाँटीमा कसी सो को गाठो अगाडि च्यापू मुनि परेको सो मुनि छुट्टै सेतो कपडाले डोरी जस्तो बनाई कसेको गाँठो अगाडि परेको भन्ने समेत ०३९।१।१५।५ को लाश प्रकृति मुचुल्का । ४. लाश ज्यादै सडी गली सकेकोले मृत्युको कारण दिन नसकिने भन्ने लाश पोष्टमार्टम रिपोर्ट । ५. ०३९।१।११ गते साँझ ८ बजेतिर हामी दुवै जना देवानगञ्ज हाटबाट फर्की खोला देखि नै झगडा भई घटनास्थलमा पुगेपछि श्रीमती शुकमायाले लगाई राखेको आचरा र गमची समेत खोसी घाँटीमा बाँधी मारी सकेपछि भागेको हुँ, म बाहेक अरु कसैको सहमति छैन भन्ने प्रतिवादी चुलाई गडेरीको प्रहरीमा बयान । ६. मृतकको लोग्ने फरार हुनु र हाल निजको मुख सावित हुनुको कारण समेतबाट निजले नै मारेका कुरामा विश्वास लाग्छ भन्ने जनकलाल चौधरी समेतको मिति ०३९।७।१४।४ को सरजमीन मुचुल्का । ७. चुलाई पाल गडेरीले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. प्रतिकूल कसूर गरी आफ्नै श्रीमतीलाई मारेको सिद्ध हुन आएको हुँदा ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने समेत मिति ०३९।७।१९ को प्रहरी प्रतिवेदन । ८. मेरी श्रीमती शुकमतीदेवीलाई ०३९।१।१४ वा १५ कुन दिन हो मैले घाँटीमा लुगा बाँधी मारेको हो । मार्नुपर्ने कारण निज श्रीमतीको अरुसँग अनुचित सम्बन्ध रहेकोमा शंका लागेको र मेरो भनाईमा नहिँड्ने भएकोले हो भन्ने समेत मिति ०३९।७।२१ मा प्रतिवादी चुलाई पाल गडेरीको अदालतमा बयान । ९. प्रतिवादी चुलाई पाल गडेरीले प्रहरीमा गरेको बयान खुशीराजीले गरेको हुँ भनी अदालतमा पनि सावित भएकोले शुकमायालाई निजले कर्तव्य गरी मारेको ठहर्छ । १०. निजले मानुपर्नाको कारणमा विचार गर्दा सर्वस्वसहित जन्मकैदको सजायँ चर्को पर्ने जस्तो चित्तमा लागेकोले मुलुकी ऐन अ.बं. १