निर्णय नं. ५०९५ - उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०९५ - उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०५२/०१/११ २६१६ निर्णय नं. ५०९५ ने.का.प. २०५२ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०५१ सालको रिट नं. ३४५६ आदेश मिति:२०५२।१।११।२ विषय : उत्प्रेषणयुक्त प्रतिषेध वा उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं । निवेदक :नवलपरासी जिल्ला पञ्चनगर गा.वि.स. वडा नं. २ बस्ने कृष्ण प्रसाद मिश्र समेत। ऐ.ऐ वडा नं. १ बस्ने गगन बहादुर स्याङजाली मगर । विरुद्ध विपक्षी :श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबार । ग्रामिण आवास तथा वस्ती विकास कम्पनी,पुल्चोक ल.पु. । ग्रामिण आवास तथा वस्ती विकास कम्पनी योजना कार्यालय धनेवा,नवलपरासी । शर्त विपरित भएपछि शर्त विपरित कार्य गर्नेको सो हदसम्म शर्ताधिन हक समाप्त भएको मान्नुपर्ने । (प्र.नं. ८) हक पक्का भैसकेकोले मात्र रजिष्ट्रेशनको ६ नं. अनुसार पर्दछ । रजिष्ट्रेशनको ६ नं.मा हक पक्का भैसकेका व्यक्ति व्यक्तिका बीच हक स्थानान्तरण हुने विषय पर्न आउने । (प्र.नं. ९) आफूले छोडपत्र गरी दिने आफैले त्यस्तो छोडपत्र बमोजिम दर्ता नहुने भन्ने दोहोरो लाभ उठाउने प्रयास गरेको देखिंदा रिट क्षेत्रबाट समन्यायिक उपचार प्रदान गर्न उपयुक्त नहु“दा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री यादव खरेल,विद्वान अधिवक्ता श्री मुकुन्द राज श्रेष्ठ विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधिवक्ता श्री नन्द बहादुर सुवेदी अवलम्बित नजीरःX आदेश न्या. लक्ष्मण प्रसाद अर्यालःनेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तगर्त पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. हामी निवेदकहरुले तत्कालिन पुनर्वास कम्पनीबाट नवलपरासी जिल्लाको भानुनगर भूताहामा जग्गा प्राप्त गरी घरवासको साथै प्राप्त जग्गामा खेती गरी जीवन यापन गरी आएका छौं र कसैले बैंकमा धितो राखी कृषि ऋण लिई कुनैले साहुबाट कर्जा लिई व्यवहार चलाई मलजलको व्यवस्थ गरी उब्जनी गरी उब्जनी वृद्धि गराउने कार्यमा पनि संलग्न रही आएका छौं । उक्त जग्गा प्राप्त मितिबाट १ वर्षसम्म बेचविखत दानखातव्य हस्तान्तरण गर्न नपाउने शर्त रहेको छ र कम्पनीलाई बुझाउने पर्ने किस्ता बुझाई भोगचलन गरी आएकोमा एकाएक मिति ०५०।१२।२८ मा ग्रामीण आवास बस्ती विकास कम्पनी योजना कार्यालय नवलपरासीले योजना अन्तर्गत रुपन्देही जिल्लाको केरवानी र सिकरहन गा.वि.स. क्षेत्रमा पर्ने शङ्करपुरको जानकी नगर र भृकुटी बस्ती नवलपरासी जिल्ला पंचनगर गा.वि.स. मा पर्ने भानु नगरको जग्गा निकट भविष्यमै दर्ता गरिने काम गरिने भएकोले श्री ५ को सरकारको मिति २०५०।९।२२ को निर्णयानुसार यस योजनाबाट बसोबास गराइएका पूनर्वासीहरुबाट घरायसी छोडपत्रको आधारमा जग्गा खरिदकर्ताको नाममा सेवा शुल्क लिई जग्गा दर्ता गरिने भएकोले घरायसी छोडपत्रको सक्कलै वा प्रमाणित प्रतिलिपि यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस योजना कार्यालयमा पेश गर्न ल्याउनु होला सो अवधि भित्र पेश नगरेमा जग्गा दर्ता गर्ने कार्य हुन नसक्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ भन्ने व्यहोराको सूचना प्रकाशित गरियो । साहुले आफ्नो रुपियाँ भविष्यमा असुल उपर गर्न सजिलो परोस भनी प्लट नं. समेत उल्लेख गरी छोडपत्र गराई पुनर्वासीहरुलाई ऋण उपलब्