निर्णय नं. २३३३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३३३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/२३ २०३७ निर्णय नं. २३३३ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१ सालको रि.नं. १२१० विषय : उत्प्रेषण । निवेदक :जि.धनुषा जनकपुर नगर पञ्चायत वा.नं. १५ बस्ने जमुनी तत्मीनी । विरूद्ध विपक्षी :ऐ.ऐ. बस्ने बाबाजी चौधरी । ऐ.ऐ बस्ने राज किशोर चौधरी । भूमिसुधार अधिकारी,भूमिसुधार कार्यालय, धनुषा। आदेश भएको मिति:२०४२।३।२३।१ मा मोही निष्काशन तर्फ कारवाही चलिरहेको बखतमा खडा गरेको बाली बुझाएको प्रमाणहरूबाट रिट निवेदिकालाई मद्दत हुन सक्ने नदेखिँदा भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धि ऐनको दफा २९(३) को त्रुटि भयो भन्ने निवेदिकाको जिकिर कानुनसंगत देखिएन । (प्रकरण नं.८) निवेदीक तर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णलाल देव विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दाःX आदेश प्र.न्या.नयन बहादुर खत्रीः नेपालको संविधानको धारा १७ तथा ७१ अन्तर्गत दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षीले मेरा छोरा राजकिशोर चौधरीको नाउँ दर्ताको समेत जम्मा जग्गा ०–८–५ मोहीमा जोती आएकोले ०३६ सालको हुने कुत धान मन ४–३१–० को हुने बिगो रु. ३५८।१२ दिलाई मोही निष्काशन गरिपाउँ भनी विपक्षी बाबाजी चौधरीको भू.सु.का. धनुषामा निवेदन परी जग्गाधनीलाई मैले उक्त सालको कुत धान बुझाई भर्पाई लिएको र त्यसपछिको सालहरूको पनि कुत बाली भू.सु.का. धनुषामा धरौट राखेको छु मोही निष्काशन हुनुुपर्ने होइन भन्ने मेरो प्रतिवाद परेकोमा धनुषा जिल्ला अदालतबाट भर्पाई कीर्ते ठहराएको जनकपुर अञ्चल अदालतबाट शुरूको फैसला सदर गरेको र इन्साफ जाँची दिनु भनी मध्यमान्चल क्षेत्रीय अदालतका नाउँमा प्रमाङ्गी पाउँ भनी मैले श्री ५ महाराजाधिराज सरकारमा निवेदन दिएको छु हु.प्र. भएको छैन । भर्पाई कीर्ते ठहरेकोले कुत बाली बुझाएको रहेछ भन्न नमिल्ने हुँदा राजकिशोर चौधरी नाउँ दर्ताका देवपुरी गा.पं.वा.नं. ८(ख) को कि.नं. ४ को सिम जग्गा ०–३–७, ऐ. ऐ. को कि.नं. २५ कै सिम जग्गा ०–१–० समेत जग्गा र बाबाजी चौधरी नाउँ दर्ताको साविक कुवा रामपुर गा.पं.वा.नं. १(ख) कि.नं. १८ को अवल जग्गा ०–३–६ र ऐ. ऐ. को कि.नं. १५६ को अवल जग्गा ०–०–१२ बाट मोही निष्काशन हुनेठहर्छ भनी मिति ०४१।२।२५ मा भूमि सुधार कार्यालय धनुषाबाट निर्णय भयो । ३. राजकिशोर र बाबाजी चौधरीको नाउँमा छुट्टा–छुट्टै गा.पं. को जग्गा छुट्टाछुट्टै दर्ता भएकोमा बाबाजी चौधरीको मात्र उजूरी परी निर्णय गरेको देखिँदा अ.बं. ७२ नं. को त्रुटि छ। भर्पाईको सम्बन्धमा श्री ५ महाराजाधिराज सरकारमा विशेष जाहेरी विभाग मार्फत निवेदन दिई राखेकोले अञ्चल अदालतको फैसला माथि कारवाही चली नै रहेकोले उक्त फैसलालाई प्रमाणमा लिई मोही निष्काशन गर्ने गरी गरेको भू.सु.का. को निर्णयमा अ.बं. १८४, १८५, १८९ नं. भू्.सु.ऐन, २०२१ को दफा २९(१) र (३) समेतको त्रुटि भएको र यसै जग्गाको ०३७, ०३८, ०३९ र ०४० सालको कुत मैले भू.सु.का. धनुषामा धरौटी राखेको र विपक्षी जग्गाधनी बाबाजी चौधरी र राजकिशोर चौधरीले मलाई मोही समर्थन गर्दै धरौटी उठाई लिनु भएकोले समेत उक्त मोही निष्काशन गर्ने गरी विपक्षी भू.सु.अ.ले न्यायिक मन प्रयोग नगरी गरेको निर्णयबाट मेरो संविधानको धारा १०(१), ११(२)(ङ), १५ बमोजिमको हक हनन् भए