निर्णय नं. २३३४ - अवैध चरेस
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३३४ - अवैध चरेस भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/३० २४३० निर्णय नं. २३३४ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं. ४५५ मुद्दा : अवैध चरेस । पुनरावेदक/प्रतिवादी : जि.कस्की वाटुले चौर भै हाल का.जि.का.न.पं.जैसीदेवल कोहीटी डेरा गरी बस्ने देवेन्द्र गुरुङ । विरूद्ध विपक्षी/वादी:श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।३।३०।१ मा सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची १ मा परेको सरकार वादी हुने फौजदारी मुद्दामा प्रहरी तथा स.सर्वोच्च अदालतबाट अनुसन्धान तहकिकातको काम कारवाही हुने कुरा सरकारी मुद्दा सम्बन्धी ऐनले स्पष्ट गरेको छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको व्यवस्थाले प्रहरी तथा स.सर्वोच्च अदालतबाट हुने अनुसन्धान कारवाहीमा बाधा दिन्छ कि भन्नलाई उक्त ऐनको दफा २२ ले नै त्यस्तो अख्तियारी दिएको देखिन्छ । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी वादी तर्फवाट :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX फैसला प्र.न्या.नयन बहादुर खत्रीः मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. कोहिटी डेरा गरी बस्ने देवेन्द्रबहादुर गुरुङले अवैध चरेस र चरेसलाई तरलपदार्थ बनाउने मेसिनसमेत निजसँग भएको र अवैधचरेश बिक्री गर्ने बुझिएकोले कानुनबमोजिम गरिपाउँ भन्ने दिपकरन्जितको ०३५।४।४को प्रतिवेदन । ३. ४ के.जी. धुलो चरेसलाई तरल बनाउने मेसिन, तरल पदार्थ, प्लाष्टिकका सामान र अमेरिकन डलरको थान २, सिंगापुर डलर १, जापानी १० डलर थान १ समेत हाम्रो रोहवरमा देवेन्द्र गुरुङको डेरामा तलासी लिँदा बरामद भएको ठीक हो भन्ने दिपबहादुर थापा समेतले गरिदिएको मुचुल्का । ४. चार के.जी. धुलोचरेस, चेरसलाई धुलोबनाउने मेसिन मुचुल्कामा उल्लेखभएका सामान,डलर मेरो हो लाल बहादुर तुलाचनको भनी झुठ्ठा लेखाएको हुँ भन्नेसमेत व्यहोराको ततिम्बासहितको मिति ०३५।४।११।४ को बयान रहेछ । ५. सरजमीनमा उपस्थित देवेन्द्रबहादुर गुरुङको डेरा कोहिटीबाट केही चरेस र चरेसलाई तरल बनाउने मेसिन, तरल छान्ने जाली, तराजु खल सहित र केही विदेशी सिक्काहरू समेत प्रहरीले बरामद गरी लगेका हुन् भन्ने सुनेको छु निज देवेन्द्र गुरुङले उक्त सामान कहाँबाट ल्याएका हुन् र लाल बहादुर तुलाचन कस्ता मानिस हुन् हामीलाई थाहा छैन भन्ने समेत व्यहोराको उल्लेख भएको ०३५।४।२३।३ को सरजमीन मुचुल्का । ६. देवेन्द्रबहादुर गुरुङले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ) र (च) को अपराध गरेको देखिन आएको हुँदा सोही लागू औषध नियन्त्रण ऐनको दफा १४ को देहाय (ख) र (ग) अनुसार कारवाही सजायँ हुन बरामदी मुचुल्कामा लेखिएका सामान र देवेन्द्रबहादुर गुरुङलाई समेत प्रस्तुत गर्दै लागू औषध नियन्त्रण ऐन अन्तर्गतको अपराध टुङ्गो लागेपछि विनिमय नियन्त्रण ऐन अन्तर्गत कारवाहीमा प्रस्तुत गर्नुपर्ने हुँदा अदालतको कारवाही सकिएपछि जानकारी पठाउन हुन अनुरोध गर्दै लाल बहादुर उपर कारवाही गर्नु नपर्ने व्यहोराको मिति ०३५।४।२९ को प्रहरी प्रतिवेदन । ७. मैले चरेस गाँजा मिलाई बनाउने र चरेसलाई झोल बनाउने बिक्री गर्ने कुनै काम गरेको छैन । सो सामान मेरो कोठाबाट बरामद भएको नभई लाल बहादुरको कोठाबाट बरामद भएको