निर्णय नं. २३३६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३३६ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/१० २३४३ निर्णय नं. २३३६ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रि.नं. १४६० विषय : उत्प्रेषण । निवेदक :भ.पु.न.पं.वडा नं. ८ तिबुक्छे टोल बस्ने जय भक्तलाल मूल । विरूद्ध विपक्षी :मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत बासुदेव शर्मा नेपाल । भ.पु.न.पं.वडा नं.५ योछें टोल बस्ने रामकाजी ताल्चा भडेल समेत जवान १६ । आदेश भएको मिति:२०४२।४।१०।५ मा अधिकारप्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं.११) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश प्र.न्या.नयन बहादुर खत्रीः नेपालको संविधानको धारा ७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. मेरो हक भोग तिरानको साल सालै आश्विन वदी ९।१०।११।३० मार्ग वदी १ को श्राद्ध समेत चलाउनु पर्ने गुठी काम अवछिन्न चलाई भोगी खाई आएको भ.पु.तिबुक्छे ९५।७७ नं. का मोठ, लगतमा गुठी जनी हर्षनर्सि ताल्चा भडेलका दर्ता गराई राखेको श्राद्ध गुठी खेत रोपनी साविक ३७–१–० को ८० साल नापी ठहर ४४–३–३–१ जग्गाको श्राद्ध गुठी धर्म लोप हक बेहक मुद्दा परेका झगडिया श्याम मूल तर्फबाट र गौरीमान ताल्चा भडेल तर्फबाट समेत चलाउनु पर्ने श्राद्ध नचलाई धर्म लोप गरेको ठहरी श्याम मूल गौरीमान ताल्चा भडेल दुवै तर्फलाई गुठी जग्गा बाली नपाउने निजहरूले धर्म लोप गरेको श्राद्ध भवानीदास, माधव नारां, बाबु विष्णुलाल ३ जवानले चलाएको ठहरी निज ३ जनाले गुठी जग्गाबाली पाउने र धर्म लोप गर्ने श्याम गौरमानलाई गुठीबाट बर्खास्त खारेज भएका देवानी अपीलका ६४।६९ सालमा फैसला र उक्त झगडिया रामकाजी समेतसँगका नामसारी बदर मुद्दाको अपील पहिलाका ०७।३।२५ का फैसला मनासिव सदर ठहरेको सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१९।१०।३०।३ का फैसला र हरि प्रसाद मुलसँगको नामसारी बदर ३ खण्डको १ खण्ड श्राद्ध गुठी हक कायम गरी दिलाई पाउँ भन्ने मुद्दाको ०१७।८।७।३ को का.जि.अ.को फैसला समेतबाट मेरो एकलौटी हक भोग कायम सदर भएको र ल.नं. ९५।७७ का मोठ बमोजिमको जग्गा मेरो नाउँमा परिणत गरी ज.ध.प्रमाणपूर्जा पाउँ सो प्रमाणपूर्जा बमोजिम भ.पु. ईंटा टायल कारखाना परेका भक्ति दाससँगको नखेल गा.पं.वडा नं. १(क) कि.नं. ८५।११६ को रोपनी १–९–० को खला १ कृष्णमाया प्रजापति सँगको ऐ. वडा कि.नं. ३१ को रोपनी ३–५–० को खला एक समेत दुई खला जग्गाको मुआब्जा दिलाई पाउँ भन्ने समेत व्यहोराको मेरो निवेदन परेकोमा हु.प्र.भई मालपोत कार्यालयबाट मालपोत सम्बन्धी ऐन, ०३४ को दफा ३२ बमोजिम कारवाही गर्नु भएकोमा रामकाजीले ६४।६९ सालको फैसलाबाट हटक खारेज भएका झगडियाहरूका नाति पनाति बटुली १६ जवानको उजूरी निवेदन दिएको फैसलाहरू बदर वातिल भएको ठोस प्रमाण पेश गर्न नसकेकोमा जयभक्त लालबाट एकलौटी नामसारी गर्नुपर्ने आधार के छ पेश गराउने र रामकाजीले हर्षनर्सिको हक खाने नाता प्रमाणित रीतपूर्वकको प्रमाण पेश गराउने भन्ने ०४०।५।२६।१ मा आदेश भई प्रमाण तोकेकोमा निज रामकाजीले नामसारी बदर मुद्दाको सर्वोच्च अदालतका फैसला सहितको मिसिलबाट प्रमाणित हुने हुँदा सो मिसिल झिकाई प्रमाण लगाई पाउँ नाता प्रमाणित गर्न नपरोस् भन्ने निवेदन दिई सर्वोच्च अदालतको फैसलालाई नै समर