निर्णय नं. २३३७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३३७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/११ २४०६ निर्णय नं. २३३७ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१ सालको रि.नं. २१७७ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : श्री वीरगन्ज जितपुर गौशाला अन्तर्गत जि. बारा भवानीपुर जितपुर आर्दश गाउँ पंचायत वा.नं.३ (क) स्थित जितपुर गौशालाको महासचिव वीरगन्ज नगर पंचायत वा.नं. ७ बस्ने चिरन्जीवी सराहणी । विरूद्ध विपक्षी :वीरगन्ज चिनी कारखाना लिमिटेड मुकाम वीरगन्ज । मलापोत कार्यालय बारा मुकाम कलैया । गुठी संस्थान बीरगन्ज गुठी तहसिल तथा खर्च कार्यालय मुकान बीरगन्ज । आदेश भएको मिति:२०४२।४।११।६ मा एकपटक रीतपूर्वक जग्गाधनी प्रमाणपूर्जा वितरण गरी सकेपछि कर्मचारीको गल्तीबाट सो वितरण गरियो भनी उक्त जग्गाधनी प्रमाणपूर्जा बदर गर्न पाउने अधिकार मालपोत ऐन, २०३४ ले मालपोत कार्यालयलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.११) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश प्र.न्या.नयन बहादुर खत्री: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ : २. श्री जितपुर गौशाला सम्वत् १९६३ सालमा स्थापित भएको गो सेवा गर्ने संस्था जसको शाखा कार्यालय जितपुर गौशाला जितपुरमा छ त्यसैले ५० सौं वर्ष देखि अन्दाजि ५ विगहा जग्गामा गाई गोठ समेत बनाई गाइहरूको चरण कार्यको लागि सो को स्याहार संभार गरी धार्मिक सेवा कार्य गरिआएको छ । ०२१ सालको सर्भे नापीमा उक्त पञ्चायतका प्रधानपञ्च अदालत गिरीले गौशालाले चर्चे भोगेको स्थिति अनुसार श्री वीरगन्ज जितपुर गौशालाको गाई गोठ घर भौचर समेत जनाई नाप नक्सा गराई फिल्ड बुकमा सहिछाप गरी कैफियत महलमा दस्तखत समेत गरे अनुसार छुट भएको भवानीपुर जितपुर गा.पं.वार्ड नं. ३(क) को कि.नं. १४९/१ को ०–४–१७ ऐ. कि.नं. १४९/२ को ०–५–६ ऐ. वा.नं. ३ को कि.नं. १४५/२ को जग्गा ०–१२–० ऐ. कि.नं. ६१ को ०–४–४ समेत जग्गाको जग्गाधनी प्रमाणपूर्जा समेत पाई ०३७।७।२० मा ०२४ सालदेखि ०३५ साल सम्मको मालपोत वीरगन्ज गुठी तहसिल तथा खर्च कार्यालयमा बुझाइएको र ०४० साल सम्मको बाली यस गौशालाबाट बुझाई भोगचलन गरिआएको छ । ज.ध.प्र.पू. पाएको जग्गाको कित्ताहरू मध्ये कि.नं. ६१ को ०–४–४ चुरण चौधरी समेतका व्यक्तिले खिचोला गरे उपर मुद्दा परी चुरण चौधरी थारु समेतका व्यक्तिबाट घर खाली गराई दिने र चलन समेत चलाई दिनु पर्ने ठहर्याई ०३९।६।२४ मा बारा जिल्ला अदालतबाट फैसला भई ०४०।५।५ मा चलन चलाउने पुर्जी समेत पाएको निर्विवाद हक भोगको जग्गामा विपक्षी वीरगन्ज चिनी कारखाना लिमिटेडले हकै नभएको जग्गाको जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी निवेदन दिई हामीहरूले प्राप्त गरेको जग्गाको पूर्जा बदर गरिदिने भनी माल कार्यालय बाराले ०४०।१।३० मा गरेको निर्णयको ०४०।१०।१८ मा नक्कल सारी लिँदा थाहा भयो । ३. मालपोत ऐन, ०३४ अनुसार मालपोत कार्यालयले एक पटक दिइसकेको जग्गाधनी प्रमाणपूर्जा पुनः बदर गर्न पाउने होइन, गौशालाले ०३७ सालमा दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरिसकेको र गुठी संस्थानमा मालपोत समेत बुझाई सकेपछि गौशालाको लगत कट्टा गर्न मिल्ने होइन उक्त जग्गाको गौशालाले ७ नं. फाँटवारी भरेको र मालपोत कार्यालयबाट जग्