निर्णय नं. २३३९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३३९ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/२७ २३३८ निर्णय नं. २३३९ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१ सालको रिट नं. २४०४ विषय : उत्प्रेषण । निवेदक : जि.सर्लाही गा.पं.चन्द्र नगर वडा नं. ४ बस्ने लक्ष्मी कुमारी प्रधान । विरूद्ध विपक्षी :भूमि सुधार कार्यालय, सर्लाही,मुकाम जि.सर्लाही मलङ्वा आ.गा.पं. । श्री भूमि सुधार कार्यालय सर्लाहीका भूमि सुधार अधिकारी श्री टंक निधी तिवारी । जि.सर्लाही चन्द्र नगर गा.पं. वडा नं. ५ बस्ने रम औतार वीन । आदेश भएको मिति: २०४२।४।२७।१ मा अधिकारप्राप्त अधिकारीले मिति ०४१।२।२३ मा गरेको निर्णयमा कुनै कानुनी त्रुटि भएको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं.८) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX आदेश प्र.न्या.नयन बहादुर खत्रीः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् : २. सर्लाही चन्द्रनगर गा.पं. ४(क) को कि.नं. ६२ को ज.वि. ०–६–० साविक देखि एकलौटी मेरो हक भोग दर्ता तिरोको नम्बरी जग्गा हो । फिल्डबुक एवं जग्गाधनी दर्ता प्रमाणपूर्जामा रामऔतार मुखिया वीनको राम मोहीको रूपले जनिएको छैन । विपक्षी रामऔतार मुखिया वीनले मेरो जग्गा जोत कोड गरेको छैन । जो.अ.नि. र मोहीको १ नं. लगत पेश गर्दैमा विपक्षीले मोहियानीमा दावी गर्न मिल्ने होइन । उक्त कि.नं. ६२ को ज.वि. ०–६–० जग्गामा निवेदक रामऔतार मोही देखिएको उक्त जग्गामा बाली लगाई जोती कमाएको भन्ने भू.सु.कार्यालयबाट खटिई गएको सरजमीनबाट देखिन आएको र सम्बन्धित गा.पं.बाट मोहीको प्रमाणपत्र दिने विषयमा सिफारिश समेत भएको देखिएकोले निवेदक रामऔतार मुखिया वीनलाई मोहीको स्थायी प्रमाणपत्र बनाई दिने ठहर्छ भनी भुमिसुधार कार्यालय सर्लाहीबाट निर्णय भएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को ३४(१) र (२) बमोजिम कबुलियत तथा रसिद भर्पाई आदान प्रदान भएको छ भनी विपक्षीले भन्न सक्नु भएको छैन । उक्त दफा ३४ को अभावमा ऐ. दफा २५(२) निरर्थक हुनेछ । विपक्षी नं. १ र २ द्वारा विपक्षी नं. ३ लाई बिना आधार र सबूद प्रमाण मोही देखिएको भनी स्थायी प्रमाणपत्र दिने गरेको निर्णयमा अ.बं. १८४(क), १८५ तथा अ.बं. १८९ समेतको प्रतिकूल भई बदरभागी भएकोले उत्प्रेषणको आदेशद्वारा उक्त भू.प्र.का.को मिति ०४१।२।२३ को निर्णय बदर गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ । ३. यस अदालतको सिं.बे.को मिति ०४१।३।२७ को आदेशद्वारा प्राप्त हुन आएको लिखित जवाफ यस प्रकार छन् । ४. जग्गा जोते सम्बन्धमा सरजमीन हुँदा निवेदक रामऔतार मुखियाले जोती बाली लगाएको भन्ने सरजमीन समेतबाट प्राप्त हुन आएको त्यस्तो अवस्थामा निवेदक रामऔतार मुखिया वीनलाई मोही प्रमाणपत्र बनाई दिने भनी भएको निर्णयबाट रिट निवेदिकाको कुनै पनि संवैधानिक हकको हनन् नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको भूमि सुधार कार्यालय सर्लाहीको लिखित जवाफ रहेछ । ५. भर्पाई नदिएको सन्दर्भमा रिट निवेदक मेरो पिता पूर्खा समेतले मालिक मानी आएको व्यक्तिले झुठ्ठा काम कुरा गर्ने छैन भन्ने विश्वासमा बाली बुझेको भर्पाई नदिने गरेको भए पनि विश्वास मानी बसी आएको हुँदा अधिकारप्राप्त अधिकारीबाट भएको निर्णय हुँदा रिट