निर्णय नं. २३४१ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३४१ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/०९ २३५७ निर्णय नं. २३४१ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. २२७७ विषय : उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जिल्ला बारा कलैया न.पं.वा.नं.१० बस्ने वर्ष ४२ को उद्धव प्रसाद तिमिल्सिना । जि. पर्सा लहावर थकरी पञ्चायत वडा.नं. १६ बस्ने वर्ष ४२ को उदयराज उपाध्याय । विरूद्ध विपक्षी :गुठी संस्थान केन्द्रीय कार्यालय रामशाहपथ, काठमाडौ । गुठी संस्थानका अध्यक्ष विष्णु प्रसाद खनाल । गुठी संस्थान केन्द्रिय कार्यालयको अधिकृत द्वितीय बद्री प्रसाद उपाध्याय । आदेश भएको मिति:२०४२।३।९।१ मा दोश्रो स्पष्टीकरण नलिई शुरू विभागीय कारवाई गर्ने अधिकारीबाट भएको त्रुटिपूर्ण निर्णयलाई पछि पुनरावेदन तहबाट लिएको स्पष्टीकरणले नियमित गरेको मान्न नमिल्ने । (प्रकरण नं.१२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मीप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामध्वज कार्की उल्लेखित मुद्दाःX आदेश न्या.धनेन्द्र बहादुर सिंहः गुठी संस्थानको मिति २०३९।६।५ को समेत निर्णय बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ । २. गुठी संस्थान अन्तर्गतको सेवामा निवेदक मध्ये उद्धव प्रसादले ०२८।५।८ र उदयराज उपाध्यायले ०२६।१।२ देखि प्रवेश गरी वीरगन्ज गुठी तहसिल तथा खर्च कार्यालयमा काम गर्दाको अवस्थामा तोकिएको गुठी मौजाहरूको रकम असूल गर्ने काम अनुसार असूल भएको रकमहरू गुठी संस्थान कोषमा जम्मा गर्दै आएका थियौं । गुठी संस्थानमा जम्मा गर्नुपर्ने उद्धव प्रसादको जिम्माको रु. २४९०।२२ र उदयराजको जिम्माको रु. २०३०।१३ निवेदकहरूले मिति ०३८।५।२३ मा गुठी संस्थानको सम्बन्धित खातामा जम्मा गरेको थियो । गुठी संस्थान अन्तर्गत आन्तरिक लेखा परीक्षण हुँदा क्रमशः रु. २४९०।२२ र रु. २०३०।१३ मालपोत असूल गरी कार्यालयमा दाखिल नगरी हिनामिना गरेको भनी आ.ले.प.डोरबाट ०३८।५।२४ मा विवरण दिएकोले हामी निवेदकहरूसँग छुट्टा–छुट्टै स्पष्टीकरण माग भए अनुसार छुट्टा–छुट्टै स्पष्टीकरण पेश गरी सोही अनुसार गु.त.तथा खर्च कार्यालयको मिति ०३८।५।३० को पत्रले रकम बुझाई निवेदकहरूलाई एक पटकलाई कारवाई नचलाई सरुवा समेत गरेकोमा सोही कुरालाई लिई मिति ०३९।५।६ मा आफ्नो पदको आचरण र कर्तव्य पूरा नगरेको देखिएकोले भविष्यमा अयोग्य ठहरिने गरी एउटै पर्चाबाट निवेदकहरूलाई गुठी सेवा सम्बन्धी नियम, ०३४ को परिच्छेद १० को नियम ५ को उपनियम ५ अनुसार भनी गुठी संस्थान केन्द्रीय कार्यालयका द्वितीय श्रेणी बद्रीप्रसाद उपाध्यायले हामीहरूलाई बर्खास्त गर्नु भएकोमा निवेदकहरूको चित्त नबुझी गुठी संस्थान केन्द्रीय कार्यालयका अध्यक्षज्यू समक्ष पुनरावेदन गरेकोमा अध्यक्षज्यूले समेत मिति ०४०।१२।२० मा मिति ०३९।६।५ कै निर्णय सदर गर्नु भयो । ३. उक्त निर्णय गुठी संस्थान सेवा सम्बन्धी विनियम, ०३४ परिच्छेद १० को नियम १०(२)(३) मा अध्यक्षले तोकेको संस्थानको अधिकृत कर्मचारीले संस्थानको सहायक स्तरको कर्मचारीलाई शुरू सजायँ दिने अधिकारी भनी तोकेकोमा मिति ०३९।६।५ को बर्खासीको सजायँ निर्णयमा प्रत्यायोजित अधिकार अनुसार पर्चा खडा गरिदिएको अध्यक्षल