निर्णय नं. २३४२ - क्षतिपूर्ति
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३४२ - क्षतिपूर्ति भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/११ २८९६ निर्णय नं. २३४२ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह सम्वत् २०४० सालको दे.पु.नं. ५६८।५७४ मुद्दा : क्षतिपूर्ति । पुनरावेदक/प्रतिवादी: श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयको सचिव वीरेन्द्रनाथ खुजेली । श्री ५ को सरकार सडक विभागका चि.ई.शिव बहादुर प्रधानाङ्ग । विरूद्ध पुनरावेदक/वादी:धादिङ जिल्ला भिरपानी गा.पं.वडा नं. १ मसुरेकोट बस्ने चन्द्रप्रसाद पाण्डे । ऐ.ऐ बस्ने कृष्ण कुमार पाण्डे । फैसला भएको मिति:२०४२।३।११।३ मा जग्गाको मुआब्जा वादीले नपाएको अवस्थाको वादी दावी बमोजिम २०३७ सालसम्मको बालीको क्षतिपूर्ति वादीले पाउँदैन भनी ठहर गर्न सकिने अवस्था नरहने । (प्रकरण नं.१४) पुनरावेदक वादी तर्फवाट:विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मीप्रसाद अर्याल पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४०।१।१२।३ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. कृष्णकुमारको नाममा दर्ता भई छोरा चन्द्रप्रसादको अंशमा परेको माटो मुरी ।६७ को मजुवा विषे पाध्या खेत मध्ये माटो मुरी ।२९ को खेत भनी जनिएको मैले भोग चलन गरी तिरोभरो गरिआएको धादिङ जिल्ला नौबिसे गा.पं. वडा नं. १ को सर्भे हुँदा ऐ. १(ख) कि.नं. २३ को रोपनी ११–०–३–० र कि.नं. २४९ को नापी ठहर रोपनी ४–१३–०–१ गरेको सरकारी क्याम्प स्टोर भनी जनाएकोबाट मेरो नाममा दर्ता गरिपाउँ भनी नापीमा उजूर गर्दा नापीले मन्त्रालय सडक विभागमा सोधी पठाउँदा सो जग्गा अधिग्रहण गर्ने सम्बन्धमा कारवाही चलाउने भएको छ, भन्ने व्यहोराको जानकारी आएको छ । अहिलेलाई सरकारी स्टोर भनी नापी गरी दिन्छौ भनी दर्ता समेत गरिदिएको छैन । विपक्षी मन्त्रालयले २०३७।१।१० मा रु. ७०,२९५।३५ मलाई जग्गाधनी भनी उखु बालीको क्षतिपूर्ति भनी दिएको उक्त जग्गाबाट उब्जा हुने बाली समेतबाट बञ्चित गराएकोले जसमा क्षतिपूर्ति रु. ३,१६,५५७।५० दिनु पर्नेमा रु. ७०,२९५।३५ मात्र क्षतिपूर्तिको अंक निर्धारण गरेको हुँदा रु. २,४६,२६२।१५, दिन बाँकी नपुग भएको हुँदा उक्त रु. ७०,२९५।३५ कट्टा गरी रु. २,४६,२६२।१५ दिलाई भराई पाउँ निर्धारण समितिले मिति २०२७।८।२३ र २०२९।७।१३ मा २०२३ सालको ०२४ सालमा पाक्ने उखुको हुने सखर मुरी ३१५। को प्रतिमुरी १ को रु. १२६।५० ले हुने रु. ३९,२१५। कायम गरेको छ । समितिले मूल्याङ्कन निर्णय गरेको अनुपातमा खेती गर्न नदिई बाँझो परेको वर्ष १२ को खेती खर्च बढीमा आधा कटाउँदा पनि र खडा उखुको दशकर्म पूरा भई पाक्न तयार भएको समेत जम्मा वर्ष १४ को समितिको मूल्याङ्कन अनुसार अब लिन बाँकी हुन आउने रु. २,४६,२६२।१५ नोक्सानी नदिएकाले दिलाई पाउँ भन्ने समेत चन्द्रप्रसाद पाण्डे तथा कृष्णकुमार पाण्डे समेतको २०३७।१।८।२ को फिराद दावी । ३. कसैलाई अचल सम्पत्ति नोक्सान पारेमा श्री ५ को सरकार उपरमा हर्जाना पाउँ भनी नालिश दिन पाउने वादीहरूको जग्गामा २०२३ सालमा लगाएको उखुबालीको नोक्सान पारिदिएको भन्नेमा सोही मितिले ८ महिनाभित्र नालिश गर्नुपर्ने यातायात मन्त्रालयले क्षतिपूर्ति नदिएकोमा प्रधानमन्त्रीज्यू समक्ष श्री ५ मा बिन्ति चढाएका छौं भन्ने उल्लेख भएको छ । सोही मितिमा