निर्णय नं. २३४४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३४४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४०/०४/२४ २१९४ निर्णय नं. २३४४ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रिट नं. २३९२ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :जि.महोत्तरी गा.पं.साठा वार्ड नं. २ बस्ने शुभ नारायण सिंह । ऐ.ऐ बस्ने कैलाश प्रसाद सिंह । विरूद्ध विपक्षी : जि.महोत्तरी मेघनाथ गोरहन्ना गा.पं.वार्ड नं. ७ बस्ने अकलु चौधरी । भू.सु. अधिकारी भुमि सुधार कार्यालय महोत्तरी । आदेश भएको मिति:२०४०।४।२४।५ मा भू.सु.लागू हुँदाका अवस्था जग्गाधनी कायम रहेका रिट निवेदकहरूका नाउँमा जग्गाधनी नदेखाई सो अवस्थामा जग्गाधनी नरहेकालाई जग्गाधनी देखाई भरेको लगत अनुसार २ नं. अनुसूची प्रकाशित भएको नाताबाट रिट निवेदकहरूका जग्गामा मोही कायम गर्न मिल्ने नदेखिने। (प्रकरण नं.९) आदेश न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत भू.सु.का.महोत्तरीको ०४०।१२।२२ को निर्णय बदर गरिपाउँ भनी पर्न आएको रिट निवेदनको तथ्य यस प्रकार छ । २. साविक जग्गाधनी मथुराप्रसाद सिंहबाट अंश पाई जि.महोत्तरी गोरहन्ना गा.पं.वार्ड नं. ७(ख) कि.नं. २०१ के ०–८–० जग्गा शुभनारायण सिंहको नाउँमा र ऐ. ऐ. वार्ड नं. ७(ख) कि.नं. १३९ को ०–११–० जग्गा कैलाशप्रसादका नाउँमा कामय भएको थियो । उक्त जग्गामा म मोही भई ४ नं. जो.अ.नि. समेत पाई सकेकोले मोहीको स्थायी प्रमाणपूर्जा पाउँ भनी विपक्षी अकलु चौधरीले भू.सु.का. महोत्तरीमा निवेदन गर्नु भएको छ । तत्पश्चात उक्त जग्गा हामी र मथुराप्रसाद सिंहका बीचमा मिति २०२०।४।३२।६ मा अंशबण्डा भइसकेको छ । विपक्षीले ४ नं. जो.अ.नि. पाएको भए मौकैमा ३ नं. प्रमाणपत्र लिन सक्नु पर्दथ्यो भनी हामीले प्रतिवाद गथ्र्यौ त्यसपछि भू.सु.का. महोत्तरीबाट ४ नं. जो.अ.नि. प्राप्त गरी सकेको व्यक्तिलाई मोही हैन भनी भन्न नमिल्ने गा.पं.को सरजमीन मुचुल्का समेतबाट उपरोक्त जग्गा अकलु चौधरीले जोती आएको भन्ने देखिँदा उक्त जग्गाको अकलु चौधरीलाई मोहियानीको प्रमाणपत्र बनाई दिने ठहर्छ भनी निर्णय भयो । यसरी विपक्षी कार्यालयका भू.सु.अधिकारीज्यूले मुचुल्काको आधारमा आ–आफ्नो अंशभागमा परी दा.खा. भई सकेको हामीहरूले नै जोतआवाद गरिरहेको जग्गाको विपक्षीलाई मोहियानी प्रमाणपत्र दिनेगरी मिति ०४०। १२।२२ मा भएको निर्णय अ.बं. १८४(क) १८५, १८९ विपरीत हुँदा उक्त उल्लिखित मितिको भू.सु.का.को निर्णय बदर गरी हाम्रो संवैधानिक हकको संरक्षण गरिपाउँ भन्ने समेत निवेदकहरूको निवेदन जिकिर । ३. विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने मिति ०४१।३।२६ मा सिंगल बेञ्चबाट भएको आदेश । ४. विपक्षीहरूको बाबु मथुराप्रसाद सिंहको नामबाट मोहीको १ नं. भरी २ नं. अनुसूची प्रकाशित भएको श्रेस्ताबाट देखिन्छ । निजका नाउँमा साविक दर्ता रहेको जग्गा निकै अघि देखि कमाई आएको श्रेस्ता तथा गा.पं.को सिफारिश पत्र समेतबाट देखिन आएको बाबु छोरामा अंशबण्डा भई जग्गाधनी परिवर्तन भएको कुरा मोहीलाई जानकारी नदिएको र सो जग्गाको कारोबार मथुराप्रसाद सिंहले नै हेरी रहेबाट निजकै नाउँबाट १ नं. मोहीको लगत भरेको र २ नं. अनुसूची प्रकाशित भएको बेला जग्गा मेरो हो मैले आफैंले जोती आएको छु मोही छैन भनी श्रेस्ता संशोधन वा. २ नं. अनुसूची समेत बदर गराउनु पर्नेमा सो नगरी म