निर्णय नं. २३४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/११ २२६८ निर्णय नं. २३४६ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१ सालको रि.नं. १२८७ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक : जि.जुम्ला असिहरा चन्दननाथ गा.पं.वा.नं. २ आचार्ज बस्ने शिवलाल आचार्य । विरूद्ध विपक्षी : जिल्ला न्यायिक समिति जुम्ला । चनदननाथ गा.पं. न्यायिक समिति जुल्ला । जि.जुम्ला आचार्य गाउँ मध्ये कुलाल वाडा बस्ने कोल्चे कुलाल । ऐ. पटमारा गा.पं. वाता गाउँ वीर बहादुर बुढा । आदेश भएको मिति:२०४२।४।११।६ मा अञ्चल अदालतमा मुद्धा चल्दा चल्दैको अवस्था असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रिट निवेदनमा उपचार प्रदान गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं.१०) निवेदक तर्फबाटःX विपक्षी तर्फबाटः विद्वान श्री यादव प्रसाद खरेल । उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंह: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदको तथ्य एवं जिकिर संक्षिप्तमा यस प्रकार रहेछ । २. अघि हाम्रो आचार्ज हुइँता भडारी गाउँ समेतको बस्ती बसेदेखि पशु वस्तुलाई हिंड्ने चराउने नुनपानी खुवाउने गरी सन्धी राखी आएको खिडखिहे ढाड खोलादेखि पूर्व चिप्लो ढुङ्गादेखि पश्चिम, ढिके कुला देखि उत्तर गाई चर्ने पाखादेखि दक्षिण यति ४ किल्ला भित्रको लम्चारी भन्ने जग्गा समेत सार्वजनिक सन्धिसर्पनको जग्गामा मुद्दा पर्दा ०३०।२।३ मा प्र.जि.अ.का.जुम्लाबाट सन्धी ठहरी फैसला समेत भएकोमा विपक्षी कोल्चे कुलालसँग किनेको भनी विपक्षी वीर बहादुर बुढाले आवाद गर्न र घर बनाउन जग खन्न समेत थालेबाट म निवेदक समेतले मुद्दा दायर गर्दा विपक्षी चन्दननाथ गा.पं.न्यायिक समितिले दावा खारेज गर्ने निर्णय गरे उपर जिल्ला न्यायिक समितिमा पुनरावेदन गरेकोमा ०४१।३।२८ मा डिसमिस फैसला भयो । ३. डिसमिस फैसला गर्दा अ.बं. १७९ र १८५(क) बमोजिम गर्नु पर्नेमा मेरो हकमा सो नभएबाट उक्त कानुन उल्लंघन भएको र म निवेदकले ०४१।३।२८ को पेशी तारिख पाएकोबाट मैले तारिख नगुजारेको भन्ने सम्बन्धित कागजहरूबाट स्पष्ट हुँदा म निवेदकले तारेख गुजारेको आधारमा डिसमिस गर्ने गरेको फैसलामा अ.बं. १७९, १८४(क), १८५ र प्रमाण ऐन, ०३१ को दफा ५४ समेतको गम्भीर त्रुटि भएको हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा जि.न्यायिक समितिको ०४१।३।२८ को निर्णय र त्यसको आधारमा गरिएको सम्पूर्ण काम कारवाही बदर गरी पुनः कानुन बमोजिम निर्णय गर्न परमादेश समेत जारी गरिपाउँ भन्ने समेत रिट निवेदन रहेछ । ४. विपक्षीहरूबाट लिखित जवाफ मगाई पेश गर्नु भन्ने सिंगल बेञ्चको आदेशानुसार प्राप्त लिखित जवाफहरूको व्यहोरा संक्षेपमा यस प्रकार रहेछ । ५. निवेदकले तारेख गुजारी बसी पछि फाँटवालासँग मिली तारेख पर्चा लिँदैमा कानुन अनुरूप भन्न मिल्दैन सो कुरालाई मनन गरी फाँटवालालाई कारवाही गराउने भन्ने समेत फैसलाबाट देखिई रहेकै छ । तारेख पर्चामा सही गरेको छु भन्न सकेको छैन । यस्तो अवस्थामा अ.बं. १७९ अनुसार डिसमिस फैसला गरेको कानुन अनुरूपै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत वीर बहादुर बुढा र कोल्चे कुमाल । ६. बेरीतसँग जिल्ला न्यायिक समितिबाट फैसला भएकोले अ.बं. १७९ ले सो फैसला उपर ३५ दिनभित्र पुनरावेदन सुन्ने अड्