निर्णय नं. ५०९८ - अंश छोडपत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०९८ - अंश छोडपत्र लिखत बदर भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५२/०३/०१ ५२९२ निर्णय नं. ५०९८ ने.का.प. २०५२ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ दे.पु.इ.नं. ................ ३५ फैसला मिति:२०५२।३।१।५ मुद्दा : अंश छोडपत्र लिखत बदर । पुनरावेदक/प्रतिवादी:भेरी अञ्चल जाजरकोट जि. खलंगा गा.वि.स. वडा नं. ३ थाप्ले बस्ने जेत विक्रम शाह । विरुद्ध विपक्षी/वादी:राम कुमारी शाहको मु.स. गर्ने ल.पु.जि.ल.पु.न.पं. वडा नं. १ कुपण्डोल बस्ने डोल कुमारी शाही । अंशवण्डाको ३२ नं. ले ४ वटा पूर्वावस्थाको सृजना गरेको पाइन्छ । पहिलो अंश घटी बढी गर्न नहुने, दोश्रो अंशियारलाई चित्त नबुझेको हुनु पर्ने, तेश्रो १६ वर्ष नाघेको हुन पर्ने र चौथो ३ महिना भित्र नालेस गरेको हुनुपर्ने । उक्त ३२ नं. मा अंशमा चित्त नबुझ्ने १६ वर्ष नाघेकाले ३ महिना भित्र उजुर गर्न पाउने कानूनी व्यवस्था पनि गरेको पाइन्छ । त्यसबाट अंशियार मध्ये छोडपत्र गरी दिने लिने मध्ये लिनेले मात्र उजुर गर्न पाउँछ दिनेले उजुर गर्न नपाउने भनी रोक लागेको नदेखिने । (प्र.नं. १६) अंशवण्डा हुँदा दिने लिने दुवै थरीको मंजुरीबाट नै अंशवण्डा हुन्छ तर मंजुरी गरी लिइ दिइ सकेपछि पनि अघि स्वीकृति दिइ सही गरी सकेको मध्ये चित्त नबुझ्नेलाई पुनः उजुरी गर्न पाउने छुट कानूनले प्रदान गरेकोमा अंश दिनेले स्वेच्छाले दिएकोमा उजुर नै गर्न नपाउने भन्नु तर्कपूर्ण हुँदैन । (प्र.नं. १६) एउटा सिद्धान्त दुवै थरी पक्ष विपक्षलाई एकैनासले लाग्नुपर्छ । त्यसमा भेदभाव उचित नहुने । (प्र.नं. १६) कतिपय अवस्थामा अंश गरी दिनेको पनि आफ्नो गुनासो र मर्का हुन सक्छन त्यसको औचित्यमा अदालतले विचार गरी निष्र्कषमा पुग्ने कुरा बेग्लै हो तर अ.वं. ३२ नं. बमोजिम अंशवण्डा भएपछि चित्त नबुझेको कारणले एक थरीले उजुर गर्न पाउने अर्को थरीले उजुर गर्न नपाउने भन्नु न्यायोचित हुन नसक्ने । (प्र.नं. १६) अंश छोडपत्रलाई व्यवहारमा अंशवण्डा सरह नै मान्यता प्राप्त छ । अंश छोडपत्र अंशवण्डाको परिभाषाभित्र पर्दैन भन्न सकिने अवस्था छैन । (प्र.नं. १६) कानूनले बर्जना नगरेको हदसम्म आफ्नो सम्पत्ति अरु व्यक्तिलाई जुनसुकै व्यहोराले हक छाडी दिने अधिकार सम्पत्ति धनीलाई भएको मान्नुपर्ने । (प्र.नं. १७) पुनरावेदक तर्फबाट:विद्वान अधिवक्ता श्री शम्भु थापा तथा कुलदेव राज शाही । विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री लोक भक्त राणा, विद्वान अधिवक्ता श्री बद्री कुमार बस्नेत । अवलम्बित नजीरःX फैसला न्या. गोविन्द बहादुर श्रेष्ठः यस अदालत संयुक्त इजलासबाट प्रस्तुत मुद्दा हेरिंदा माननीय न्यायाधीश ज्यूहरुको राय बाझी भै पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. मैले आफ्नो ज्ञान सिप र दाइजो पेवाबाट बढे बढाएको सम्पत्ति समेतबाट लोक विक्रम शाहसँग मिति २०१६।८।२ मा राजिनामा रजिष्ट्रेशन पास गराई लिएको जग्गा र सो जग्गामा बनेको घर मेरो हक हुन आएको सर्भे नापी हुँदा ललितपुर न.पं. वार्ड नं. १(ख) कि.नं. ३३१ को जग्गा रोपनी १–०–० कायम भै त्यस मध्येको ०–४–० जग्गा जेठी छोरी डोल कुमारी शाहीलाई मिति २०३३।१०।१२ मा हालैको बक्सपत्र दिएको र बाँकी जग्गा मध्ये आधा विपक्षी तेज विक्रम शाहलाई मिति २०४०।२।१६।२ मा शेषपछिको बक्सपत्र गरी दिएकोमा विपक्षीले मेरो स्याहार संभार