निर्णय नं. २३४७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३४७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/२४ २२७० निर्णय नं. २३४७ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रि.नं. १३५१ विषय : उत्प्रेषण । निवेदक :तेर्‍हथुम ओयाकजुङ गा.पं.वडा नं. २ बस्ने धर्मानन्द ढकाल । विरूद्ध विपक्षी : भूमि सुधार कार्यालय तेर्‍हथुमका का.मु.भूमि सुधार अधिकारी, तेर्‍हथुम । समेत गा.पं. सावला वडा नं.६ बस्ने ज्ञाननाथ सुवेदी । ऐ. वडा नं. ५ बस्ने भीमलाल दुलाल । आदेश भएको मिति:२०४२।४।२४।५ मा ऋण निश्चित भएपछि निवेदकले भोगबन्धकी लिने साहूलाई कुत बाली बुझाउनु पर्ने होइन। कुत बाली भराउने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा । विपक्षी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा र विद्वान अधिवक्ता श्रि वैधनाथ उपाध्याय उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४१।५।२० मा रिट निवेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । उल्लिखित ४ किल्ला भित्रको रैकर खेत खला १, रैकर घरबारी समेत २, कित्ता जग्गा तेर्‍हथुम मालबाट ०१८।७।१८।६ मा निवेदकसँग भोगबन्धकीमा पास गरिलिएको र लिखतमा धान मुरी ३२।१० बुझाउनु पर्नेमा ०४० सालको धान नबुझाएको नगदी जम्मा रु. ६५००। दिलाई भराई मोहीबाट समेत निष्काशन गरिपाउँ भन्ने व्यहोराको विपक्षीहरूले निवेदन भू.सु.का. तेर्‍हथुममा दिएको, मिति ०१८।७।१८।६ को भोगबन्धकी विपक्षीहरूले लिएकोमा ०१९ सालदेखि सालिन्दा धान मुरी ३२।१० बुझाई आएको छु । भोगबन्धकीमा जग्गा दिँदा रु. ३२६३। मा दिएकोले ऋण साधन भइसकेकोले ऋण निश्चित गरिपाउँ भन्ने व्यहोराको निवेदन विपक्षी भू.सु.का. समक्ष दिएकोमा भू.सु.का.बाट ऋण साधन भइसकेको छ भनी मिति ०४०।३।१९ मा निर्णय भएको छ । डाँडो भन्ने रैकर खेत र रैकर टार बारीको ०४० सालको कुत ३२।१० धान मुरी प्र.हरूले नबुझाएकोले दिलाई भराई पाउँ भन्ने वादी र बाली बुझाएको तर भर्पाई नपाएको भन्ने प्र.भएको देखिएकोमा भर्पाई नभएको सम्बन्धमा ऐनका म्यादभित्र उजूर गरेको नदेखिएको र ३२।१० धान मुरी आयस्ता बुझाएको छ भन्न मिलेन वादीले दावी गरेको बमोजिमको कुत बिगो भू.सं.ऐन, २०२१ को दफा २९(३) बमोजिम प्र.हरूबाट भराई लिन पाउने ठहर्छ भनी मिति ०४१।३।२९ मा नै भू.सु.का.ले निर्णय गरेको छ । मिति ०४१।३।२९ को भू.सु.का.को निर्णयले विवादित जग्गाको ऋण साधन भइसकेबाट मैले कुत तिर्न पर्ने होइन । भू.सं.ऐन, २०२१ बमोजिम ऋण निश्चित गरेको अवस्थामा ऐनको दफा ४५ र ५० को प्रतिकूल भई प्रतिवादीबाट कुत भराई लिन पाउने निर्णय बदरभागी छ । भू.सं.ऐनको दफा २९(३) विवादित प्रश्नमा आकर्षित हुन नसक्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) को अवस्थामा मात्र दफा २९ को प्रावधान आकर्षित हुन्छ । प्रस्तुत विवाद दफा २(ख) को होइन । भू.सु.अ.ले ०४१।३।२९ मा गरेको निर्णयले मौलिकहकबाट बञ्चित हुनु परेकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने व्यहोरा उल्लेख गरी रिट निवेदकले जिकिर लिएको रहेछ । २. यस अदालत सिं.बे.को मिति ०४१।५।२२ को आदेशानुसार प्राप्त हुन आएको लिखित जवाफ यस प्रकार छन् । ३. ऋण साधन गर्दा अपनाइएको कार्यविधिमा ०४०। सालसम्मको साहूले खाएको आयस्तालाई ऋण तालिकाबाट देखाइए