निर्णय नं. २३४८ - बन्दी–प्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३४८ - बन्दी–प्रत्यक्षीकरण भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/१३ २५८९ निर्णय नं. २३४८ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको रिट नं. २२४१ विषय : बन्दी–प्रत्यक्षीकरण । निवेदक : जिल्ला स्याङजा घर भै हाल काठमाडौंमा रहेका विश्व सन्देश साप्ताहिकका सम्पादक प्रेम नारायण कोइरालाको हकमा देवेन्द्र चुडाल । विरूद्ध विपक्षी :जिल्ला प्रहरी कार्यालय हनुमानढोका काठमाडौं । प्र.जि.अ. जिल्ला कार्यालय काठमाडौं । आदेश भएको मिति:२०४२।४।१३।१ मा रीतपूर्वकको आदेश जारी गरी थुनुवा पुर्जी समेत दिई थुनामा राखेको कानुन बमोजिमकै देखिँदा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१२) आदेश न्या.गजेन्द्रकेशरी बास्तोलाः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको निवेदन जिकिर एवं तथ्य निम्न प्रकार छन् । २. म निवेदक पत्रकारिता पेशामा संलग्न भएकोले २०४२।१।८ गते बिहान ८ बजे घरबाट प्रेशतिर जान लागेको बखतमा ६ जना प्रहरी आई तपाईलाई डि.एस.पि. साहेबले बोलाएको छ भनी भन्दा किन जानु प्रहरीसँग जान नै पर्छ भने कानुन बमोजिमको पक्राउ पुर्जी देखाउनु होस् भन्दा कुटपीट र धाक धम्की दिँदै मलाई वैशाख ८ गते ९ बजे जिल्ला प्रहरी कार्यालयमा लगी थुनामा राखियो । थुनामा राखेपछि भेटघाट गर्न जाँदा कसैलाई पनि भेटघाट गर्न नदिने र रिट निवेदनमा सहिछाप गर्न समेत नदिएकोले यो निवेदन गर्न आएको छु । विपक्षी कार्यालयले राखी म निवेदकलाई थुनामा राख्नु थियो भने कुन अपराधमा के कारणले थुनामा राख्नु परेको हो सो कुरा खुलाई पुर्जी दिई थुनामा राख्नु पर्नेमा वा अदालतको आदेशले थुनामा राख्नु पर्नेमा त्यसको विपरीत आफन्त मानिसलाई समेत भेटघाट गर्न नदिई नेपाल संविधान धारा ११(१), ११(२), ११(२)(६) र ११(२)(७) द्वारा प्रदत्त वैयक्तिक स्वतन्त्रताको हकबाट बञ्चित हुन परेकोले धारा १६, ७१ अन्तर्गत बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भन्ने रिट निवेदन जिकिर रहेछ । ३. यसमा के कसो भएको हो विपक्षी कार्यालयहरूबाट लिखित जवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्चको मिति २०४२ साल ज्येष्ठ ७ गतेको आदेश रहेछ । ४. सम्पादक प्रेम नारायण कोइरालालाई मिति २०४२।१।८ गते पक्राउ गरेको नभई निज कोइरालाले वर्ष ४ अंक १७ – ०४१ चैत्र २५ गते प्रकाशित विश्व सन्देश नामक साप्ताहिक पत्रिकाको पहिलो पानाको शिरमा “पञ्चायत आर्यघाटमा हत्याराका नेता” चन्द दौडधुप, अपञ्चायती व्यवस्था टिक्दैन आदि लेखी त्यस देखि मुनि अन्धो सरकार मुर्दावाद भन्ने शिर्षक राखी सो शिर्षकको बाँकी सोही पत्रिकाको पाना ८ मा पञ्चायतको लाश लिएर पञ्चहरू नै टुकुचातर्फ प्रस्थान गर्न तत्पर रहेका छन् पञ्चायत मृत्यु नै देखा परेको छ पञ्चायत व्यवस्था कहिल्यै पनि टिक्दैन कुनै पनि हालतमा यसलाई बचाउने कोशिस गरे पनि यसको मृत्यु हुने समय आई सकेको र यसको लाश लिई आर्यघाटमा पञ्चायती व्यवस्थाका ठेकेदारहरूले नै पुर्‍याई दाह संस्कार गर्नेछन् भन्ने समेत उल्लेख गरी समाचार छपाई प्रकाशित गरेको कसूर सम्बन्धमा प्रेम नारायण कोइराला मिति २०४२।१।१० गतेमा पक्राउ गरी सो कसूर सम्बन्धमा सोही १० गते थुनुवा पुर्जी समेत दिई हिरासतमा राखी कार्य पूरा गर्न अ.का.बा.अ.बाट अनुमति पत्र समेत प्राप्त गरी सो सम्बन्धमा सरजमीन समेतको