निर्णय नं. ६००० - लिखत बदर हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६००० - लिखत बदर हक कायम । भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५२/०१/२७ ३५८८ निर्णय नं. ६००० ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ दे.पु.नं. ........ ८४६ फैसला मिति:२०५२।१।२७।४ मुद्दा : लिखत बदर हक कायम । पुनरावेदक/प्रतिवादी:जिल्ला गुल्मी दरबार देवीस्थान गा.वि.स. वा.नं. ६ बस्ने परविर कार्कीको छोरा वर्ष २७ को हुम बहादुर कार्की । विरुद्ध विपक्षी/वादी:जिल्ला गुल्मी दरबार देवीस्थान गा.वि.स. वा.नं. ५ बस्ने गिर बहादुरको छोरा वर्ष १५ को मोहन सिंह खत्री क्षेत्री । ऐ. बस्ने ऐ। को छोरा वर्ष १२ को लेख बहादुर खत्री क्षेत्री । ऐ.बस्ने ऐ. को छोरा वर्ष ८ को फर्से बाहदुर खत्री क्षेत्री । ऐ. बस्ने गिर बहादुरको श्रीमती वर्ष ३० को सीता देवी खत्री । परिवारमा २१ वर्ष नाघेकी स्वास्नी मात्र भए पनि स्वास्नीको मन्जुरी लिनुपर्ने आवश्यकता पर्ने । (प्र.नं. १४) पुनरावेदक तर्फबाट:विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठ विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री किरण कुमार शर्मा अवलम्बित नजीरःX फैसला न्या. सुरेन्द्र प्रसाद सिंहःपुनरावेदन अदालत बुटवलबाट भएको मिति २०४९।८।२३ को फैसला उपर दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. पति बाबु गिर बहादुरले अघि नै आफ्ना बाबुसँग अंश लिई छुट्टि भिन्न भै बस्नु भएको र हामीहरु छुट्टि भिन्न नभएका संगोलमा बसेको अवस्था अर्कि स्वास्नी पट्टिको छोरातर्फ लागि अंशमा हाम्रो हक मेटाउन ७ अंश लाग्ने पुरै सम्पत्ति हामीलाई थाहापता नदिई रु. १७५०० लेनदेन गरी बेदामी रु. ४५,५०० बढ थैली लेखी रु. ६३,००० को राजीनामा पास लिएको छु, यो घर जग्गामा तिमीहरु उठीजानु पर्छ, अब बस्न पाउँदैनौं भनी म सीता देवीसँग भनेकाले हाम्रो सल्लाह मंजुरी वेगर अंशमा हक मेटाउन २०४५।१०।१३ मा मा.पो.का. गुल्मीमा गै नक्कल सारी लिई हेर्दा उल्लेखित कि.नं. ५१६ को जग्गाको रु. २५,००० कि.नं. ५१७ को जग्गाको रु. ३८,००० मूल्य लेखि मेरो मात्र एकलौटी हक लाग्ने भन्ने व्यहोरामा उल्लेखगरी पति बाबु गिर बहादुर दिने हुम बहादुर लिने गरी हाम्रो हक मेटाउन बेदामी रु. ४,५०० बढी अंक लेखी हक निखन्ने २ अंशमा रु १३,००० अंक बढाई सो दुई अंशको बेदामी रु. १३,००० बाटै हामीहरुलाई बाधा परेकाले सो दुई अंशको रु. १३,००० मा उल्लेखित ७ अंशको ५ अंश लिखत बदर गराई पाउँ भन्ने समेतको फिरादपत्र । ३. फिराद दाविका राजिनामा बमोजिमको जग्गा गिर बहादुरले पैतृक सम्पत्ति विक्री गरी परेको धनबाट खरिद गरेको नभै प्र. गिर बहादुर शिक्षक पेशामा रही व्यापार विजनेशगरी कमाएको धनले कृष्णबहादुर दर्जीबाट राजिनामा पास गरी लिएको जग्गा हो । निजी आर्जन कमाईको सम्पत्ति गिरबहादुरले आफूखुस विक्री व्यवहार गर्न पाउने हुँदा फिरादीहरुको मन्जुरी लिन नपर्ने र फिरादी सीता देवी समेतको सल्लाह र सहमतिबाट मैले रु. ६३,००० प्र. गिर बहादुरलाई गनि बुझाई राजिनामा पास गरी लिएको हुँ । बादीहरुको अंश हक मेटाउने समेत कुनै बदनियतद्वारा राजिनामा लिएको होइन, वादी दावी बमोजिम लिखत बदर हुनुपर्ने होइन भन्ने समेत प्र. हुमबहादुर कार्कीको प्रतिउत्तरपत्र । ४. अंश लिएको जग्गा विक्री गरी सो बाट परेको रुपैया र अंश पाएको चल नगद सम्पत्तिबाट समेत अंचलजग्गा ०३८।७।२० मा होम बहादुर बस्नेतलाई बिक्री गरी सो अंश बिक्री गरेको रुपैयाबाट गोपाल सिंह सुवेदीबाट ०३९