निर्णय नं. २३५० - हरहिसाब
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३५० - हरहिसाब भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/१० २५४१ निर्णय नं. २३५० ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ५४८ मुद्दा : हरहिसाब । पुनरावेदक/वादी: काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल इटोल बस्ने दामराज श्रेष्ठको मु.स.गर्ने ऐ.ऐ.बस्ने माधव राज श्रेष्ठ । विरूद्ध विपक्षी/प्रतिवादी:श्री ५ को सरकार गृह मन्त्रालय, सिंहदरबार । फैसला भएको मिति:२०४२।३।१०।२ मा अनिश्चित वादी दावीबाट अदालतले इन्साफ गर्न नमिल्ने हुँदा दावी खारेज हुने । (प्रकरण नं.१३) फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर वादीले पुनरावेदनको अनुमतिका लागि दिएको निवेदनमा अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. चामल मन २९१७ कटारीबाट ओखलढुङ्गा ल्याउन ०२३ सालमा ढुवानीको ठेक्का सगरमाथा अञ्चलाधीश कार्यालयबाट लिई पेश्की स्वरूप ५१,४४५।५ पाई ढुवानी काम पूरा भएको, चामल पुर्याए पछि बिक्रीको ठेक्का लिई कबुलियत बमोजिम चामल बिक्री गरिआएको रूपैयाँ बुझाई आएको । ०३६।५।१० को पत्रबाट चामल मन २९१७ मध्ये सोलु जिल्लालाई छुट्याइएको मन ८०० कटाई बाँकी २११७ मध्ये चामल बिक्री भएको १९६४ मनको रुपैयाँ बुझाई सकेको हुँदा चामल मन १५३ बाँकी छ भन्ने प्रष्ट छ त्यसपछि पटक–पटक गरी बाँकी चामलको रु. १०७१०। पनि चुक्ता बुझाई सकेको भई सोलु जिल्लालाई छुट्याएको चामल मन ३५५। बाहेक अरु हिसाब फछर्योट भइसकेकोमा चामल मन ६३० बाँकी भनी ०२६।६।१२ मा लेखिएको पत्रमा र मसँग बाँकी छैन भनी ०२६।७।१० गते जवाफ दिएको पनि छ । चामल मन ९५५ को रु. गहना समेत जबरजस्ती झिकी घरबाट निकाली सो घर धुलिखेलको घर समेत ०२६।७।१३ मा रोक्का राखी दिएबाट मैले निवेदन गरी कारवाही हुँदा पनि बाँकी नै छ भन्ने ०२८।१।१० गते सूचना पाएकोले फिराद गरेको छु । सोलुलाई छुट्याएको चामल मन ३५५ बाहेक अरु बाँकी नभएको हुँदा सक्कल श्रेस्ता हेरी जाँची हिसाब गरी बुझाई सकेको कायम गरी रोक्का राखेको अचल जेथा खुलाई बिक्री गर्न राखेको कपडा समेतको रु. २५,०००। पर्ने कपडा समेतका मालसामानहरू र घर समेत बिगारी नोक्सान पारेकोले हर्जाना क्षतिपूर्ति रु. १०,०००। समेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको ०२८।७।१७।४ को फिराद दावी । ३. चामल मन २९१७ ढुवानी ठेक्का लिई रु. ५१,४८५।५ पेश्की लिई चामल बिक्रीको पनि निज दामराजले ठेक्का लिएकोमा ओखलढुङ्गामा पटक–पटक गरी चामल मन १४८७ को रु. १०४०९०। दाखिल गरेको ओखलढुङ्गा मालको जवाफबाट देखिन्छ । सोलुलाई छुट्याएको चामल मन ८०० र ओखलढुङ्गाको निमित्त चामल मन २११७ मध्ये दाखिल भएको १४८७ मा कटाउँदा चामल मन ६३० र सोलुको चामल मन ८०० मध्ये पहिलो पटक ३०० मन र दोश्रो पटक १४५ मन पठाएको भन्ने दामराजको निवेदन भए पनि चामल मन, ३०० मात्र पुगेको र चामल मन १४५ सोलु पुगे नपुगेको खबर आएको छैन सो कटाउँदा पनि चामल मन ३५५ बाँकी नै छ । चामल मन २९१७ ढुवानी गर्नुपर्ने, सोलु र ओखलढुङ्गामा बिक्री वितरण गरी बाँकी भएको चामलको जाँच गर्दा चामल बाँकी नदेखिएकोले कटारीबाट पूरा चामल नल्याएको भन्ने प्रष्ट भयो । चामल मन ९८५ को रु. ६८,९५०। ढुवानी पेश्की मध्येको बाँकी रु. १७,३८५।२५ बोराको रु. २४००। समेत जम्मा रु. ८८७३५।२५ ठे.दामराजसँग बाँकी हुँदा बुझाउन ल्याउनु भनी सूचना द