निर्णय नं. ६००२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६००२ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/१२/२३ २८८१ निर्णय नं. ६००२ ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह २०४७ सालको रि.नं. ८२० आदेश मिति:२०५१।१२।२३।५ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पा. अर्न्तगत कालिमाटी घर भै त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रिय शिक्षण विभाग किर्तिपुरको सहप्राध्यापक पदमा कार्यरत डा. पूर्णनाथ मिश्र । विरुद्ध विपक्षी :नतिजा प्रकाशन विशेष समिति, त्रि.वि.वि. किर्तिपुर । छनौट समिति त्रि.वि.वि.किर्तिपुर । पनरावेदन आयोग,त्रि.वि.किर्तिपुर। डा.श्रीमती जीवन श्रेष्ठ,प्राणीशास्त्र केन्द्रिय शिक्षण विभा,किर्तिपुर । डा.चन्द्र प्रसाद गोर्खाली प्राणीशास्त्र केन्द्रिय शिक्षण विभाग,किर्तिपुर । ऐन बमोजिम छनौट समितिको काम कर्तव्य अधिकार प्रयोग गर्न सक्ने अधिकार पाएको उपकुलपति अध्यक्ष भएको समितिले नतिजा प्रकाशन नगरी अन्तरवार्ता तथा नतिजा प्रकाशन विशेष समतिले नतिजा प्रकाशन गरेको काम अधिकारविहिन समितिबाट भएको देखिंदा उक्त सिफारिस तथा सो सिफारिसको आधारमा भएको नियुक्ति समेत उत्प्रेषणको आदेशबाट बदर हुन्छ भन्ने संवत २०४७ सालको रिट नं. १०८० को उत्प्रेषण मुद्दामा यस अदालतको विशेष इजलासबाट सिद्धान्त समेत प्रतिपादित भएको देखिन्छ । तसर्थ मिति २०४७।५।३ मा नतिजा प्रकाशन विशेष समितिले गरेको काम कारवाही अधिकारविहिन समितिबाट भएको देखिंदा उक्त सिफारिस तथा सो सिफारिसको आधारमा भएको नियुक्ति समेत निवेदकको हकमा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ११) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा । विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री प्रचण्डराज अनिल । अवलम्बित नजीरःX आदेश न्या. रुद्र बहादुर सिंहः तत्कालको नेपालको संविधान,२०१९ को धारा १६, ७१ अन्तरगत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. त्रिभुवन विश्वविद्यालयद्वारा मिति २०४५।२।२५ को गो.प. मा प्रकाशित विज्ञापन नं. १।०४४।०४५ र मिति २०४६।१।१४ को गो.प.मा प्रकाशित विज्ञापन नं. ६।०४५।०४६ अनुसार प्राणीशास्त्रको प्राध्यापक पद २ मा योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएको थियो । सो २ पदमा म्यादै भित्रै म निवेदकले आफ्नो योग्यता दशाई दरखास्त फारम भरी अन्तरवार्तामा समेत उपस्थित भएको थिए । त्रिभुवन विश्व विद्यालयबाट प्रकाशित भएको विज्ञापन नं. १।०४४।०४५ र विज्ञापन नं. ६।०४५।०४६ अनुसार प्राणि शास्त्र विषयको प्राध्यापक पदमा आवेदन दिई अन्तरवार्तामा उपस्थित भै नियुक्तिको लागि योग्य ठहरिएको उम्मेदवारहरु सिफारिस गर्ने सिलसिलामा श्रीमान उपकुलपतिको उपस्थितीमा शिक्षाध्यक्षको अध्यक्षता मिति २०४७।५।३ मा बसेको नतिजा प्रकाशन विशेष समितिको बैठकले विज्ञापन नं. १।०४४।०४५ मा डा. चन्द्र प्रसाद गोर्खाली र विज्ञापन नं. ६।०४५।०४६ मा डा. श्रीमती जिवन श्रेष्ठ लाई सिफारिस गरेको भनी सूचना प्रकाशित भयो । सो बढुवाको सिफारिस उपर पुनरावेदन आयोग समक्ष पुनरावेदन दिंदा त्रि.वि.वि. सो आयोग सो शर्तको लागि मात्र गठन भएको र त्रि.वि.वि. को छनौट प्रक्रिया त्यस आयोगको परिधि भित्र नपरेको हुँदा कारवाही गर्न नमिल्ने भनी पुनरावेदन दर्ता अस्विकार गरियो। त्रिभुवन विश्व विद्यालय ऐन, २०२८ को दफा १५ (क) ले विश्वविद्यालयको शिक्षकको नियुक्तिको लागि सिफारिस गर्न विश्वविद्यालय सभाले छनौट समितिहरु गठन गर्ने र