निर्णय नं. २३५१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३५१ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/१० २२१३ निर्णय नं. २३५१ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ६८३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:भोला हरिजनको जाहेरीले श्री ५ को सरकार । विरूद्ध प्रत्यर्थी/प्रतिवादी:रुपन्देही जिल्ला पर्सा गा.पं.वा.नं. १ बस्ने मुन्केशर भन्ने मुन्द्रामणिराज हरिजन। ऐ.ऐ बस्ने तिजिया भन्ने तिजकुमारी हरिजन । फैसला भएको मिति :२०४२।३।१०।२ मा ज्यान जस्तो गम्भीर अपराधमा केवल शंका र अनुमानको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर्‍याउन नमिल्ने । (प्रकरण नं.२२) फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः पश्चिमान्चल क्षेत्रीय अदालतको मिति २०४१।२।२१।१ को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. ०३६ सालकार्तिक २ गते शुक्रबारको रात अं.१२ बजे गाउँमा डाँका भयो भन्ने हल्ला सुनीजाँदा बदमाशहरू भागी सकेका रहेछन् । दुलारी हरिजन र निजको छोरा रामकिशुनलाई बदमाशहरूले तिखो वस्तुले काटी मारेको र कसले हत्या गर्‍यो पत्ता लाग्न नआएबाट लाश सुरक्षित राखी जाहेर गरेको छु । लाश जाँच गरी सतगत गर्न जिम्मा पाउँ भन्ने समेत वार्ड अध्यक्ष रामनारायण गुप्ताको ०३६।७।३ को जाहेरी दर्खास्त । ३. दिदी दुलारी हरिजनले विपक्षी मुद्रामणि हरिजन उपर अंश पाउँ भनी मुद्दा गरी दुलारीले अंश पाउने ठहरी फैसला भएको र २०३५ सालको बाली समेत रोक्का गरिदिएकोले विपक्षी मुद्रामणि हरिजन र निजको आमाले मार्छु भनी हिंडेकोले दिदी दुलारी डरले भाग्दा रामकिशुनलाई लिई रामजितको घरमा सुत्ने बस्ने गर्दथिन् । ०३६ साल कार्तिक २ गते रात अं. ११।। बजे डाँका भयो भन्ने हल्ला सुनी जाँदा रामजित हरिजनको घरमा दिदी दुलारी र भान्जा रामकिशुनको मृत्यु भएको र रामजित र निजको स्वास्नी घाइते भएको देखें बदमाशहरू भागी सकेका रहेछन् । मुन्द्रामणि र निजकी आमा भोलि पल्टदेखि बेपत्ता भएको बुझिएको र दिदी सुत्ने खाटको सिरानामा झोलाभित्र भान्जा रामकिशुनको आफ्ना हस्ताक्षरबाट लेखेको पत्रमा उल्लेख भएको संदिग्ध व्यक्तिहरूको सहयोग लिई मुन्द्रामणि र निजकी आमा तिजिया भन्ने तिलेश्वरीलाई पक्राउ गरी कारवाही गरी सजायँ गरिपाउँ भन्ने समेत मिति ०३६।७।४।१ को भोला हरिजनको जाहेरी दर्खास्त । ४. दायाँ कान बीचदेखि च्यूडोसम्म काटी घाँटी समेतको मासु छिनिएको कान समेत च्यातिएको ५” लम्बाई, ४” चौडाई, ३” गहिरो घाउ भएको भन्ने समेत दुलारी हरिजनको र कानमा पछाडि ६ इञ्च लम्बाई, १ इञ्च चौडाई, आधा इञ्च गहिरो धारिलो हतियारले काटेको घाउ उक्त घाउको बीचमा हड्डी समेत फोडिएको देखिएको उक्त बायाँ कानको तल गालामा तिखो हतियारले घोचेको घाउ भएको भन्ने समेत रामकिशुन हरिजनको मिति ०३६।७।३ को लाश प्रकृति मुचुल्का। ५. शरीर छियाछिया भई मृत्यु भएको भन्ने समेत मिति ०३७।७।४।१ को लाश जाँच प्रतिवेदन । ६. मुन्द्रामणि र दुलारी हरिजनको अंश मुद्दा परी दुलारीले आधा अंश पाउने ठहराई ०३५ सालको बाली रोक्का गरी राखेकोले मार्छु भनी हिंडेकोले डरले दुलारी र रामकिशुन मेरो घरमा सुत्न आउँथे । ०३६ साल कार्तिक २ गते अं. ११ बजे दुलारीको आवाज सुनी जाँदा नचिनेका बदमाशहरू मलाई जोखिमी तिखो हतियारले प्रहार गरी चोट पुर्‍याएको र दुलारी र रामकिशुन हरिजन समेतलाई बदमाशहरूले कर्तव्य गरी मारेको र मर्नु अग