निर्णय नं. २३५२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३५२ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०३/२५ २११७ निर्णय नं. २३५२ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं.७७१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी:लक्ष्मण तेलीको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:जि.नवलपरासी तिलकपुर गा.पं.वा.नं. १८ बस्ने लालचन तेली । ऐ.ऐ बस्ने गुलावचन तेली । फैसला भएको मिति : २०४२।३।२५।३ मा जाहेरवाला तथा निजका दाजु तथा आमाको विवादास्पद गवाही बाहेक यी प्रतिवादीहरूले नै जाहेरवालाको बाबुलाई कर्तव्य गरी मारेको भन्ने कुनै ठोस सबूद प्रमाण मौजूद भएको मिसिलबाट देखिँदैन । यस स्थितिमा प्रतिवादीले सफाई पाउने । (प्रकरण नं.१६) पुनरावेदक तर्फबाटःX विपक्षी तर्फबाट :विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०३७।८।१५ गतेका दिन साँझको खानपिन गरी हामी सबै परिवार सुत्न गएका मेरो बुबा रघु तेली र म समेत भई एउटै खाटमा सुती निदाएको अवस्था रातको अं. १२ बजे समयमा बदमासहरू आई मेरो बाबुलाई एकजनाले नमालुम के चिजले हान्दा मरे बाबा भनी बाबु कराएको आवाजले निद खुल्न गई हेर्दा लालचन तेली, गुलावचन तेली समेतलाई चिने बुबालाई मारपीट गर्दै घरबाट बाहिर लतार्दै लगेर लालचनले मलाई समेत प्रहार गर्दा मेरो बायाँ हातको नाडीमा लाग्न गई म बाहिर भागेँ आँगनमा ४–५ जनालाई देखेँ । हल्ला गर्दा निजहरू गाउँ देखि उत्तरतर्फ भागी गए र बुबाको नजिक गई हेर्दा मृत्यु भइसकेको रहेछ लालचन तेली र गुलाव तेलीलाई प्रहरीद्वारा पक्राउ गरी कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत लक्ष्मण प्रसाद तेलीको जाहेरी दर्खास्त। ३. छातीमा दूध देखि तल अं. २ इन्च लम्बाई दुई इन्च गहिरो घाउ र सो देखि अं. चार इन्च तल अर्को घाउ, दायाँ गोडाको घुँडा माथि साप्रामा दुई इन्च गोलाई साढे एक इन्च गहिरो घाउ सो देखि तल ४ इन्च र माथि कम्मर सम्म आगोले पोलेको घाउ, दाहिने गोडाको साँप्रोमा अं. डेढ इन्च गोलाई ७ इन्च गहिरो तिखो हतियारले घोचेको घाउ भएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. ०३७।८।१५ को दिनभरि म आफ्नो घर र खेतमा खाद बोकेको र धानको भारी बोक्ने काममा थिएँ । मैले रघु तेलीलाई कर्तव्य गरी मारेको समेत होइन भन्ने समेत गुलावचन तेलीले गरेको बयान । ५. ०३७।८।१५ गतेको रात दिन म आफ्नै घरमा छु । मेरो ससुरा नाता पर्ने रघु तेलीलाई कर्तव्य गरी मारेको छैन । को कसले परिबन्द मिलाई किन मारे थाहा छैन भन्ने समेत लालचन तेलीले गरेको बयान । ६. लालचन र गुलावचन तेली समेतले रघु तेलीलाई कर्तव्य गरी मारेमा शंका लाग्छ भन्ने समस्त सरजमीनको व्यक्तिहरूको लेखाई दिएको सरजमीन मुचुल्का । ७. संकलित सबूद प्रमाणबाट रिसइवी साधन गर्नको लागि प्रतिवादीहरूले रघु तेलीलाई भाला आदि धार भएको हतियारले घोची रोपी कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले प्र.लालचन तेली र गुलावचन तेलीलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ हुन माग दावी गरिएको प्रहरी प्रतिवेदन । ८. म र लालचन समेत रघु तेली मरेको भन्ने राति आफ्नो घरमा नै बसेका छौं जाहेरवालाका घरमा गएको होइनौ रघु तेलीलाई मैले मारे मराए