निर्णय नं. ६००३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६००३ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५२/०२/०८ २४७२ निर्णय नं. ६००३ ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०५० सालको रिट नं. ३०३४ आदेश मिति:२०५२।२।८।२ विषय : उत्प्रेषण । निवेदक :श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषमा कार्यरत का.जि.का.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने वर्ष ३५ की मनिता गुरुङ । विरुद्ध विपक्षी :श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष मुकाम ल.पु.न.पा. वडानं. ४ ललितपुर जावलाखेल समेत । जुन विनियमको आधारबाट निवेदकलाई अवकास दिएको हो सो विनियम नै श्री ५ को सरकारबाट स्वीकृत नभएको अवस्थामा सो आधार लिई निवेदकलाई विपक्षी कोषको सदस्य सचिवको सेक्रेटरी पदबाट अवकास दिएको कार्य कानून सम्मतः नभई त्रुटीपूर्ण देखिने । (प्र.नं. १३) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री सुशील कुमार पन्त । विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री त्रिभुवन भट्ट । अवलम्बित नजीरःX आदेश न्या. रुद्र बहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. म निवेदिका ई.स. १९८६ अगष्ट महिना देखि प्रत्यर्थी कोषमा अफिस सेक्रेटरी पदमा कार्यरत रही मिति २०४४।४।२० मा मेरो परिक्षणकाल समाप्त भएकोले मेरो कार्य सन्तोषजनक हुँदा स्थायी नियुक्ति गरी इमान्दारी पूर्वक कार्य गरी आएकी थिए । यसै बीचमा अकस्मात मलाई ई.स. १३ डिसेम्बर १९९३ मा विपक्षी सदस्य सचिवले श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको कर्मचारी नियमावलीको नियम ६१.२ को उल्लेख गरी पदबाट मुक्त गरिएको पत्र दिईयो । जसको विरुद्धमा मैले कोषको अध्यक्षज्यूसँग निवेदन गर्न खोज्दा विपक्षी सचिवज्यूले निवेदन नै दर्ता गर्न दिनु भएन । यसरी मलाई नोकरीबाट हटाउने गरेको कार्य निम्न बमोजिम त्रुटीपूर्ण छ । ३. कोषको कर्मचारी सम्बन्धी नियमावली बमोजिम कर्मचारीको सेवा अन्तरगत यात पद नै खारेज भएको हुनु पर्ने या मेरो सेवा आवश्यक नभएको हुनुपर्ने व्यवस्था छ । मलाई सेवा मुक्त गरी दिएको पत्रमा के कुन कारणबाट मलाई पद मुक्त गरिएको हो सो खुलेको छैन । नियमावली बमोजिम मेरो पद Officer 3rd (M3) vi भन्ने उल्लेख भएको र त्यस्तो पद नियम ४.२ बमोजिम अध्यक्षको सहमतिले सदस्य सचिवले पूर्ति गर्ने प्रावधान भएकोले सेवा मुक्त गर्न पनि अध्यक्षको सहमती आवश्यक पर्छ जुन कुरा मेरो सन्दर्भमा लागू भएको छैन । त्यसमा पनि "if any employees service is not necessary for the trust or in the case of repealing any post, retirement may be given to such employee after paying 6 month salary भनी नियमावलीको नियम ६१(२) मा स्पष्ट व्यवस्था गरिएको छ । सो बमोजिम मलाई सेवाबाट हटाउँदा के कति कारणले मेरो सेवा कोषलाई आवश्यक नपरेको हो ? सो उचित कारण खुलाउनु पर्छ । सो नखुलाई मलाई पदमुक्त गरेको विपक्षीको काम कारवाही स्वेच्छाचारी सिवाय केही होइन। ४. तसर्थ विपक्षीको उक्त काम कारवाहीबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२ र नागरिक अधिकार ऐन, २०१२ को दफा ३, ६, (७) द्वारा प्रत्याभूत रोजगार, पेशा व्यवसाय गर्न पाउने मेरो हक कुण्ठित भएकोले अन्य वैकल्पिक उपचारको बाटो नहुँदा सम्मानित अदालत समक्ष यो निवेदन पत्र लिई उपस्थित भएकी छु । मलाई सेवा मुक्त गर्ने विपक्षीको १३ डिसेम्बर १९९३ को पत्र उत्प्रेषणको आदेशले बदर गरी पुनः सेवामा बहाल