निर्णय नं. २३५३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २३५३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४२/०४/०७ २२३६ निर्णय नं. २३५३ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं.१३२२ विषय : उत्प्रेषण । निवेदक :जि.पर्सा घोरे गा.पं. वडा नं.६ को हाल वडा नं.२ बस्ने सुब्बा सहनी मलाहा । विरूद्ध विपक्षी :भूमि सुधार कार्यालय पर्सा वीरगन्ज समेत । आदेश भएको मिति:२०४२।४।७।२ मा मोहियानी लगत कट्टा गर्ने सम्बन्धमा भएको कारवाही विषयमा कीर्ते जालसाजी मुद्दा जिल्ला अदालतमा दिएको छु भन्ने उल्लेख गरेको देखिँदा रिट क्षेत्रबाट बोल्न नमिल्ने । (प्रकरण नं.९) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल तथा विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. निवेदक विपक्ष मध्येका रामवृक्ष महतो कोइरीका बाबु धर्मदेव महतो कोइरीको नाउँमा दर्ता रहेको जि.पर्सा गा.पं. घोरे वडा नं. २ कि.नं. २६ को ०–५–३ र ऐ. वडा नं. ९ कि.नं. ६७ को ०–२–० समेत जम्मा २ कित्ता जग्गा भू.सं.ऐन प्रारम्भ हुनु पूर्व देखि मोही भई आफू र आफ्नो परिवारको श्रम लगाई जोती आएको र भूमिसम्बन्धी ऐन प्रारम्भ भएपछि जो.अ.नि. तथा मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरी जोती कमाई अद्यापि पनि आएको छु । यसै बीच उक्त जग्गामा निवेदकले लगाएको धान बाली यही ०४१ साल आषाढ २२ गते गोडमेल गरी उक्त जग्गामा जाँदा विपक्षी मध्येका रामवृक्ष महतो कोइरीले यी जग्गामा अब तिम्रो कुनै हक छैन तिम्रो मोहियानीको हक तिमीले आफैंले छाडी सकेको हुँदा मोहीयानी हकको लगत कट्टा समेत गरी सकेको छ भनी जग्गामा बाली नाली समेत गोडमेल तथा लगाउन नदिई जबरजस्ती गरेकोले मेरो मोहियानी हकको लगत के कसरी कट्टा भएछ त भनी विपक्षी भू.सु.का. मा बुझ्दा निवेदकको नाउँबाट २०२८ साल वैशाखमा मोही जग्गाको हक छाड्नेबारे विषय राखी व्यहोरामा धर्मदेव महतो कोइरीका नाउँमा रहेको जग्गा अघि देखि मैले आवाद गरी अब उक्त जग्गा आवाद गर्न बेरामीबाट र खेती खर्च गर्न नपुग्ने भई सारै मर्का भएकोले मोही जग्गा छाड्न निवेदन गर्न आएको छु । उक्त जग्गा आवाद गर्न जग्गाधनीलाई सूचना दिनु भई उक्त जग्गाको हर्जाना बाली मबाट लिन नपाउने गरिपाउँ भन्ने निवेदन निवेदकको नाउँबाट दिलाइएको रहेछ । विपक्ष भू.सु. कार्यालयले २०२८ सालको बालीदेखि जोत्न सक्दिन भन्ने मोही सुब्बा सहनी मलाहाले निवेदन दिई निज मोहीले मोही राजीनामा गरेको भन्ने ०२८।१।२० मा पत्र समेत प्राप्त भएकोले निज मोहीको नाउँको मोही लगत ज.ध.प्र.पू. र मोठ श्रेस्ताबाट कट्टा गरिदिन हुन सूचित गरिन्छ भन्ने मिति ०२८।४।२४ मा पत्र मोठ तथा श्रेस्ता शाखा तत्कालीन भू.सु.का. पर्सालाई लेखेको रहेछ । जसको जानकारी निवेदकले आजसम्म प्राप्त गरेको छैन र निवेदकलाई जानकारी छैन निवेदकले जग्गा जोती आई नै रहेको थिएँ । विपक्ष कार्यालयबाट ०४१ साल आषाढ २१ गते पर्चा खडा गरी पूर्व निर्णय बमोजिम मोही लगत कट्टा बारेमा निर्णय गरिएछ । सो निर्णय पश्चात मात्र विपक्षले जग्गामा हस्तक्षेप गर्न आएकोले विपक्ष भू.सु.कार्यालयमा गई ०४१।३।२३ मा सम्पूर्ण कागजात सहितको नक्कल रीतपूर्वक सारी सराई लिए पछि उल्लिख