निर्णय नं. २३५४ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २३५४ - ज्यान भाग: २७ साल: २०४२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०४२/०५/०४ २१७७ निर्णय नं. २३५४ ने.का.प. २०४२ अङ्क ५ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.फु.नं.१० मुद्दा : ज्यान । पुनरावेदक/वादी:चक्र बहादुर बुढा मगरको जाहेरीले श्री ५ को सरकार । विरूद्ध विपक्षी/प्रतिवादी:जि.कैलाली पण्डोलगा.पं.वडा नं.२ पाल्सा घर भै हाल निगाली गा.पं.सल्ले खोला बस्ने झल्ली भन्ने तुल्सी मगर्नी । ऐ.ऐ बस्ने कमारा भन्ने कर्ण बहादुर थापा मगर। ऐ. पण्डोल गा.पं. वडा नं.२ पाल्सा बस्ने जगदेव रोका । ऐ.ऐ बस्ने च्याण्टी भन्ने असमाली थामी मगर्नी । ऐ. निगाली गा.पं. वडा नं. ९ बस्ने जीत बहादुर थापा मगर । फैसला भएको मिति:२०४२।५।४।३ मा कसूरदार आफैं सावित भई अन्य अभियुक्तहरूलाई पोलेको देखिएको समेतबाट यस्तो अवस्थामा ज्यानसम्बन्धीको २० नं. बमोजिम जहिले पनि मुद्दा चल्न सक्ने नै देखिँदा दुई वर्षभित्र उजूरी नपरेको भनी मुद्दा खारेज गर्न मिल्ने देखिँदैन । (प्रकरण नं.३९) फैसला का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चसमक्ष पेश हुँदा मा.न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०३० साल बैशाख महिना हो गतेको याद भएन भूत लागी मेरो माहिली आमाको हिजो राति मृत्यु भयो भनी कमारा थापा मगरले म र गाउँको मानिसलाई भनेकोले घटनास्थलमा गई लाशलाई जलाई घरमा आएको, ०३४ साल फाल्गुण १२ गते म र पण्डोल गा.पं.को पं.स. सहवीर घर्ती मगर भएको ठाउँमा आई जगदेउ रोक्का मगरले तिलसरी मगर्नीलाई जीत बहादुर थापा मगरले मार्ने भन्ने आदेश दिई झल्ली मगर्नी समेतले कर्तव्य गरी मारेको हुन् भनी मसँग भनेको हुँदा जाहेर गरेको छु, निज जगदेउ रोक्का मगर समेतलाई पक्री कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने चक्रबहादुर बुढा मगरको जाहेरी । ३. जीत बहादुरका आर्डर बमोजिम झल्ली मगर्नी समेतका ५ जनाको कर्तव्यबाट तिलसरी मगर्नीको मृत्यु हुन गएको भन्ने बुझिएकोले निजहरू माथि उचित कारवाही गरिपाउँ भन्ने पण्डोल गा.पं.को पत्र । ४. तिलसरी मगर्नीलाई जीत बहादुरका अर्डर बमोजिम झल्ली मगर्नी समेतले कर्तव्य गरी मारेको हो भन्ने जाहेरवाला चक्रबहादुरले प्रहरीमा गरेको कागज । ५. ०३० साल बैशाख महिना हो गते बारको थाहा छैन पाल्सा गाउँको दक्षिणतर्फ गहुँ झार्ने खरियानमा मर्ने तिलसरी मगर्नी, म र जयबहादुर रोका समेतका गहुँ झार्न खरियानमा सुतेका अवस्था ऐया भनी कराएको आवाज सुन्दा टाउको उठाई हेर्दा सौतेनी आमा तुल्सी मगर्नी तिलसरीको छातीमा चढी रहेकी, च्यान्टीले हात समातेकी, जयबहादुरले घाँटी दवाई रहेको थियो । तिलसरी मरेपछि यो कुरा कसैसँग नभन्नु भूत लागि मरेको भन्नु भनी यौटा कुखुरालाई काटी त्यसको रगतमा सबैले औंला डुबाई भूतले खायो भनी प्रचार गरेका हुन् । त्यसबखत जीत बहादुर घरमा थिएन भन्ने कमारा मगरले प्रहरीमा गरेको कागज । ६. झल्ली भन्ने तुल्सी मगर्नी, च्याण्टी मगर्नी र कमारा भन्ने कर्ण बहादुर समेत ३ जना भई तिलसरीलाई घाँटी दबाई मारेका हौं मार्ने बेला जगदेउ त्यहाँ थिएन । कुखुराको रगतमा सबैले औंला चोपी भूत लागि मृत्यु भएको भनी गाउँमा हल्ला गरेको हो वास्तविक कुरा कसैसँग भनेनौं तिलसरी मर्ने बेला जीत बहादुर घरमा थिएन भन्ने च्याण्टी मगर्नीले प्रहरीमा