निर्णय नं. ६००४ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६००४ - उत्प्रेषण समेत भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/१२/२२ २५७१ निर्णय नं. ६००४ ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५० सालको रिट नं. २८४२ आदेश मिति:२०५१।१२।२२।४ विषय : उत्प्रेषण समेत । निवेदिका:झापा जिल्ला सतासीधाम गा.वि.स. वडा नं. ६ बस्ने वर्ष ५३ को ओम कुमारी खरेल । विरुद्ध विपक्षी :मालपोत कार्यालय झापा भद्रपुर । मेन्टेनेन्स नापी शाखा झापा चन्द्रगढी । झापा जिल्ला सतासीधाम हा.वि.स. वडा नं.६ बस्ने वर्ष ४८ को टिकाराम कार्की । ऐ.ऐ बस्ने अन्दाजी वर्ष ४० की उर्मिला देवी श्रेष्ठ । कित्ता काट्ने कार्यबाट प्रभावित हुने निवेदिकालाई सुन्ने भन्ने मौका दिएर मात्र निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरी संशोधन कित्ताबाट गरेको त्रुटीपुर्ण देखिंदा सो मिति २०४९।३।२१ को मालपोत कार्यालय झापाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । कानून बमोजिम गर्नु भनी विपक्ष कार्यालयका नाममा परमादेशको आदेश जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री हरि प्रसाद उपे्रती । विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता सुश्री शारदा बज्राचार्य । अवलम्बित नजीरःX आदेश न्या. ओमभक्त श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. मैले मिति २०३८।२।१४ मा मालपोत कार्यालय झापाको र.नं. ७१८२ बाट टंकमाया खरेलसँग राजीनामा पास गरी लिएको साविक शिवगंज हाल सतासीधाम गा.वि.स. वडा नं. ७ अन्तर्गत पर्ने कि.नं. २३४२ को १–९–० जग्गा मेरो हक भोगको जग्गा भएकोले उक्त जग्गा मध्येबाट कित्ताबाट गरी मैले विभिन्न व्यक्तिहरुलाई जग्गा हस्तान्तरण गरी बाँकी रहन गएका हाल कि.नं. ३७६३, ३७६४, ३७६५ र ३७६६ गरी जम्मा १–३–१० जग्गामा मेरो हक भोग कायम भै रहेको थियो । टिकाराम कार्कीले मेरै दाता टंकमाया खरेलसँग मालपोत कार्यालय झापाको र.नं. ७१७० बाट राजीनामा पास गरी लिएको साविक शिवगंज हाल सतासीधाम गा.वि.स. वडा नं. ७ ग कै कि.नं. २३४१ को ०–२–० जग्गाको नक्सा ७५ फिट राजमार्ग बाटो छाडी कित्ता काट्नु पर्नेमा राजीनामा लिखत बमोजिम कित्ता नकाटी राजमार्ग सँगै रेखा जोडी कित्ताबाट भएको स्पष्ट भई उल्लेखित जग्गाको राजीनामा बमोजिम कित्ताकाट गराई नक्सा कायम गराई पाउँ भन्ने व्यहोराको निवेदन मुताविक मालपोत कार्यालय झापाको मिति २०४९।३।२१ को निर्णय अनुसार मेन्टेनेन्स नापी शाखा झापालाई पारित लिखत बमोजिम कित्ताकाट गर्न आदेश भए अनुसार मेन्टेनेन्स नापी शाखा झापाबाट कित्ताकाट गर्ने काम भएको कुरा मिति २०५०।४।६ मा नक्कल लिई थाहा हुन आयो । ३. राजीनामा लिखत बमोजिम पहिले नै कित्ताकाट भै सकेकोमा कुनै त्रुटी भए उसै बखत सच्याउनु पर्नेमा सो नगरी नक्सा सुधार संशोधन क्षेत्रफल सुधार जस्ता कार्यहरु कानून विपरित भएको प्रष्ट छ । मालपोत कार्यालयलाई सो गर्ने अधिकार नभएकोले यस्तो गैरकानूनी कार्य अ.वं. ३५ नं. बमोजिम बदरभागी छ । साथै सिमाना संशोधन गर्ने अधिकार मालपोत कार्यालयले लिने हो भनेपनि सो कार्यबाट असर पर्ने म निवेदिकालाई बुझ्दै नबुझी सुनुवाईको मौकाबाट वञ्चित गरी प्राकृतिक न्यायको सिद्धान्त विपरित गरिएको कारवाही त्रुटीपूर्ण छ । अर्को तर्फ राजीनामा लिखतको कैफियत व्यहोरामा कि.नं. ८८१ को ४ किल्