निर्णय नं. ६००६ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६००६ - भ्रष्टाचार भाग: ३७ साल: २०५२ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५१/१२/०७ ३५०२ निर्णय नं. ६००६ ने.का.प. २०५२ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय २०५० सालको फौ.पु.नं. ६९५ फैसला मिति : २०५१।१२।७।३ मुद्दा : भ्रष्टाचार । पुनरावेदक/वादी: विशेष प्रहरी विभागको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी: धनुषा जिल्ला, जनकपुर न.पा. वडा नं. १ बस्ने भुवन प्रसाद ढुंगाना । ऐ.ऐ.बेंवाडावर गा.वि.स. वडा नं.८ लालगढ बस्ने युग प्रसाद पुडासैनी । अदालतमा उपस्थित भई बकपत्र नगर्ने जाहेरवाला र बरामदी मुचुल्काका मानिसको भनाईलाई प्रमाणित आधार मान्न नमिल्ने । (प्र.नं. १४) प्रतिवादीको कसुर प्रमाणित हुने स्वतन्त्र एवं भरपर्दो प्रमाण केही छैन । स्वतन्त्र एवं भरपर्दो प्रमाणकौ अभावमा विशेष प्रहरीमा भएको कागजको आधारले मात्र भ्रष्टाचार जस्तो गम्भिर प्रकृतिको अपराधमा कसुरदार ठहर्याउन नमिल्ने । (प्र.नं. १४) निवेदक तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या. उदयराज उपाध्यायः पुनरावेदन अदालत जनकपुरको शुरु फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मैले तिनथाना गा.प. र अन्य केही उद्योगहरुमा दाउराको आवश्यकता पर्ने ईटा उद्योगको प्रतिनिधिको हैसियतले इन्धन संस्थान केन्द्रिय कार्यालयबाट आदेश लिई जनकपुर शाखाबाट दाउरामाग्दा सागरनाथ वन विकास परियोजनाले काटेको दाउरा दिने गरेकोले त्यहाँ जाँदा फिल्डमा रहेका युग प्रसाद पुडासैनी र भुवन ढुंगाना समेतले हामीलाई प्रतिट्रक १,२००।– दिने भए राम्रो दाउरा दिन्छौ नत्र छैन भनी जवाफ दिएकोले साह्रै मार्का परेको हुँदा कारवाही गरी पाउँ भन्ने राम प्रसाद उपाध्यायको उजुरी । ३. सागरनाथ वन विकास परियोजनाका युग प्रसाद र भुवन प्रसाद ढुंगानालाई घुस रिसवत दिनको लागि विभिन्न दर नम्बरको रु. ७५०० वि.प्र.वि. डोरबाट राम प्रसादले बुझी दिई गरिदिएको भरपाई । ४. भुवन प्रसादको जिउ खानतलासी गर्दा पाइन्टको बगलीबाट रु. ७५०० बरामद भएको भन्ने कृष्ण प्रसाद समेतले गरी दिएको खानतलासी बरामदी मुचुल्का । ५. सागरनाथ वन विकास परियोजनाको सुपरभाइजर पदमा कार्यरत हुँ मेरो रोहवरमा भएको बरामदी मुचुल्कामा भएको सही मेरो हो प्रतिटिप ५००।– ले १५ टिपको रु. ७५०० कृष्ण प्रसादसँग लिएको हुँ । उक्त रकम युग प्रसादको भनाई अनुसार लिएको हुँ । घुस लिंदा कै अवस्थामा विशेष प्रहरीले पक्राउ गरेको हो भन्ने समेत भुवन प्रसादले वि.प्र. विभाग समक्ष गरेको बयान कागज । ६. मेरो मातहतको कर्मचारीले गरेको अनैतिक कार्यमा पनि सहमति रहेको र फरार भै बसेको कानून विपरित हो भन्ने समेत युग प्रसादले वि.प्र. विभाग समक्ष गरेको बयान कागज । ७. युग प्रसादलाई कारवाहीबाट बच्ने बारेमा सल्लाह दिई भगाउने काम मैले गरेको छैन भन्ने अन्जनी कुमारले गरेको बयान । ८. यसमा बरामद भएको रुपैया घुस रिसवत स्वरुप राम प्रसादसँग रु. ७५०० लिएको कुरा सावित रही युग प्रसादको आदेशानुसार लिएको भनी भुवन प्रसाद सावित भएको, आफ्नो मातहतको कर्मचारी भएको कारण निजको अनुचित कार्यमा आफू जिम्मेवार रही फरार रहेको कुरा स्वीकार गरी युग प्रसादले बयान गरेको समेत आधारमा निजहरुले भ्र.नि. ऐन, विपरित कार्य गरेको प्रमाणित हुँदा भ्र.नि. ऐन, २०१७ को दफा ५, ७(२) अन्तर्गत सजाय गरी पाउँ भन्ने समेत विशेष प्रहरी अ